बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उप–निर्वाचनदेखि खेलकुद कुम्भसम्म

उप–निर्वाचनदेखि खेलकुद कुम्भसम्म


  • राजेशचन्द्र राजभण्डारी
  • मंसिर २३ २०७६, सोमबार

साग खेलकुद र नेपाली खेलाडी
अहिले देश साग खेलकुदमय भएको छ । चिसो बढ्दै गएपनि दक्षिण एशियाली राष्ट्रहरूको खेलकुद साग प्रतियोगिता भब्य रूपमा चलिरहेको छ । सागमा नेपाली खेलाडीहरूले ब्याक टु व्याक बिजयी हुँदै मेडल प्राप्त गरिरहेका छन् । सागमा एकपछि अर्काे गर्दै स्वर्ण हात पारेपछि नेपालको सान पनि बढेको छ । साँच्चै यतिबेला सिँगो देशको ध्यान साग गेमकै केन्द्रित छ । थोरै लगानीमा नेपाली खेलाडीले जुन खालको उत्साह देखाएर खेल खेलिरहेका छन् त्यसलाई सबैले प्रशंसा गरिरहेका छन् । नेपाली सुटिङ खेलाडीले खेलका लागि आवश्यक गन समेत अरूसंग मागेर खेल्नुपर्ने दयनिय अबस्था सिर्जना भयो । सरकारले खेलकुद बिकासको लागि करोडौं बजेट छुट्टयाएको पनि सुनिन्छ तर त्यो बजेट कहाँ कसरी खर्च हुन्छ केही थाहा हुँदैन । सागमा सहभागी अन्य राष्ट्रका खेलाडीले जुन खालको वातावरण, सेवा सुबिधा पाएका छन् त्यो नेपाली खेलाडीले नपाए पनि सागमा देखाएको चमत्कारले राष्ट्रको गौरव बढाउन सफल भएका छन्, जसको लागि नेपाली खेलाडीलाई अन्तर आत्मैदेखि स्यालुट गर्नुपर्छ । बिदेशी राष्ट्रले आफ्नो ध्यान खेलकुदमा केन्द्रित गरेर अरबौ लगानी गरिरहेको कुरा तपाईं हामीले हरेक दिन मिडियाबाट सुनिरहेका छौ । अहिले खेलकुदबाट नै पर्यटन भित्र्याउनेदेखि देशलाई आर्थिक रूपमै समृद्धि गर्ने भुमिका पनि खेलिरहेको दृश्य हाम्रो सामुन्ने छ । नेपाली खेलाडीले राम्रो अबसर पाएको खण्डमा अहिले संसारको जुनसुकै देशको खेलाडीसंग पनि प्रतिस्पर्धा गर्दै पदक जित्न सक्छन्, केवल खेलाडीलाई संरक्षण गर्न जरुरी छ ।
खेलकुदमा हुने चरम राजनीति पहिलाको तुलनामा कम हुँदै गइरहेको अवस्था छ । खेलकुदमा राजनीति गर्ने होभने कसरी बिकास गर्न सकिन्छ ? अब सागमा नेपाली खेलाडिले देखाएको प्रदर्शन हेरेर खेलकुदमा मौलाउँदै गएको राजनीतिलाई अन्त्य गर्नुपर्छ । हास्य कलाकार ध्रुमुस सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण भइरहेको छ । खेलकुदमा धेरैको चासो छ, खेलकुदमा लगानी र बिकास गर्न सकेको खण्डमा देशले ठूलो आर्थिक प्रगति गर्ने निश्चित छ । अहिले भइरहेको साग खेलकुदको समिक्षा गरी सकारात्मक कुरालाई ग्रहण गरेर कमीकमजोरी सच्चाएर अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ ।
उप–निर्वाचनको सन्देश
यतिबेला देशमा निर्वाचन आयोगले प्रतिनिधि सभाको संघ र प्रदेश र स्थानीय तहको लागि गरेको उप–निर्वाचनको नतिजाबारे चर्चा भएको चर्चा सेलाएको छैन । सबैभन्दा चर्चामा रहेको कास्कीको उप–निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार बिद्या भट्टराई निर्वाचित भइन । बागलुङमा प्रदेश निर्वाचनमा बामपन्थी गठबन्धनका खिमबिक्रम शाहीले निर्वाचन जिते, यस्तै दाङमा पनि बामपन्थीले बाजी