बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अमरसिंहचोकमा खुल्यो पोखरा मिट मार्टको शाखा

अमरसिंहचोकमा खुल्यो पोखरा मिट मार्टको शाखा


  • Dhorpatan News
  • मंसिर २८ २०७६, शनिबार

पोखरा, २८ मंसिर – पोखराको अमरसिंहचोकस्थित उपकार मार्गमा पोखरा मिट मार्ट सञ्चालनमा आएको छ । बिगत ८ वर्षदेखि लेकसाइडमा सेवा प्रदान गर्दै आइरहेको पोखरा मिट मार्टले पहिलो शाखा अमरसिंहचोकमा विस्तार गरेको हो ।
शाखाबाट मासुजन्य पदार्थ सम्बन्धी सम्पूर्ण सेवा प्र्रदान हुने सञ्चालक चिनबहादुर गुरुङले जानकारी दिए । करिब ३० लाख रुपैयाँ लगानीमा शाखा विस्तार गरिएको उनले बताए ।
मिट मार्टबाट कुखुरा, खसी, बंगुर, राँगा, माछा लगायतका ताजा मासु उपलब्ध गराइन्छ । फोजन आइटममा ससेस, ह्याम बेकन, सलामी, फ्रेन्च प्र्रmाई, बासा फिस, स्टेक लगायत उपलब्ध गराइने उनले बताए । ‘नेपाल सरकारको मापदण्ड अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी मासु प्रसोधन गरिन्छ,’ उनले भने, ‘उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउनु नै हाम्रो प्रमुख प्राथमिकता हो ।’
लेकसाइडमा सञ्चालित मिट मार्ट यस अगाडि नेपाल सरकारबाट पुरस्कृत समेत भएको छ । व्यवस्थित मिट मार्ट अवार्ड अन्तर्गत नगद ३० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । लेकसाइडमा प्रदान गरिने सम्पूर्ण सेवा अब अमरसिंहचोकबाट पनि उपलब्ध हुने गुरुङले जानकारी दिए । अमरसिंहचोक र लेकसाइडमा गरी २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->