आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक

टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक


  • ढोरपाटन संबाददाता
  • पुष १७ २०७६, बिहिबार

पोखरा,१७ पुस – टिभिएस मोटर कम्पनीले पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक गरेको छ । कम्पनीको गण्डकी धौलागिरीको अधिकृत बिक्रेता बतास ब्रदर्स प्रालिमा एक कार्यक्रमका विच स्कुटर सार्वजनिक गरिएको हो ।अभिनेत्री स्वस्तिमा खड्का ,जगदम्भा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपक अग्रवाल र बतास ब्रदर्स प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले सयुक्त रुपमा अनावरण गरि स्कुटर सार्वजनिक गरेका थिए । उक्त स्कुटरमा एलडी डिआरएल र एलडी हेड ल्याम्प ,आकस्मिक बत्ति ,भाइब्रेण्ट चेकर्ड फल्याग ग्राफिक लगाएतका विशेषता रहेको कम्पनीले जनाएको छ । स्कूटर तिन वटा रंग (म्याट ब्ल्याक ,मेटालिक ब्ल्याक र मेटालिक रेड ) मा उपलब्ध हुने टिभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जूकेटीभ भाइस प्रेसिडेन्ट आर दिलीपले जानकारी दिए ।
उनले भने, ‘टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहक माझ लोकप्रिय बन्न पुगेको छ ।’ यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । कम्पनीका अनुसार यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको उनले बताए ।जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ ।’ रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने उनको भनाई थियो । स्कुटरमा स्पोर्टी ब्लुटुथ कनेक्टेड रहेको कम्पनीले जनायो। यो स्कुटर स्टेट–अफ–आर्ट सिभिटिआई आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->