आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना


  • ढोरपाटन संबाददाता
  • पुष २३ २०७६, बुधबार

पोखरा,२३ पुस – एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बुधवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको हो ।
सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको जनाएको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन । सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्ने बैंकका गण्डकी कार्यालय प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
औषधी उपचार बीमा अन्तर्गत बैंकले ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग ओपीडी उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने शर्माले जानकारी दिए ।
साथै घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । विभिन्न ३० योजनाहरु न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।
बैंकका मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->