मा¥यो । भक्तपुर निर्वाचनमा नेपाली कांग्रेस र धरानमा नेपाली कांग्रेसले जित हात पा¥यो । निर्वाचन भनेको जनप्रतिनिधि छान्ने विधि हो । समग्रमा यसपटक भएको निर्वाचन हेर्दा बिपक्षीले जुन रूपमा सरकारको बिरोध गरेका थिए त्यो रूपमा नतिजा हात पार्न नेपाली कांग्रेस र अन्य राजनीतिक दल सफल हुन सकेनन् । जतिसुकै आरोप लगाएपनि बामपन्थी शक्ति पहिलो नम्बरमा र प्रतिपक्षीको भुमिका राम्रोसँग निभाउन नसके पनि कांग्रेस दोस्रो शक्ति कै रूपमा रहेको देखियो र तेस्रोमा मधेसी दल । चर्चित पत्रकार रबिन्द्र मिश्रले गठन गरेको राजनीतिक दलले निर्वाचनको बेला केही तामझाम गरेपनि खासै उपलब्धी भने हासिल गर्न सकेको देखिएन । एक त निर्वाचन खर्चिलो र भड्किलो छ । सामान्य मान्छेले यसलाई थेग्न सक्दैनन् । करोडौं रूपैयाँ खर्च गरेर निर्वाचन लड्ने पद्धति जबसम्म कायमै रहन्छ देशमा भ्रष्टाचार झन् बढेर जाने निश्चित छ ।
जनप्रतिनिधिले पनि जनताको काम गर्ने कि निर्वाचनमा आफुले गरेको खर्च जसरी हुन्छ उठाउने भन्ने नै हुन्छ । बिग्रेको कहाँनेर हो, त्यो कुरा बुझ्न जरुरी छ । जबसम्म हामीले त्यसको समाधान गर्न सक्दैनौं तबसम्म खोक्रो नारा लगाएर यहाँ राजनीतिक परिवर्तन हुनेवाला छैन । सरकारले देशलाई आर्थिक रूपले समृद्धि बनाउने ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने नारा अगाडि सारेको छ यसलाई सकारात्मक रूपमा लिन जरुरी छ । यसलाई पूरा गर्न त्यहीँ अनुसारको कार्यक्रम जरुरी छ । कुरा एउटा, काम र व्यवहार अर्को भएसम्म समृद्धि केवल नारामा सिमित रहनेछ, यसलाई मनन गर्न जरुरी छ । जबसम्म नेपाली जनताले आफ्नो अबस्थामा परिवर्तन गर्ने जनप्रतिनिधि छान्न पाउने अबस्था आउँदैन तबसम्म नेपाली जनताले झनै दुःखकष्ट भोग्न बाध्य हुनेछन् ।
चार अपराधीलाई इन्काउण्टर
भारतको हैदरावादमा बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले इन्काउन्टर गरेको छ । अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राती जर्बजस्ती बलात्कार गरेर जिउँदै जलाएर मारिएको थियो । समाचारमा जनाइएअनुसार घटना हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो । अहिले भारतमा भएको यो घटना सबैभन्दा चर्चामा आएको छ । भारतीय प्रहरीले शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेड’मा निधन भएको जनाएको छ । चारै जनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो । महिलाको जलेको शव बलात्कार गरिएको स्थानभन्दा ४० माइल पर बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपास नजिक भेटिएको थियो । सो घटनामा प्रहरीले चार आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । हिरासतबाटै उनीहरूलाई प्रहरीले घटनास्थलमा लगेर सीन रिक्रियट गर्ने क्रममा भाग्न खोज्दा हत्या गरेको जनाएको छ । ४ जनालाई प्रहरीले हत्या गरेपछि प्रहरीको बिरोध हैन भारतमा जयजयकार भइरहेको छ । साँच्चै समाज कता गइरहेको छ, हत्या, आतंक र बलात्कार जताततै