बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गलेश्वदेखि बेनीसम्म कालीगण्डकी नदीमा र्‍याफ्टिङ परिक्षण

गलेश्वदेखि बेनीसम्म कालीगण्डकी नदीमा र्‍याफ्टिङ परिक्षण

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बेनी भ्रमणमा आउने पर्यटकको आकर्षणका लागि र्‍याफ्टिङको परिक्षण गरिएको संघका सचिव सरोज थापाले बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७६, शुक्रबार

म्याग्दी, २० मंसिर – जिल्लाको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि शुक्रबार गरिएको परिक्षण सफल भएको छ ।। म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको पहलमा कालीगण्डकीमा व्यवसायिक र्‍याफ्टीङ सञ्चालनका लागि प्राविधिक टोलीले परिक्षण गरेका हुन् । गलेश्वरस्थित रघुगंगा र कालीगण्डकीको दोभानदेखि बेनीको कालीपुल मोटरेबल पुलसम्मको साढे तीन किलोमिटर दुरीमा र्याफ्टिङको परिक्षण गरिएको संघका अध्यक्ष बाबुराम आचार्यले बताए ।
रेजीङ रिभर रनर प्रालीका होमबहादुर पुन र सन्तोष गिरीको टोलीले परिक्षणका लागि र्‍याफ्टिङ गरेका थिए । नदीको बहाव र साइड सिनलगायत प्राविधिकरुपमा गलेश्वरदेखि बेनीसम्म र्‍याफ्टिङ चलाउन सकिने पुनले बताए । यसअघि बेनी देखि मालढुङ्गा सम्मको १३ किलोमिटर दुरीमा र्‍याफ्टिङको परिक्षण गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बेनी भ्रमणमा आउने पर्यटकको आकर्षणका लागि र्‍याफ्टिङको परिक्षण गरिएको संघका सचिव सरोज थापाले बताए । बेनीमा पर्यटक भित्र्याउन र उनीहरुको बसाई लम्बाउन सहायक पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । लभ्लिहिल, केभहिल, टोड्के, तातोपानी कुण्ड, गलेश्वर, मल्लाजजस्ता पर्यटकीय सम्भावना युक्त ठाउँलाई सहायक गन्तव्य बनाएर बसाई लम्बाउन पहल गरिएको अध्यक्ष आचार्यले बताए । यसअघि विस २०७४ को म्याग्दी महोत्सवमा पनि रातोपहिरोदेखि बेनीसम्म र्‍याफ्टिङ सञ्चालन गरिएको थियो । कम्पनीसँग समन्वय गरेर नियमितरुपमा र्‍याफ्टिङ चलाउने तयारीमा रहेको होटल व्यवसायी संघले जनाएको छ ।
परिक्षणका लागि आएका र्‍याफ्टिङ व्यवसायीको टोलीले संघका पदाधीकारीले कालीपुलमा स्वागत गरेका थिए । म्याग्दी भएर दैनिक सयौं पर्यटक मुस्ताङ भ्रमणमा जाने र फर्कने गर्छन् । प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा म्याग्दीका पर्यटकीयस्थल सुनसान छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->