बागलुङ, २३ मंसिर – बजारमा थरीथरीका ब्राण्ड र नामबाट बोत्तल र जारमा विक्री गरिने प्रशोधित पानी (मिनरलवाटर) को मुल्य घटेको छ । यसरी विक्री गरिने पानी उद्योगहरुको अनुगमन गर्दा उत्पादकहरुले बिक्री गरेको मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यमा बढी अन्तर देखिएकाले पानीको मुल्य घटाइएको हो । बजारबाट बारम्बार उपभोक्ता ठगिई मर्कामा परेको देखिएकोले सो सम्वन्धमा उद्योगी, व्यवसायी र उधोग बाणिज्इ तथा उपभोक्ता हित निर्देशनालय गण्डकी बीच छलफल गरी प्रशोधित खानेपानी (बोत्तल वाटर) एक बोत्तलको रु. २५ बाट घटाई रु. १६ र जारको पानी रु. ६० बाट घटाई रु. ५० एमआरपी मुल्य कायम गरिएको हो ।
उधोगी, ब्यवसायी र उपभोक्ता विच छलफल गरी सहमतीमा यो मुल्य कायम गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ । परिवर्तिच मुल्य यहि मंसिर २० गतेदेखी नै लागु भइसकेकाले सोही अनुसार विक्री गर्न र उपयोग गर्न निर्देशनालयले सवैलाई सचेत गराएको छ । परिवर्तित मुल्य अनुसार नै बिक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले सवैलाई अनुरोध गरेको छ । बागलुङ उद्योग वाणिज्य संघ र प्रशोधित पानी उत्पादक कम्पनी लगायत सम्वन्धित सवैलाई घटेको मुल्यमा विक्री वितरण गर्न निर्देशन दिईसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्र पन्तले जानकारी दिए । कसैले बढि मुल्य लिइ ठगी गरेको भए कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।






