साँच्चै भन्नुपर्दा मानिस एकै ठाउँमा बस्न मन पराउँदैन । किनकि मानिस हरेक एक ठाउँबाट अर्को ठाउँमा जाने ,त्यहाँको प्राकृतिक तथा मानव निर्मित सौन्दर्यको अवलोकन गर्ने , कला तथा संस्कृति आदिको बारेमा जानकारी लिने,धार्मिक स्थलको अध्ययन जस्ता कार्यहरु मानवीय रुचि नै हो । सामान्य अर्थमा एक ठाउँ वा देशका मानिस अर्को ठाउँ वा देशमा आउने जाने मानिसलाई पर्यटक भन्ने गरिन्छ भने उनीहरुसँग सम्बन्धित भई सञ्चालन गरिएका कामहरुलाई पर्यटकीय त्रियाकलाप भन्ने गरिन्छ । त्यसैगरी पर्यटकसँग सम्बन्धित व्यवसाय वा उद्योगलाई पर्यटन व्यवसाय भनिन्छ ।
तिनै पर्यटनहरुसँग सम्बन्धित भएर नेपालमा पनि विभिन्न जिल्लामा उद्योग व्यवसाय सन्चालन भइरहेका छन । अंग्रेजी पात्रको नयाँ वर्षसँगै सुरु भएको नेपाल भ्रमण वर्ष २०२० को यतिबेला भने निकै नै चहलपहल भइरहेको छ विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष मनाइरहँदा मलाई भने पर्यटन वर्ष २०११ लाई स्मरण गर्न मन लाग्यो । साँच्चै नै पर्यटन क्षेत्रका गुमेको विश्वास पुनःस्थापना गर्न ,अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसार गर्न ,नयाँ पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको क्षमता अभिवृद्धि गरि पर्यटक आगमन संख्या १० लाख पु¥याउने लक्ष्य लिई ‘पर्यटनका लागि सँगसँग’ै भन्ने मुल नाराका साथ घोषणा गरिएको नेपाल पर्यटन वर्ष २०११ को राष्ट्रपतिद्वारा सुभारम्भ गरिएको थियोे । अभियानलाई सफल बनाउनको लागि विभिन्न देशमा सहकार्य गरि सम्पन्न गरेको थियोे जसमा ७२ जिल्लाहरु (हाल७७जिल्ला)मा समन्वय समिति गठन गरिएको थियोे ।
त्यसैगरि पर्यटन क्षेत्रबाट प्राप्त आय ग्रामीण क्षेत्रसम्म पु¥याउन ,पर्यटनलाई थप बास तथा आतिथ्यता उपलब्ध गराउन ,स्वरोजगार वृद्धि गर्ने उद्देश्य अनुरुप होमस्टे स्थापना तथा सञ्चालनलाई व्यवस्थित गर्न होमस्टे सञ्चालन कार्यविधि ,२०६७ लागु गरेसँगै पहिलो होमस्टे स्याङ्जाको सिरुवारी संचालनमा आएको थियो । हाल विभिन्न जिल्लाहरुमा पर्यटन प्रबर्दन व्यवस्था सञ्चालनमा आएका छन् । पर्यटन वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना ठूला भौतिक निर्माणलाई प्राथमिकतामा राख्दै सरकारका मन्त्री कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले देखाएको तदारुकता स्वागयोग्य नै छ । यसवर्ष पनि २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । नेपाल, भारत सीमानालाई सहज बनाउने तथा भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने उद्देश्य बोकिएको छ । नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाहगर्दै विद्युतीय माध्यमका साथ फोटो,श्रव्यदृष्य सामाग्रीहरु तयार पािरएको छ ।यस्तै पर्यटकलाई भिसा फ्रि गर्ने ,नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधा सेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने ,हिमाल आरोहणमा आकर्षित गर्ने रोयल्टिमा छुट दिने लगायतका योजनाहरु बनेका छन् । तर, नेपालमा अझै पनि पर्यटन उद्योगको समस्या पूर्णरूपमा निराकरण हुन सकेको छैन । आधारभूत पूर्वाधारको अभाव, मनोरञ्जनका साधन तथा प्रदुषणको समस्या रहेको छ भने दक्ष जनशक्तिको समेत अभाव छ । चुनौतिहरु भए पनि हिजोको तुलानामा आज केही सहज छ ।
नेपाललार्य आकर्षक तथा थप सुरक्षित गन्तव्यको रुपमा विकासगर्दै पर्यटन आगमनमा उल्लेखनीय वृद्धिगरि जनताको आयस्तर वृद्धिको लक्ष्य पूरा गर्न पर्यटकीय गन्तव्य स्थल तथा उपजमा विविधिकरण र विकास गर्नैपर्छ । पर्यटन वर्ष २०२०लाई सफल पार्नेुका साथै पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान ,पर्यटकीय पूर्वाधारहरुको विकास गरि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधार मान्दै पर्यटन प्रवद्र्धन गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।




