बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आर्थिक बहस र एमसिसि

आर्थिक बहस र एमसिसि


  • राजेशचन्द्र राजभण्डारी
  • पुष १४ २०७६, सोमबार

बागलुङ सदरमुकाममा पहिलोपटक देशकै प्रतस्थित ब्यबसायी लाई एकै ठाउँमा भेला गरेर आर्थिक बहस गर्ने जुन कार्यक्रम अायाेजना गरियो यसलाई सकारात्मक रूपमा लिन जरुरी छ ।बागलुङ उद्योग बाणिज्य संघले अायाेजना गरेकोछैठौं बागलुङ महाेत्सवकाे पुर्व संज्ञामा नेपाल उद्योग बाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष शेखर गाेल्छा ग्लाेवल अाइ एम इ बैकका प्रमुख
चन्द्र प्रसाद ढकाल र भाटभेटेनी सुपर मार्केटकाप्रमुख मिनप्रसाद गुरूङ लाई बागलुङमा उभ्याउने मात्रै हैन लगानीको वातावरण भएको हुदा अब बागलुङ जिल्लामा लगानी गरेर उद्योग धन्दा कलकारखाना खाेल्न प्रस्ताव राख्ने काम भयो जुन अहिलेसम्मकै पृथक मात्रै हैन समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारले देखेको सपना साकार पार्ने योजना पनि हाे भन्ने कुरा यहाँ ब्याख्या गर्न जरुरी छैन हाेला ।
बागलुङ जिल्लामा अहिलेसम्म बागलुङ उद्योग बाणिज्य संघले ५ वटा महाेत्सव सम्पन्न गरिसकेको छ यसबाहेक अन्य क्षेत्र बाट गरिएको मेला महाेत्सवकाे हिसाब किताब गर्ने हाे भने ३ दर्जनभन्दा बढी पुग्छ हाेला ।यसपटक निजी क्षेत्रका लगानी कर्ता भित्र्याउने जिल्लामा उद्योग धन्दा कलकारखाना खाेलेर यहीँ राेजगारी सृजना गर्ने जुन सपना बागलुङ बासिले देखेका छन् यसलाई साकार पार्नकाे लागि लगानी बहस कार्यक्रम जुन गरियो यसले चिसो माैसमले कथाङ्गरिएका बागलुङबासीमा नयाँ उर्जा थप्ने काम गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष शेखर गाेल्छाले अहिले उद्योग पतिहरूले लगानी गर्न चाहेर पनि गर्न सक्ने अबस्थामा छैनन् ।अहिले संघीयताको ३ तहको सरकारलाई कर बुझाएर हैरान छन् ।काम गर्ने सहज वातावरण छैन कुनै उद्योग धन्दा सम्पन्न हुन
२ बर्ष समय लाग्दैन तर त्यसलाई सम्बन्ध पाउन मात्रै ५ बर्ष चक्कर लगाउनुपर्छ ।कानुनी कागज एउटा टेबुल बाट अर्को टेबुलमा घुमिरहने झन्झट कायमै रहेसम्म लगानीको लागि अाफुहरू तयार हुन नसक्ने धारणा राखे जुन समसामयिक छ ।
इतिहास कै शक्तिशाली सरकार भनेर दाबी गर्ने
अाेली सरकारले साच्चै कै देशमा समृद्धि खाेजेकाे हाे भने अहिले देखिएको समस्याको समाधान गर्न कुनकुन कुरा र निति बाधक छ त्यो कुरा पत्ता लगाउन जरुरी छ ।

बागलुङ जिल्ला अान्तरिक तथा बाह्य पर्यटककाे लागि राम्रो गन्तव्य भएको कारणले पनि पर्यटन लाई लक्षित गरेर केवलकार फाइप स्टार फाेर स्टार हाेटलमा लगानी गर्नकाे लागि जिल्लाका सराेकारवालाले राखेको प्रस्ताव लाई ग्लाेवल अाइ एम ई ग्रुपका अध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकालले सरकारले वातावरण वनाइ दिएको खण्डमा अाफुहरू सहकार्य गरेर काम गर्न तयार भएको धारणा लाई बागलुङ बासिले सकारात्मक रूपमा लिएका छन् ।

साच्चै बागलुङ उद्योग बाणिज्य संघले समसामयिक बिषयमा बहस राखेको भए पनि खास राष्ट्रियस्तरका लगानी कर्ताबाट कुन कुन क्षेत्रमा लगानी चाहेको हाे भन्ने बिषयमा पेपर प्रस्तुत गरेर जान सकेको भए अझै प्रभावकारी हुने थियोे ।छाेटाे समयमा भब्य रूपमा कार्यक्रम गर्न सफल भयो यसलाई अबसरकाे रूपमा लिएर
अागामी दिनमा थप छलफल गरेर नयाँ खालको वातावरण बनाउन सकेको खण्डमा बागलुङकाे भबिस्य उज्यालो देखिन्छ ।

