नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सरकारले देश भरी खाली भएको स्थानीय तह, प्रदेश र प्रतिनिधी सभाका सदस्यहरुको चुनाव यहि मंसिर १४ गते शनिवारको दिनमा सवै ठाँउमा एकै पटक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यो चुनावलाई विपक्षीहरुले कम्युनिष्टहरु धाधली गरेर पनि चुनाव जित्छन् भन्ने हल्ला फिजाएपनि यो सरकारले अहिले सम्मकै शान्त र लोकतान्त्रिक तरिकाले चुनाव गराएर विश्व सामु अव कम्युनिष्टहरु पनि लोकतान्त्रिक भएछन् भन्ने विश्वास दिलाउन सफल भएको छ । यो उपनिर्वाचनलाई मिनी जनगणना रुपमा हेरिएको थियो यस उपनिर्वाचनले सरकारलाई कुनै फरक नपारेपनि सरकारको दुइ वर्षे कार्याकाल कस्तो रह्यो भन्ने देखाएको छ । समग्रमा यो उपनिर्वाचनले सरकारले गरेका कामहरुको अनुमोदन गरेको छ । सरकारले जनपक्षिय काम गरेको छ भन्ने पुष्टि भएको छ । नेपाली सञ्चार मिडीया, यूटुब, पत्रपत्रिका र केही विद्धान हुँ भन्नेहरुले जनि हल्ला फिजाय पनि सरकार प्रति नेपाली जनता सकरात्म भने देखिएनन् । हुन त केही छुद्र र विरोधका लागि विरोध गर्ने व्यक्तिले नेपाल नेपाल कम्युनिष्ट पार्टीको सरकारको जति सुकै विरोध, नकरात्मक अफवा फिजाय पनि नेपाली जनताले त्यस्ता कु–तत्वहरुलाई फेरी झापट दिएको छ । यस्तै किसीमले शानतीपूर्ण रुपमा चुनाव हुने हो भने नेकपाको सरकार नेपालमा अझै १५–२० वर्ष चलाउने लागि नेपाली जनताले भो माध्यबाट सरकार चलाउने अनुमति दिने देखिन्छ । केही पार्टीको अध्यक्षले त अहिलेको राजनिती प्रणली नै ठिक छैन् नेपाली जनता नै ठिक छैन भन्ने जस्ता कुःतर्क राख्न थालेका छन् ।
केही विज्ञ हुँ भन्ने व्यक्ती केही राजनैतिक विश्लेशक हुँ भन्ने व्यक्ति ले अझ यो मिनी जनमत संग्रहलाई पचाउन सकेका छैनन् त्यस्ता कु–विचार भएका कु–तर्क राख्ने व्यक्ती समूह, क्लब आफै सकिएर जाने छन् यो सरकारले अझ झन् राम्रा काम गर्दै गएमा, यो सरकारले जनताको पक्षमा राष्ट्रियताको पक्षमा लोकन्त्रलाई बढेमा देशलाई शिरमा राखी काम गर्दै अगाडी बढेमा, देशलाई शिरमा राखी काम गर्दै अगाडी बढेको खण्डमा सुखी नेपाली समृद्ध नेपाल भन्ने सरकाको नारा सफल बन्न सक्छ । यतिखेर भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, मेयर १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष गरी ५२ स्थानमा चुनाव भएको छ । यस उपनिर्वाचनमा नेकपाले झण्डै ६० प्रतिशत स्थानमा जीत हासिल गर्न सफल भएको छ । यो उपनिर्वाचनले के देखाउँछ भन्ने सरकारलाइ लगाएका सबै दोष निराधार रहेछन् भन्ने प्रमाणित गर्छ । कास्की २ को प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले जुन मत प्राप्त गरेको छ, त्यसले के देखाउँछ भने अब नेपाली जनता नेकपाको सरकार लामो समय हेर्न चाहन्छन् भन्ने पुष्टी भएको छ । फेरी कतै यस्तो राम्रो मत नेपाली जनताले दिए भनेर मात्तिन हुँदैन । बरु नेपाली जनताले ठूलो जिम्मेवारी दिएका छन्, यो जिम्मेवारीलाई सफलताका साथ उतार्ने र अझ धेरै राम्रो काम गर्नु पर्छ । नेपाल सरकारले गरिबीको परिचयपत्र बितरण गर्नु, सुकुम्बासी परिचयपत्र बितरण गर्नु, पोखरा, भैरहवा र निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउनु, राष्ट्रिय गौरवका योजना, पूर्व पश्चिम रेल मार्ग, हावाबाट बिजुली, फोहोरबाट ग्याँस निकाल्ने काम भैरहेका छन् भने कृषि तर्फ ठूलो रकमनै अनुदान दिने काम भएका छन् । पशुपालन तर्फ पनि सरकारले बिशेष अनुदान दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको छ । यति हुँदाहुँदै पनि सरकारले र नेकपाले केही कमीकमजोरी गरेको कारण केही जिल्नैपर्ने स्थानमा उपबिजेता हुन पुग्दा सबै नेता कार्यकर्ताले मनन गर्नै पर्ने भएको छ ।
