आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रगति सहकारीले बाँड्यो राहत रकम

प्रगति सहकारीले बाँड्यो राहत रकम


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७६, आइतबार

बागलुङ, ५ माघ – प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले आफ्ना शेयर सदस्यका परिवारलाई मृतक राहत रकम प्रदान गरेको छ । काँठेखोला- २ भीमापोखराका शेयर सदस्य देउदत्त पाध्याको मृत्यु भएपछि उनका परिवारलाई मृतक राहत रकम प्रदान गरेको संस्थाले जनाएको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेल ‘कुमार’,  सचिव उदयचन्द्र चपाई र कोषाध्यक्ष केशव गौतम लगायतको टोली मृतक शर्माको घरमा नै पुगी मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै मृतकका परिवारलाई राहत रकम रु. २० हजार प्रदान गरेका हुन ।
प्रगति सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्यु भएमा रु. २० हजार र शेयर सदस्यका बाबुआमा, सासु ससुरा वा एकाघरका सदस्यको निधन भएमा रु.४ हजारका दरले नगदै राहत रकम प्रदान गर्दै आएको छ । शेयर सदस्यको पिडामा थोरै भएपनि मलम लगाउन सकियोस भनेर मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको अध्यक्ष पौडेलले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->