मौलाएको छ । नेपालमा पनि बलात्कारको घटना एकपछि अर्को घटिरहेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि १ बर्ष पूरा भइसकेको छ । अहिलेसम्म हत्याकाण्डमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अहिले लैङ्गकि हिंसाबारे १६ दिने अभियान चलिरहेको छ, यहीँ अभियानकै समयमा एकपछि अर्को घटना घटिरहेको छ । केही समयअघि एकजना कृष्ण साधु बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । केही समयअघि सभामुख कृष्ण बहादुर महरा महिलामाथि बलात्कार गरेको अभियोगमा जेल चलाउन भएका छन् । जबसम्म महिला तथा बालबालिकालाई बलात्कार गर्नेलाई कानुनी कार्वाही हुँदैन तबसम्म यस्तो खालको घटना घटिरहने छ ।
प्रधानमन्त्रीको स्वास्थ
देशका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अस्वस्थ छ । १० दिनको स्वास्थ उपचार पछि बालुवाटार पुगेका छन् । डाक्टरले केही दिन आराम गर्नुपर्ने सल्लाह सुझाव दिएपछि केही राहत महसुस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि सरकार संचालनमा समस्या भएको थियो । सरकार प्रमुख नै बिरामी भएपछि जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो गतिमा अगाडि बढ्न सकेको छैन । देशको एकजना प्रमुख बिरामी हुँदा देशले धेरै कुरामा अप्ठ्यारो महसुस गरिरहेको थियो । एकातिर मृगौलाको बिरामी, हप्ताको ३ पटक डालासेस गर्नुपर्ने अर्काेतिर सरकार चलाउनु पर्ने, एकीकृत पार्टीलाई ब्यबस्थापन गर्नुपर्ने चुनौती आफ्नो ठाउँमा छ । अहिलेसम्म प्रधानमन्त्री ओली इच्छाशक्ति कै कारणले पनि अहिलेसम्म स्वस्थ रहेका हुन् भन्ने कुरा यहाँ ब्याख्या गर्न जरुरी छैन । सबैभन्दा ठूलो राष्ट्र हो, जबसम्म राष्ट्रको स्वास्थ ठिक हुँदैन तबसम्म केही हुँदैन । अहिले देशको सिमा मिच्ने काम भारतले गरेको छ, नेपालले कुटनैतिक पहल पनि गर्न सकेको छैन । हुनतः देशमा इतिहास कै शक्तिशाली सरकार हो भनेर प्रचारप्रसार भइरहेको छ तर काम भने त्यो अनुसार भएको छैन ।
केपी ओली देशमा दुई/दुई पटक प्रधानमन्त्री हुन सफल भए, इतिहासमा सकारात्मक नकारात्मक छाप छोड्न सफल भए । अब स्वास्थ्यको अबस्था हेर्ने हो भने प्रधानमन्त्री छोड्नु सबैभन्दा बुद्धिमानी हुने देखिन्छ । अब देशको अभिभावक भएर सल्लाह सुझाव दिने, राष्ट्र र सरकारलाई सहि ढंगले अगाडि बढाउन सहयोग गर्नु नै राम्रो हुने देखिन्छ । भारतले संविधान बनेपछि असहमति जनाउँदै नाकाबन्दी गर्दा केपीले गरेको राष्ट्रवादी अडान कसैले बिर्सेका छैनन् । अहिले पनि सरकारमा लोभीपापी मन्त्रीको जमात छ, राम्रो मन्त्री हटाएर झन् भ्रष्टलाई मन्त्री बनाउने काम भएको छ, यसले पनि प्रधानमन्त्रीको स्वास्थमा झन् नकारात्मक प्रभाव पार्ने छ । एकजना राष्ट्रवादी नेताले अब देशको निम्ति जनताको निम्ति छाती फराकिला,े मन फराकिलो बनाएर सोच्ने बेला आएको छ । राम्रोसँग देशमा सरकार चलाउन सक्ने नेतृत्वलाई हस्तान्तरण गर्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->