धरान उपमहानगरपालिकाको मेयर, भक्तपुरको प्रदेशसभा सदस्य, चितवनको २ वा वडा अध्यक्ष र दाङको वा अध्यक्षमा उपबिजेताले यो सरकारले र नेकपाले आत्मसाथ गरी अगाडि बढ्नुपर्ने देखिन्छ । धरान उपमहानगरपालिकामा नेकपाले २०४६ देखि सबै चुनाव जितेको ठाउँ गुम्नु, चितवनमा यस अघि जितेका दुइ वडा अध्यक्ष गुम्नु, दाङको वडा अध्यक्ष गुम्नु, भक्तपुरको प्रदेशसभा गुम्नुले नेकपालाई ठूलै पाठ सिकाएको छ । सिक्नुपनि पर्छ ।
जनप्रतिनिधि र सरकारबा भएका केही कमजोरीहरु यहाँ उल्लेख गर्न चाहन्छु ।
१. वर्तमान सरकारको पहिलो गल्ती ः नेकपाको सरकार बनेको खण्डमा सामाजिक सुरक्षा भत्ता बढाउने छौ भनेर जनतालाई आश्वस्त पारेर भोट लिने तर पछिल्लो बर्ष नबढाउनुपनि यो उपनिर्वाचनमा उपबिजेता बन्नु परेको हो ।
२. यो देशमा नेकपाको स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार बनेपछि सरकारहरुले शिक्षकहरु माथी जुन किसिमको व्यवहार ग¥यो, शिक्षकहरुलाई झोले अयोग्य, राजनीतिक दलको खेलौना भनेर जुन किसिमको आरोप लगाइयो यसले पनि यो चुनावमा प्रभाव पारेको हो । शिक्षक भनेका समाजका अगुवा, मर्दापर्दा काम लाग्ने व्यक्ति, समाजमा जानेर वा नजानेर बस्तीबस्तीमा वकिल, डाक्टर, ड्राइभर, किसान र सामाजिक व्यक्तिलाइ जसले हेप्छ त्यो दल, व्यक्तिनै राजनीतिबाट सन्यास लिए हुन्छ । जुनजुन ठाउँमा नेकपा हारेको छ त्यो ठाउँमा गुरुहरुलाई अपमान गर्ने नै मुल कारण हो । सबै गाउँबस्ती, टोलटोलमा सरकारको उपस्थिति छ भने तिनि गुरुहरुनै छन् । दशबर्ष जनयुद्दको समयमा पनि आफ्ना बिद्यालय नछाड्ने र आफ्नो पेशालाई म¥र्यादित बनाएर बस्ने गुरुहरुनै हुन् । यस्तो बर्गलाई राजनीतिबाट अलग बनाउनु पर्छ भन्नु नेता र सरकारको दृष्टीमानै खोट देखिन्छ ।
आज नेतालाई त्यो ठाउँमा पु¥याउने नै महान गुरुहरुनै हुन् । ती गुरुहरुलाई अपमान गर्नु, सेवा सुविधामा पनि निजामती सरह नगर्नु, जति राम्रो गरेपनि स्यावासी दिन नसक्नु, उल्टै विद्यार्थी, अभिभावक, नेता कार्यकर्ता र जनप्रतिनिधिबाट पनि राम्रो व्यवहार नहुनु, त्यसैको फलस्वरुप तत्तत् स्थानमा नेकपाका उमेदवारहरु उपबिजेता हुन पुगेका हुन् भन्ने मलाई लाग्दछ ।
३. ती ती स्थानमा जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्नेमा जनतालाई दास बनाउन खोज्नु, जनताप्रति उत्तरदायी नहुनु, बिकास निर्माणको काममा आफ्नो र पराई नचिन्नु, प्रलोभनमा पारेर काम गर्नु जस्ता कारणले पनि ती ठाउँको उपनिर्वाचनमा नेकपालाई उपबिजेता बनाएका हुन्ु जस्तो लाग्दछ ।
४. अर्को कारण भनेको सरकारले गरेका राम्रा कामहरुलाइ नेता कार्यकर्ताहरुले जनताको सामुमा लैजान नसक्नुपनि हो ।
अब नेकपाको सरकारले कहाँ कहाँ किन गल्ती कमजोरी भए पार्टीमा छलफल गरेर योग्य, दक्ष लगनशिल र इमान्दार कार्यकर्तालाई उचित ठाउँ दिएर व्यवस्थापन गर्न सकेमा ठीक हुन्छ । हैन भने हालत उही हो । आज यस पार्टीका नेता सतहमा बगेका छन् । यसले गर्दा पार्टी बलियो बन्न सक्दैन । जव पार्टी बलियो बन्छ तबमात्र सरकार बलियो बन्छ । अब पार्टीले पुराना लगनशिल कार्यकर्तालाई उचित अबसर दिएर अगाडि बढ्नुपर्छ । अब सरकारले उमेर वा योग्यता अनुसारको काम, किसानलाई बीउ मल औषधि, वृद्धलाई बाँच्नका लागि उचित भत्ताको व्यवस्था गर्न सकेमा मात्र सुखी नेपाली, समृद्ध नेपालको नारा सफल हुन सक्छ ।




