बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुलुक चिनाउन खेलकुदमा राज्यको लगानी कती ?

मुलुक चिनाउन खेलकुदमा राज्यको लगानी कती ?


  • दुर्गा भण्डारी
  • पुष १७ २०७६, बिहिबार

संसारलाई नेपाल चिनाउने र कुनै देशसंग प्रतिश्प्रर्दा गर्न सक्ने हैसियत राख्छ भने त्यो हो खेलकुद । संसारको सबै भन्दा सानो र थोरै जनसंख्या भएको देश भ्याक्टीकन सिटीले पनि ओलम्पीक गेममा स्र्वपदक हासिल गरेपछि संसारलाई चिनायो । हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले ५१ स्वर्ण पदक जितेर राष्ट्रको सान बढाएको थियो । साग सुरु भएको दोस्रो दिनमै नेपाली खेलाडीले १५ स्वर्ण दिलाए पछि नेपालीहरुमा धेरै खुशी छाएको थियो । तेस्रो दिनसम्म आई पुग्दा नेपालले स्वर्णमा २५ ल्याएर छिमेकको ठूलो देश भारतलाई दोस्रो बनाएको थियो । घरेलु मैदानमा घरेलु दर्शककासामु नेपालले एकपछि अर्को स्वर्ण थप्दै जादा १० औँ दिनसम्म आईपुग्दा स्वर्णको संख्या ५१ पुगेको थियो । नेपालले यति धेरै स्वर्ण जितेको यो पहिलो पटक हो । ६० रजत र ९५ कांस्य गरी समग्रमा २ सय ६ पदक नेपालले जितेको थियो । १३ औं सागको नतिजाले खेल क्षेत्रमा नेपालको प्रतिष्ठा उचाइमा पु¥याए पछि प्रधानमंत्री केपी शर्मा ओलीले खेलाडीहरुलाई हौसलाप्रदान गर्न उलेख्य नगद पुरस्कार गर्नु भएको थियो । बास्तवमा मुलुक चिनाउने र अरु देशलाई जित्ने क्षेत्र भनेको खेलकुद नै हो ।
हाम्रो देश सर्बभौंमसत्ता सम्पन्न सानो मुलुक, गरिवी,बेरोजगारी र आर्थिक रुपले पछौटे, समस्या ग्रस्थ छ । सानो भन्दा सानो समान पनि मुलुकमा उत्पादन हुदैन । सियो देखि मोटर सम्म आयात गर्नुपर्छ । ब्यापार ब्यावसायमा त जित्ने कुरा नै भएन । बिज्ञान र प्रबिधीको क्षेत्रमा पनि नयाँ नयाँ आबिष्कार गर्नसक्ने हैसियत हामीमा छैन । हामीसंग भएके बे्रन (दिमाग) पनि अध्यायनको लागि बिदेश पलायन भएको अवस्था छ । मुलुकलाई चिनाउन र कुनै देशसंग भिड्न सक्ने उत्तम बिकल्प भनेको खेलकुद क्षेत्र नै हो । १३ औं साग खेलमा नेपालले देखाएको प्रर्दशनले पनि यसलाई पुष्टी गर्छ । खेलकुद प्रति आर्कशित हुने र सम्भावना बोकेका युवाहरुको जमात पनि ठूलै छ । खेलाडीहरुको उत्पादन, भएका खेलाडीहरुलाई संरक्षण र उनिहरुको समस्या बेलैमा सम्बोधन हुन सकेन भने बिदेश पलायन हुने सम्भावना पनि त्यत्तिकै छ । राम्रा खेलाडीहरुलाई बिदेशमा राम्रा अवसर प्रदान गर्ने र ती क्लवहरुहरुले अनुबन्धन गर्नसक्छन् ।
युवा तथा खेलकुद मन्त्रालयले बिद्यालय स्तर देखि नै खेलाडी उत्पादन गर्नमा ध्यान दिन जरुरी छ । युवा तथा बिद्यालय पढ्ने जमातलाई खेलकुद प्रति आर्कषण गर्न सकिएमा दुई किसिमबाट राज्यलाई फाईदा पुग्न सक्छ । पहिलो बिद्यालय पढ्नेहरुमा खेल प्रतिको लगाव बढ्नुको साथै अनुशासितबन्नेछन् । बिकृति, बिसंगति र अपराधकर्म तिर ध्यान जान पाउदैन । दोस्रो स्वस्थ्य जशक्तिको बृद्धि हुनेछ । पहिलो समस्यामा, अहिले स्कुल, कलेज पढ्ने किशोर किशोरी युवायुवतीहरुको ठूलो संख्यामा अध्यायन बहेक अतिरिक्त कृयाकलापमा ध्यान नगएको देखिन्छ । अझ बढी फुर्सतको समयमा मोवाईल फोनको प्रयोग अत्याधिक मात्रामा गर्छन् । मोवाईलमा बसी बसी गेम खेल्ने जंकफुड खाने गर्दछन् । यसरी युवा अवस्थामा शारिरीक ब्यायम नगर्दा र जंकफुडको प्रयोगले मोटोपन बढ्नुका साथै उमेर नपुग्दै बिभिन्न रोगको शिकार बन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यस्तै गरी बिभिन्न बिकृत खालका साईटहरु हेर्नेहरु केहिमा नकारात्म मनोभावना आउने र अपराधकर्म तर्फपनि उन्मुख हुने सम्भावना देखिन्छ । अध्याधिक मोवालईल फोनको प्रयोगले अध्यायनमा ध्यान नजाने र अन्ततः बिद्यालय समेत छोडेर बस्ने अवस्था पनि देखिएको छ । यो उमेर समुहका किशोर किशोरी युवायुवतीहरु फुर्सदिला भए पछि कुलतमा फस्ने गरेका छन् । भबिष्यका कर्णाधार मानिएका युवा जमात प्रति राज्यले अझ बढी चासो दिनुपर्ने र लगानी गर्नुपर्ने देखिन्छ । सरकारले चालु आर्थिक बर्षका लागि युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बजेट छुट्टाएकोछ । जुन गएको वर्षभन्दा २० करोडले कम हो । कुल बजेटको शून्य दशमलव २६ प्रतिशत मात्र हो । साग गेम र बर्ष भरीको खेलकुदमा सरकारको लगानी बराबरी छ ।
