आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रभुको ३९ औं एक्टेन्सन काउन्टर जिप्रका बागलुङमा

प्रभुको ३९ औं एक्टेन्सन काउन्टर जिप्रका बागलुङमा


  • Dhorpatan News
  • पुष १० २०७६, बिहिबार

बागलुङ, १० पौष– प्रभु बैंक लिमिटेड बागलुङले जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्टेन्सन काउन्टर स्थापना गरेको छ । बुधबार बिहान कार्यालय खुल्नुअघि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै क्षेत्रीले एक महिना अघिदेखि पहल गरेपछि बैंकको काउन्टर स्थापना गर्न सफल भएको बताए । उनले राष्ट्रबैंक र गृहमन्त्रालयको समेत स्विकृति लिएर शाखा स्थापना गरिएको बताए ।
नेपाल सरकारले हरेक राजश्व परिचालन र कारोवार हुने कार्यालयमा बैंक भौचर मार्फत काम गर्ने योजना ल्याएको भन्दै क्षेत्रीले सोही अनुसारको काम गरिएको पनि बताए । सुशासनका लागि एउटा गतिलो उदाहरणको रुपमा काउन्टरले काम गर्ने उनको भनाई छ । जिल्ला प्रशासन कार्यालयमा बिशेषगरी राहदानी बनाउनेले राजश्व तिर्ने गर्छन् । साथै केही मुद्दामा लगाइने जरिवाना र धरौटीमा पनि नगद बुझाउनु पथ्र्यो । अबदेखि बैंकमार्फत भौचर बुझाउने व्यवस्थापन गर्न सकिने बताइएको छ ।
कार्यक्रममा बैंकका क्षेत्रीय प्रवन्धक अमरज्योती गिरीले बैंकलाई आम जनताको पहुँचमा लैजाने योजना सार्वजनिक गरे । उनले जिल्लाका हरेक स्थानीय तहमा पनि शाखा स्थापना गरेर पहुँच बिस्तार गरेको बताएका थिए । प्रभु बैंकले आफ्नो ३९ औं काउन्टरको रुपमा बागलुङमा काउन्टर खुलाएको हो । यस अघि मालपोत कार्यालयमा पनि काउन्टर खोलेको थियो । प्रभुको २ सय २ शाखा, १ सय ५९ वटा एटीएम संचालनमा छन् । अब बागलुङको आन्तरिक राजश्व कार्यालयमा नेपाल बैंक र दुइवटा कार्यालयमा प्रभुको काउन्टर स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->