शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियस

मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियस


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७६, मंगलबार

मनाङ, २२ पुस -हिमाली जिल्ला मनाङको मानव वस्ती क्षेत्रमा चार दिनदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले मानिस वल्लो गाउँ–पल्लो गाउँ गर्न सकिरहेका छैनन् । हिमपातको कारण मानिसहरू घरबाहिर समेत निस्कन सकेका छैनन् । मनाङ ङिस्याङ गाउँपालिका १ माथिल्लो पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । वस्ती क्षेत्रमा छिनछिनमा हिमपात भइरहेको छ । घरभित्रै आगो बालेर बसिरहेका छन् । चिसो अत्याधिक छ, मानिस हिँडेको कोही देखिएको छैन ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले पैदल बाटो र गाडी हिँड्ने बाटोमा हिउँ जमेको बताए । वस्तीमै हिउँ जमेपछि चिसो बेस्सरी बढेको छ । स्थानीयका अनुसार चिसो अत्याधिक बढ्दा धारामा खानेपानी आउन छाडेको छ ।  हिउँ पग्लाएर खानेपानी तयार पार्नु परेको स्थानीयले बताएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले मनाङको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झरेको बताछ । आइतबार अलि-अलि घाम लाग्दा समेत दिउँसोको तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको बताए । ‘चिसो बेस्सरी छ । बाहिर निस्कन सकेको अवस्था छैन । कार्यालयमा जान आउन पनि मुस्किल भो, ‘बजार क्षेत्र सबै सुनसान छ । सडकभरी हिउँ जमेको छ । डाँडामा हिमपात भइरहेको छ ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङले बिहीबार हिमपात भएपछि गन्तब्यमा पर्यटक नगएको बताए । ‘हिमपात भइरहँदा पर्यटक असुरक्षित हुन्छन् । गन्तब्यमा पुग्न गाह्रो हुन्छ । हामीले हिमपातको बेला पर्यटक गन्तब्यमा नजान र सुरक्षित रहन भनेका छौं ।’
मनाङमा तल्लो क्षेत्रको नासों गाउँपालिका ९ दानाक्युदेखि माथि हिमपात भइरहेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार दानाक्युदेखि सदरमुकाम चामे र चामेदेखि माथिल्लो मनाङ क्षेत्रको पदमार्ग साथै मोटरबाटो अवरुद्ध छ । सडकमा साँढे १ फीटसम्म हिउँ जमेको छ । बजार क्षेत्रमा सेना, शसस्त्र र नेपाल प्रहरीले हिउँ हटाउने प्रयास गरेपनि हिमपात र चिसोका कारण नसकिएको बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->