सामन्या भाषामा भन्ने हो भने स्मृति (क्षय) क्षमता कम हुने रोगलाई अल्जाइमर भनिन्छ । विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ। यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ। यो रोग विस्तारै बढ्दै जाने भएकाले पहिले यसको उच्चित पहिचान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन्। बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले दैनिक कामहरू खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता काम गर्न सक्दैनन्। अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ। मानिसको आयु बृद्दि संगै यो रोग यति ब्यापक हुदै गएको छ कि सन २०५० सम्ममा विश्व का १० प्रतिशत भन्दा वढि मानिसलाई यसले सताउने अनुमान गरिएको छ|
विस्मृति रोगका बिरामीहरूको सबैभन्दा ठूलो समस्या स्मरण शक्ति ह्रास हुनु हो। विस्मृति रोगोन्मुख व्यक्तिले विश्लेषणात्मक ढंगले सोच्न सक्दैनन् र कुरा पनि सम्झन सक्दैनन्। तत्कालैका घटना, फोन नम्बर, समयतालिका अनुसारको काम तथा भेटघाटको कार्यक्रमसमेत बिर्सिन्छन्। अरूले भनेको कुरा आफूले नबुझ्नु तथा आफूले भनेका कुरा अरूले नबुझ्ने समस्या दोहोररिहन्छ।
यो रोग मस्तिस्कका कोषिकाहरू नष्ट भएर हुने गर्छ। यसको ठोस कारण हालसम्म यकिन भएको छैन। तथापि, विस्मृति रोगबाट मृत्यु भएका बिरामीको पोस्टमार्टम गर्दा दुई कारणहरू पाइएका छन्:
१. स्नायुकोष तथा स्नायुबाहिर ‘विटा इमाइलोड’ नामक प्रोटिन टाँसिएको हुन्छ, जसका कारण स्नायु र रक्तनलीहरू साँघुरो भएर मस्तिष्ककोष तथा स्नायुकोषहरू मर्छन्। त्यस्तै, ‘विटा एमाइलोड’ ले एसिटाइलकोलिन नामक हार्मोन -जुन सिक्ने, सम्झने, सोचविचार गर्ने क्षमता बिकास गर्ने हार्मोन) घटाउँछ।
२. मष्तिष्कको हिप्पोक्याम्पस, दायाँबायाँ र अगाडिका भागको स्नायुहरू गुजुल्टो परेर तथा ती स्नायुकोषभित्र ‘ताउ’ नामक प्रोटिन जमेको हुन्छ।
कारक तत्वहरू:
उमेर : सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।
लिङ : यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।
वंशाणुगत : आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुवांशिक रूपमा रोगीको वंशमा रोग लाग्ने सम्भावना दुई-तीन गुणा बढी हुन्छ।
गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्क रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा।
डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।
मानसिकतन्तु हरू निस्कृयता भएका व्यक्तिहरूलाई।
कोही भाइरस, विषाक्त पदार्थ, रसायनिक प्रभाव, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मद्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिन्छ ।
लक्षणहरू:
अल्जाइमर रोग विस्तारै बढ्दै जाने भएकाले सुरुको अवस्थामा ‘प्रस्ट लक्षणहरू’ देखिँदैनन्। उमेर, शारीरकि अवस्था तथा रोगको प्रकृति अनुसार ५-१० वर्षपछि निम्नलिखित लक्षणहरू देखिन्छन्:
पहिलो चरण:
तत्कालीन घटना एवं कुराकानी बिर्सने।
सामान हराइरहनु, आफैँ हराइरहनु।
एकाग्रतामा कमी हुनु।
जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
हिडाइ असामान्य देखिनु।
एउटै कुरा बारम्बार दोहोर्याइरहनु।
डिप्रेसन हुनु।
दिनचर्या अस्तव्यस्त हुनु।
भाषिक समस्या हुनु। जस्तै- प्रचलित वस्तुको नाम भन्न नसक्नु।
एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
चिनेको बाटो बिर्सनु।
वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु।
सोचविचार एवं समीक्षा गर्न नसक्नु।
दोस्रो चरण:
तत्कालीन घटनाहरू बिर्सनु।
आफ्नो विगतका क्षणहरू बिर्सनु।
आफ्नो पहिचान बिर्सनु।
निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्नु।
पढ्न र लेख्न असजिलो हुनु।
राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु।
निर्णय क्षमता ह्रास हुनु।
अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
समाजबाट एक्लिनु।
मतिविभ्रम हुनु, वादविवाद गर्नु, कुटपिट एवं हिंस्रक हुनु।
भ्रम, अवसाद, सन्कने, रसि, चिन्ता, शंका, डर बढी हुनु।
आधारभूत कामहरू जस्तै- खाना बनाउने, कपडा छान्ने/लगाउने, नुहाउने आदि काममा अरूको सहायता खोज्नु।
तेस्रो चरण (गम्भीर अवस्था) सम्पादन
समवेदना हराउने, कुरा नबुझ्ने।
अडिन नसक्ने, लड्ने।
वजन घट्ने।
आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने।
खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने।
खानेकुरा चपाउन तथा निल्न नसक्ने।
ओछ्यानमा थला पर्ने, दिसा-पिसाबको नियन्त्रण हराउने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
चेतना हराउने।
अल्जाइमरको लागि आयुर्वेद:
अल्जाइमर एक मानसिक रोग हो जुन सुस्त गतिमा हुन्छ। यो मस्तिष्क को एक भागमा सुरु हुन्छ मस्तिष्कको स्मृति नियन्त्रण गर्दछ र जब मस्तिष्कको अर्को छेउमा फैलिन्छ, यसले यसको कार्य र व्यवहारलाई प्रभाव पर्छ। यसको वास्कबिक कारण अझै पनि पूर्णतरूपमा स्पष्ट हुन सकेको छैन। मानसिक रूपमा आफैलाई व्यस्त राखेर, तपाइँ यस रोगबाट बच्न सक्नुहुन्छ। नृत्य, योग र ध्यान, किताबहरू पढ्न, बोर्ड खेलहरू खेल्ने, आदि गतिविधिहरू मस्तिष्कलाई बलियो बनाइदिन्छ र यस रोगबाट सुरक्षित रहन सक्छ । तर यदि यो रोग लाग्यो भने प्राकृतिक उपचार प्रयासरत रहनुपर्छ।
ब्यस्त रहनुहोस:
एक अनुसन्घानको अनुसार अल्जाइमर पीडित व्यक्तिहरू शारिरिक तथा मानसिक रूपमा ब्यस्त रहनु अत्यन्त लाभकारी जनाएको छ। मान्छे शारिरिक तथा मानसिक रूपमा ब्यस्त रहेमा एल्जाइमरको एंजाइम गतिशीलतालाई रोक्न सक्छ।
बेसार:
बेसार एक बहुउपयोगी र प्रस्सतै मात्रामा एन्टिअक्सिडेन्ट युक्त कृषी उत्पादन हो। प्राचिन काल देखिनै बेसारलाई धेरै रोगहरूको औसधीको रूपमा प्रयोग गर्दै आइरहेका छन्। अल्जाइमरको उपचारले प्राकृतिक रूपको कर्कुमको नुनको रूपमा प्रयोग गर्न सकिन्छ।जुन बेसार मा पाइन्छ। अति शुस्म आकारण, ध्रुवीय मा स्थित कर्क्रिन यौगिक सजिलै मस्तिष्कमा पुग्न सक्छ। साथै यसले सम्झने क्षमता पनि बृद्दी गर्छ ।
अरोमा उपचार:
अरोमा थेरेपी केहि मानसिक बीमारिहरू जस्तै अल्जाइमर र डेमेनियाई को रोकथाम मा धेरै प्रभावी हुन सक्छ। किनकी अरोमा थेरेपीले तनाव घटाउँदछ, यी रोगहरू भएका मानिसहरू यो उपचार संग एकदम सहज महसुस गर्छ। कतिपए अवस्थाहरुमा यो पनि देखा परिरहेको छ कि अरोमा थेरेपी दिमागलाई गल्ती र भूलेको धटनीक्रमहरू याद दिलाउन को लागि पनि उपयोगी सिद्द भईरहेको छ।
टमाटर:
४० वर्षको उमेर पछि, कोलेस्ट्रॉल स्तर धेरै बढ्छ वा कम हुन्छ। बुढियौलीपन संगै, हृदय रोग र मधुमेहको जोखिम पनि बढ्छ। 40 वर्षको उमेर पार गरे पछि, तपाईंको आहारमा नियमित रूपमा बदाम, टमाटर, माछा आदि सामेल गर्न नभुलुहोस। टमाटर को जुस पिउने १२० मि.ली. दैनिक तपिउने ।
यी कुराहरू बाट टाढै रहनुहोस:
अल्जाइमर र अन्य यस्ता रोगहरू जुन ब्रेन र मानसिक संतुलनता संग संबन्धित तिनीहरूका प्रभावबाट बच्नको लागि वजन बढ्न नदिनुहोस्, धुम्रपान नगर्नुहोस्, रक्सी प्रयोग नगर्नुहोस्। यसबाहेक, यसको प्रभावबाट बच्नको लागी रक्तचाप र कोलेस्ट्रॉल नियन्त्रणमा राखेर बच्न सकिन्छ। शिरमा कुनै पनि प्रकारको चोट पटक लाग्न बाट आफूलाई बचाउनुहोस्। अँध्यारोमा स्मार्टफोन प्रयोग गर्नुहोस्, जस्ले यो समस्यालाई बढुवा गर्न सक्छ।





