बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना


  • Dhorpatan News
  • पुष २० २०७६, आइतबार

पोखरा,२० पुस – कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र सहित आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव पास गरेको हो ।यस्तै प्रत्येक साधारण सभामा महिला उद्यमी सम्मान प्रदान गर्ने, संस्थाको स्थायी सचिवालय स्थापना तथा निर्माणका लागि कोष सथापना गर्ने, प्लस टु र स्नातकोत्तर उतिर्ण व्यवसायीका छोराछोरीहरुलाई नगद सहित सम्मान गर्ने, विपत्तिमा परेका व्यवसायीको क्षेतिको आँकलन गरि अधिकतम रु.२५ हजार सम्म सहयोग प्रदान गर्ने, सहकारी अवधारणामा सामुहिक लगानी गर्न सकिने सम्भावित सयुक्त उद्यमको विकास गर्ने, योग शिविर संचालन गर्ने, संस्थाको स्मारिका प्रकाशन गर्ने लगायतका महत्वपुर्ण प्रस्तावहरु समेत पारित गरेको छ ।

यसअघि साधारणसभाको उद्धघाटन गर्दै पोखरा उद्योण वाण्ीज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसाय संचालनमा थुप्रै नीतिगत समस्याहरु रहेको बताउनुभयो । सरकारले विभिन्न वाहानामा व्यवसायीहरु माथी कर आतंक थपेको भन्दै त्यसको समाधानका लागि आफुहरुले निरन्तर पहल गरिहेको अध्यक्ष अधिकारीले बताए। साथै फुटपाथमा हुने व्यवसायलाई नियन्त्रण गर्न नसकिएको उल्लेख गर्दै उनले प्रतिकुलता भित्र अनुकुलता सहित सफलताको खोजि गर्न व्यवसायीहरुलाई हौषला प्रदान गरे ।
एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बाँस्तोलाले संस्थागत विकासका लागि सदस्यहरुको सक्रिय सहभागीताको अपेक्षा व्यक्त गरे । व्यवसायिक हित र विकासका लागि समेत व्यवसायीहरु बिचको एकता जरुरी हुने उनले तर्क थियो ।

रमाईलो पारिवारिक बनाभोज सहित हेमजाको याम्दीमा एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष नविन नापितले धन्यवाद ज्ञापन तथा संचालन महासचिव धर्ममान सिंह भण्डारीले गरेका थिए । साधारणसभाले कोषाध्यक्ष पोषराज पौडेलको लेखापरिक्षण सहित आर्थीक प्रतिवेदन पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->