बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एकताको बजेट एक अर्ब

एकताको बजेट एक अर्ब


  • ढोरपाटन संबाददाता
  • मंसिर २९ २०७६, आइतबार

बागलुङ, २९ मंसिर – बागलुङको पुरानो सहकारी संस्था एकता सहकारी संस्थाले आगामी आर्थिक बर्षका एक अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । सहकारीको २१ औं साधारणसभामा कोषाध्यक्ष सुरेन्द्रजंग राजभण्डारीले उक्त प्रस्ताव गरेका हुन् । सहकारीले सञ्चालन गर्दै आएको निक्षेप संकलन, कर्जा प्रवाह र बिभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रम तथा प्रशासनिक खर्च समेतलाई जोडेर १ अर्ब सात करोड ६ लाख २५ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।
आगामी आर्थिक बर्षका लागि ५ करोड २६ लाख २५ हजार आम्दानी र ३ करोड ८४ लाख २५ हजार खर्च गर्ने लक्ष सहकारीले लिएको छ । त्यो बाहेको रकम निक्षेप संकलन र कर्जा प्रवाहमा हुने छ । सहकारीले २७ वटा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक बर्षमा सहकारीले १ अर्ब, ३ करोड, ७१ लाख ८२ हजार ४ सय ४८ रुपैयाँको कारोवार गरेको छ । ४ करोड ३० लाख ८ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको संस्थाले ३ करोड १९ लाख ७६ हजार ४ सय रुपैयाँ खर्च गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । १ करोड १० लाख ३१ हजार ७ सय २४ रुपैयाँ आम्दानी गरेको संस्थाले जनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले शेयर सदस्य र शेयर पुँजीको बृद्धिलाई प्राथमिकतामा नराखे प्रतिस्पर्धा गर्न कठिन हुने बताईन् । देशको अर्थतन्त्रमा योगदान गर्ने सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्न पाउनुपर्ने भन्दै उनले राज्यले बनाउने नियम कानुन शहकारीका बाधक नभई साधन हुनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, सहकारीका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, सल्लाहकारहरु देवबहादुर श्रेष्ठ, पद्मचन्द्र राजभण्डारीले बोलेका थिए । साधारणसभाले कोषाध्यक्ष, सचिव र लेखा समितिका संयोजकले प्रस्तुत गरेका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ । सहकारीले दश जना उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र ३ जना शेयर सदस्यका छोरा छोरीमध्येबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको थियो । सहकारीका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष भूपेन्द्र बहादुर केसीको स्वागत र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->