आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भीमापोखरामा प्रगति सहकारीको सेवा केन्द्र, उत्पादनमा लाग्न जोड

भीमापोखरामा प्रगति सहकारीको सेवा केन्द्र, उत्पादनमा लाग्न जोड

‘पूर्वाधार र विकासका काम हामी गर्छाै, तपाई उत्पादनमा लाग्नुहोस । बाटोघाटो र खानेपानीका काम हामीले गर्ने हो, बाझा जग्गालाई हराभरा बनाउने काम तपाईहरुको हो ।’


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७६, शनिबार

बागलुङ, ४ पुस – प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले जिल्लाको काँठेखोला-२ भीमापोखरामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । सदरमुकाम बागलुङ बजारबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सहकारीले भीमापोखरामा पनि सेवा केन्द्र स्थापना गरेर आफ्नो शेयर सदस्यहरुका लागि सेवा प्रवाह सुरु गरेको हो । यस अगाडि भीमापोखरा बहुउदेश्यीय सहकारी संस्था र प्रगति वहुउदेश्यीय सहकारी संस्था विच एकिकरण भएको थियो ।
सहकारीले शनिवार भीमापोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारी सदस्य केन्द्रित ब्यवसाय भएको भन्दै अव उत्पादनमुखी काममा लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा मन्तब्य राख्दै काँठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले सहकारी अव उत्पादनमुखी काममा लाग्नुपर्ने वताउदै आर्थिक रुपान्तरणका लागि आयआर्जन गर्नुपर्ने वताए । ‘समृद्ध नेपाल–सुखी नेपालीको चाहनालाई पुरा गर्न पनि उत्पादनमा नलागी सुखै छैन’ अध्यक्ष थापाले भने–‘पूर्वाधार र विकासका काम हामी गर्छाै, तपाई उत्पादनमा लाग्नुहोस । बाटोघाटो र खानेपानीका काम हामीले गर्ने हो, बाझा जग्गालाई हराभरा बनाउने काम तपाईहरुको हो ।’
सो कार्यक्रममा प्रगति सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’ले कृषकसंग सहकारी कार्यक्रम आफुहरुले उत्पादनमा जोडिनका लागि अगाडि सारेको वताए । किसानहरुलाई सहुलियत दरमा लगानी गर्ने सहकारीको कार्यक्रम रहेकाले सोही अनुसार उत्पादनमा जोडिन समुहगत रुपमा पनि काम गर्न सकिने जानकारी दिए । उनले सेवा केन्द्र मार्फत भीमापोखराका शेयर सदस्यहरुलाई सुविधा प्रदान गर्न आफुहरु लागिरहेको वताउदै अव यहीबाटै दैनिक कारोवार गर्न लागेको जानकारी दिए । सो अवसरमा काँठेखोला–२ का अध्यक्ष विद्यापति शर्माले वडाका जनताले उत्पादन गरेको वस्तुलाई संकलन गरी विक्रीको ब्यवस्था मिलाउनुपर्ने वताए । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सहकारी पनि आर्थिक मेरुदण्ड मध्ये एक भएकाले आयआर्जन मार्फत आर्थिक रुपान्तरण गर्नुपर्ने वताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, शिक्षक चन्द्रमणी शर्मा, शेयर सदस्य राम प्रसाद शर्मा, मुकुन्द कार्की, भीमवहादुर केसी, माया थापा लगायतले शेयर सदस्यहरु आर्थिक उपार्जनका लागि पनि उत्पादनसंग जोडिनुपर्ने र त्यसका लागि सहकारीले सहजीकरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाका वारेमा अतिथिहरुले सहजीकरण गरेका थिए । सो अवसरमा प्रगति सहकारीले प्रदान गर्ने सेवाका वारेमा जानकारी गराइएको थियो ।
सहकारीका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव उदयचन्द्र चपाईले र स्वागत सेवा केन्द्रका प्रमुख नारायणदत्त रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->