बागलुङ जिल्ला कालीगण्डकी काेरिडाेर र मध्यपहाडी लाेकमार्ग कै कारणले पनि यहाँ भाेलीका दिनमा हजारौं हजार अान्तरिक तथा बाह्य पर्यटक भित्रीने कुरा निश्चित जस्तै छ ।कालीगण्डकी काेरिडाेर छिमेकी मुलुक चीन र भारत संगकाे नाका जाेडिने लाेकमार्ग भएको कारणले पनि भाेलिका दिनमा बागलुङ प्रमुख ट्रान्जिन्ट प्वाइन्ट बन्ने पनि निश्चित छ ।लगानीको लागि बागलुङ सुरक्षित ठाउँ भएको हुनाले पनि लगानी कर्ताहरू बागलुङमा अाकर्षित हुने छ ।

चर्चा एमसिसि कै

पछिल्लो समयमा एमसीसी अर्थात् मिलेनिय च्यालेन्ज कर्पोरेसन चर्चाको विषय बन्दै आएको छ । यो परियोजना इन्डो प्यासिफिक स्टाटेजीकै अंश हो कि भन्ने विषय पनि विवादमा तानिएको छ ।
नेपालमा रहेको अमेरिकी दूतावासले एमसीसी परियोजना इन्डो–प्यासिफिक रणनीतिकै एक अंग भएको स्पष्ट पारेको छ । सबै अमेरिकी कार्यक्रमहरू यही रणनीति अन्तर्गत सञ्चालन भइरहेको दुतावासले यतिबेला स्पष्टीकरण दिदै हिडिरहेकाे छ ।
इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति भएको र यो यस क्षेत्रमा गरिने प्रत्येक कामका लागि दिइएको नाम भएको अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले बताइएका छन् । यो कुनै संगठन वा गठबन्धन नभएकाे नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन आग्रह नगरिएको राजदूतले बताएर कार्यक्रमकाे बचाउ गर्न खाेजेकाे देखिन्छ ।
इन्डो–प्यासिफिकमा सहभागी देशको हितका लागि तय गरिएको नीति भएको जानकारी समेत राजदूतले दिएकाछन् । यो नीति अनुसार नेपाल बलियो हुँदा अमेरिका बलियो हुने, नेपाली स्वस्थ हुँदा अमेरिकी स्वस्थ हुनेकाे तर्क बाहिरबाट हेर्दा सकारात्मक देखिन्छ । नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित भएको धारणा लाई साच्चिकै सत्य मान्ने हाे भने यहाँ बिवाद गर्नुपर्ने ठाउँ छैन ।अहिले सम्म नेपाल जस्तो देशलाई गरिने सहयोग र समर्थन स्वार्थ भन्दा माथि अहिलेसम्म उठ्न सकेको भने देखिदैन ।अहिले नेपालका बामपंथी नेताहरूले गरेको बिराेध पनि त्यहीँ शंकास्पद लागेर नै हाेला भन्ने लाग्छ ।

सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्धमा संरक्षणकाो संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीतिको रहेको भनाई उनको थियो । एमसीसी नेपालकै अनुरोधमा सुरु भएको र संसदबाट सम्झौता अनुमोदन गर्ने सर्त नेपालका लागि मात्रै नभएको दूतावासले जनाए पनि यसलाई सत्य मान्ने अाधार भने कहि कतै देखिदैन ।
अमेरिकाले जुन अार्थिक सहयोग नेपाल लाई गर्ने कुरा गरेपनि यसको विभिन्न खालको सर्त कायमै भएको हुनाले नेपाललाई अाफ्नाे चंगुलमा राख्ने
रणनीति बनाएको छ ।बाहिर प्रचारप्रसार गर्दा केही पनि सर्त नभएको भनेपनि अमेरिकी सहयोग राजनीति र कुटनैतिक रूपले प्रभावित छ ।
अन्तर्राष्टिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो । यो विश्वरभी रहेका सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको तथ्यांक बाट थाहा हुन्छ ।अमेरिकाले गर्ने अर्बौं रूपैयाँ सहयोग बिना स्वार्थ अाएकाे छैन ।साच्चिकै पबित्र भावना र धारणाले नेपाल र नेपालीको समृद्ध र समृद्धि चाहना हाे भने त्यो कुरा भाेलीका दिनमा ब्यबहारिक रूपमा देखिनेछ ।अहिले संसदबाट अनुमाेदन गर्ने जुन प्रस्ताव अमेरिकाले खाेजेकाे छ त्यो हिजोको दिनमा सभामुख कृष्णबहादुर महराले पास नगर्दा महरालाइ षड्यन्त्र गरेर कारागार पठाइएको कुरा पनि धेरै पुरानो भएको छैन ।साच्चै अार्थिक सहयोग बाट नेपालकाे समृद्ध नेपाली सुखी हुने कार्यक्रम हाे भने यसलाई लागू गराउनु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->