आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी सरकारले ३० लाख अनुदान दियो

गण्डकी सरकारले ३० लाख अनुदान दियो


  • ढोरपाटन संबाददाता
  • मंसिर २७ २०७६, शुक्रबार

पोखरा, २७ मंसिर – गण्डकी प्रदेश सरकारले हालै तीनवटा संस्थाहरुलाई ३० लाख रुपैयाँ अनुदान दिएको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा गएको मंसिर १९ गतेको मन्त्रिपरिषदले उक्त अनुदान दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयानुसार नेपाल इतिहास संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र मुख्यमन्त्री कप प्रतियोगिता सञ्चालन गर्ने भन्दै अनुदान दिने निर्णय गरेको हो ।
लोकदोहोरी गीत प्रतिष्ठानको सातौँ अधिवेशन यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा चलेको थियो । उक्त अधिवेशनको लागि सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ ।
यस्तै, लमजुङको घलेगाउँमा नेपाल इतिहास संघको राष्ट्रिय गोष्ठी मंसिर २० देखि २३ सम्म चलेको थियो । यो गोष्ठीलाई पनि सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ ।
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता सञ्चालन गर्नको लागि सरकारले २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले अनुदान दिने निर्णय भएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->