आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनाङमा खोलामात्रै होईन, झरना पनि जमेर सिसा बन्यो !

मनाङमा खोलामात्रै होईन, झरना पनि जमेर सिसा बन्यो !


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७६, शनिबार

मनाङ, २८ मंसिर – हिमाली जिल्ला मनाङमा चिसो अधिक बढेको थालेको छ । रात र बिहानीको समयमा तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ। चिसो बढेपछि बढेपछि नियमित कामकाज प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । शुक्रबारदेखि हिमपात भएकाले स्थानीय घर बाहिर निस्कन सकेका छैनन् ।
स्थानीयका अनुसार अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । कहिलेकाहीं पानी जमेर लघु जलविद्युत आयोजना समेत बन्द हुने गरेको छ । ‘साँझ परेपछि पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन,’ मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले भने, ‘खोलानाला पनि जम्न थालेका छन् ।’अत्यधिक चिसो बढेसँगै माथिल्लो मनाङ क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । माथिल्लो क्षेत्रका बासिन्दाहरु जाडो छल्न काठमाडौं पोखरा झरेका छन् । माथिल्लो मनाङ, नारफू लगायत केही स्थानमा मंसिर १२ गते नै हिमपात भएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार चिसो बढेपछि पर्यटकहरु गन्तव्यमा पुग्न सकेका छैनन् । थ्रोङ्लापास र तिलिचो ताल हिँडेका पर्यटकहरु बाटोमै रोकिएका छन् । केही पर्यटकहरु हिउँ खेलेर रमाइरहेको तिरुवाले बताए ।डीएसपी टिका बहादुर कार्कीले हिमपातको समयमा हुन सक्ने विपद्लाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको जानकारी दिए । हिमपात र त्यसले उत्पन्न चिसोले हालसम्म कुनै घटना नभएको उनले बताए । चिसो बढ्ने क्रम रोकिएको छैन् ।
मनाङमा परेको हिमपात र जमेका झरना । तस्बिर सौजन्य : मनाङ प्रहरी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->