राज्यले बिद्यालय स्तर देखि नै खेलाडी उत्पादन गर्न अहिले युवा तथा खेलकुद मन्त्रालयले प्रशिक्षक प्रशिक्षण एकेडमी संचालन गर्न दुई करोड ५० लाख रुपैया बजेट छुट्टाएको छ । नेपालमा अहिले सम्म खेलाडीहरुको प्रशिक्षणका लागि प्रशिक्षकहरु बिदेशबाट ल्याउने गरिन्थ्यो । केहि बर्ष यता नेपाली प्रशिक्षकहरुलाई भारतमा लगेर प्रशिक्षक प्रशिक्षण गराइदै आएकोमा यस पटक युवा तथा खेलकुद मंत्रालयले आफ्नै मुलुक भित्रै प्रशिक्षकलाई प्रशिक्षण गराइन थालिएको हो । बिगतमा राष्ट्रिय खेलकुद परिषदको नेतृत्वमा अर्दुदर्षिता र राजनैतिक खिचातानीको कारण खेल क्षेत्रले चाहेको सफलता प्राप्त गर्न सकेको थिएन । साग गेमबाट नेपालले खेलबाट पनि गर्न सक्छ भन्ने सन्देश दिएको छ । खेकुदमा निजी क्षेत्रको पनि लगानी रहेको छ । पोखराको सहारा क्लव, झापाको झापा ११ क्लव, मनाङ मस्र्याङ्दी, संकटा लगायत थुप्रै कलवहरु छन् । यी क्लवहरु प्राय फुटवलसंग सम्बद्ध छन् । सर्ब साधारण नेपालीले बुझ्ने र आर्कषित हुने खेलमा पनि बढी खेलकुद नै हो । सहरा क्लव मोफसलमा ठूलो पुरस्कार राशी राखी प्रतियोगिता संचालन गर्ने क्लव हो । त्यसैगरी झापा ११ बर्तमान प्रधानमंत्री केपी शर्मा ओली समेत सल्लाहकार हुनुहुन्छ । प्रधानमंत्रीले आफ्नो एक महिनाको तलव सुरुपुँजीको रुपमा दिनु भएको क्लव हो । आर्थिक रुपले सम्पन्न क्लवहरु बाहेक ब्यावसायीक र आर्थिक पारदर्षि क्लवहरुलाई राज्यको पनि सहयोगको खाँचो छ ।
खेलकुद क्षेत्रको बिकासका लागि स्थापना भएको र भूपू खेलाडीहरुको संस्था अखिल नेपाल फुटवल संघ (अल नेपाल फुटवल एशोसिएन) जो अन्तरष्ट्रिय स्तरको फुटवलसंघ (फेडेरेसन अफ फुटबल एशोसिएसन, फिफा) संग पुरानो आवद्धता छ । एन्फाले फटवलका बिभिन्न अन्तराष्ट्रिय स्तरका परियोजना मार्फत कार्यक्रमहरु गरी आएको छ । आर्थिक रुपले सम्पन्न संस्था एन्फा भित्र चरम गुटबन्दी र राजनीतिकरण हुदै आएको छ । एन्फामा २३ बर्षसम्म एकल नेतृत्व, खेलको बिकास भन्दा बढी राजनैतिक आग्रह पूर्वाग्रह राख्ने गरिन्छ । पदाधीकारीहरुले आफ्ना नजिकका नातेदार जो खेलकुदमा रुची नै राखदैनन् उनिहरुलाई राज्यको तर्फबाट खेलाडी बनाएर पठाएका छन् । यस्तो खालको नाताबाद र बिभेदपूर्ण ब्यवहार गर्नु लाजमर्दो कुरा हो । यस्मा सम्बन्धीत निकायको ध्यान जानुपर्छ । युवा बिद्यार्थीहरुलाई खेल प्रति आर्कशित गरेर राम्रा खेलाडी उत्पादन गर्न सरकारले यस क्षेत्रमा लगानी बढाउदै जानु पर्छ । भौतिक पूर्वाधार निमार्ण गर्नु पर्छ । युवा तथा खेलकुद मन्त्रालयले नेपालको खेलकुदको बिकासका लागि काम गर्ने राम्रो अवसर हो । जसरी साग गेम सम्पन्न गरेर बधाईको पात्र बनेको छ । भुकम्पले ध्वस्त भएको रंगशालाहरुको निमार्ण र ब्यवस्थापन गर्ने कार्य गरेको छ । त्यसैगरी विकल्पीक रंगशाला पनि निमार्ण गर्नुपर्ने पनि देखिन्छ । खेल खेल्ने मैदानदेखि खेलाडीलाई चाहिने सामग्रीहरु पनि पूर्वाधार नै हुन् । जसमा राज्यको लगानी बढाउन जरुरीछ । देशभर फुटबल र क्रिकेटको रौनक देखिएकोछ । नियमित रुपमा क्रिकेट र फुटबलका लिग सञ्चालन गर्नुपर्छ । यस क्षेत्रमा भएका बिकृतिहरु अन्त्य गर्दै समग्र सुधार गरेमा मुलुकलाई खेलको माध्यमबाट चिनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->