बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चर्चामा रहेका फरक तीन प्रसंग

चर्चामा रहेका फरक तीन प्रसंग


  • राजेशचन्द्र राजभण्डारी
  • माघ ६ २०७६, सोमबार

मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी )

अहिले देशमा जताततै बहस चलिरहेको छ मात्रै एमसीसी कै पक्ष र विपक्षमा ।अमेरिकी सहयोग एमसीसी लिनुपर्छ कि पर्दैन भन्ने बारे नेपालमा चर्को बहस चलिरहेको छ ।नेपालकाे बिधुत र सडक योजनाकाे लागि अमेरिकी सरकारले सहयोग गर्ने ३५ करोड डलरको परियोजना जस्तोसुकै जुनसुकै हालतमा पारित गरेर जानुपर्ने पक्षमा बर्तमान केपी अाेली सरकार देखिएको छ ।अर्कोतिर सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का केन्द्रीय तहका बरिस्ठ नेताहरू यसलाई कुनै पनि हालतमा पारित गरेर जान नहुने तर्क पेश गरिरहेका छन् ।बरिस्ठ नेता माधवकुमार नेपाल नारायण काजी श्रेष्ठ भिम रावल लगायतले
एमसीसी कुनै पनि हालतमा लागू गर्नु भनेको देश द्वन्द्वमा जानू हाे भनिरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहायता कुनै पनि हालतमा स्वीकार गर्न नसकिने अडान दोहोर्‍याएका छन्। एमसीसीको परियोजना स्वीकार गर्ने वा नगर्ने भन्नेबारे नेकपा र सरकारबीच बहस कायमै रहेको बेला नेता नेपालले एमसीसी इन्डोप्यासिफिक स्ट्रयाटेजीको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीतिविपरीत हुने भनेर बरिस्ठ ने दाबी गरेकाछन् ।

नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै नेता नेपालले आफूहरुले सबैसँग मैत्रीभाव कायम राख्नुपर्ने भनाइ सान्दर्भिक छ । एउटाको विरुद्धमा अर्काको पक्षमा लाग्न नहुने भन्दै नेता नेपालले एमसीसी कसैको विरुद्ध नभई आर्थिक विकासको निम्ती मात्रै हो भने मात्र स्वीकार गर्न सकिने बताए। “कुनैका विरुद्धमा लक्षित भएको अभियानमा सामेल गराउने उद्देश्यले सहयोग गर्न खोजिएको हो भने पैसामा लट्ठिएर हामी कसैको सहयोग लिन तयार छैनौं,” नेपालले भने, “ब्याज वा निब्र्याज, ऋण वा अनुदान जेसुकै किन नहोस् सरकारले लिन्न भन्न सक्नुपर्छ, खुट्टा कमाउनुपर्ने कुनै जरुरी छैन।”माधवकुमार नेपालकाे भनाइलाई सरकारले कसरी हेर्छ त्यो भने हेर्न बाकी नै छ ।
अहिले एमसीसी बिबादास्पद बन्दै जान थालेपछि अमेरिकी राजदूतबासले बिज्ञप्ती प्रकाशित गरेर
यसको बचाउ गर्दै यो कुनै पनि सैनिक गठबन्धन नभएको भनेर स्पष्ट पार्न खाेजेकाे देखिन्छ ।

एमसीसी नेपालकाे हित बिपरित भएको भनेर छरपस्ट रूपमा कुरा उठिरहेको बेला सरकारले यसलाई संसदबाट अनुमाेदन गराउने भनेर लागेको छ ।यसमाथि भएको बहस सबै हेरेर पुरै नेपाल सरकारले अाफ्नाे तरिकाले काम गर्न पाउने कुनै पनि सर्त पालना नगर्ने खालको सहयोग भए मात्रै लिनु बुद्धिमानी हुनेछ अन्यथा यस्तो खालको सहयोगकाे नाममा भाेली देश बिदेशीकाे दास बन्नुपर्ने अवस्था नअाउला भन्न सकिदैन ।

एअरपोर्टमा आस्था रावतको चुरिफुरी
हामी जतिसुकै ठूलो मान्छे किन नहुम सबैभन्दा ठूलो देशको ऐन कानुन हाे यसलाई सबैले पालना गर्नु पर्छ ।नेपालकि गायिका अास्था रावतले त्रिभुवन बिमानस्थलमा जुन अभद्र व्यवहार गरिन त्यसको परिणाम अहिले देखिदै जान थालेको छ ।एअरपोर्ट संवेदनशील क्षेत्र पनि हाे यसको अाफ्नै निति नियम छन् त्यसलाई पालना नगरिकन उल्टो कुरा गरेपछि रावत बिबादास्पद बन्न पुगेका छन् ।
विमानस्थल प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमाथि आक्रोशपूर्ण टिप्पणी गर्दै समाजिक सञ्जालमा भिडियो लाइभ गरेपछि राउतको पक्ष र विपक्षमा वहस भइरहेको छ । विमानस्थलमा राउत र महिला प्रहरीबीच भएको विवादको सीसीटीभी फुटेज सार्वजनिक भएसँगै झन् यो प्रकरण चर्चामा अाएकाे छ ।
अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन । अास्था राम्री गायिका हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ मनपरि गर्ने अधिकार कसैलाई पनि छैन ।एअरपोर्टमा नेपाल प्रहरीलाई दिएको निर्देशन पालना गरेको हाे झट्ट हेर्दा त्यो घटनामा प्रहरीको हैन गायिका अास्था कै कमजोरी देखिन्छ ।हामी जति ठूलो कलाकार बन्छाै त्यति लचिलो बन्नुपर्छ हामीले राम्रो स्वभाव गरेको खण्डमा हामीलाई हाम्रो दर्शकहरूले सम्मान गर्छन् माया गर्छन् ।हामी अाफै जथाभावी गर्दै हिड्ने मनपरि गर्दै हिड्न थाल्यौं भने समाज झन अराजक बन्दै जान्छ ।अहिले बेकामे बहस गरेर अाफु ठूलो हुन खाेज्नु भन्दा भएको कमजोरी लाई मनन गर्न सकेको खण्डमा भाेलीका दिनमा यसले अरूलाई पनि फाइदा पुग्ने छ ।
अाफ्नाे कमजोरी लाई ढाकछोप गर्न प्रहरी प्रशासनलाई गाली गलाैज गरेर उन्मुक्ति पाइदैन ।अहिले हामी सबै अाअाफ्नाे मर्यादामा रहन अावश्यक छ ।अहिले हामी सकारात्मक कुरा भन्दा पनि नकारात्मक कुरालाई बढी उचालेर जाने सामाजिक संजालमा मनपरि बाेल्दै गर्दा यसले हाम्रो हाइट झन घटाउछ ।

मध्यपहाडी लाेकमार्ग
देशको गाैरवशाली योजना मध्यमा सरकारले राखेको छ ।अहिले मध्यपहाडी लाेकमार्गकाे बागलुङ खण्डको काम सुस्त गतिमा चलिरहेको छ ।सरकारले काम नगर्ने ठेकेदार कम्पनी लाई कार्वाही गर्ने भनेर निति बनाएपछि केही समय काम गरेर देखाइयो अहिले फेरि काम ठप्प बनेको छ ।दैनिक रूपमा सयौं सवारीसाधन चल्दै अाएकाे मध्यपहाडीकाे बागलुङ सदरमुकाम देखि काठेखाेला गाउँपालिकाकाे घाेडा बाँधे सम्मको सडक बिस्तार गरेर कालाेपत्रे गर्ने कार्यक्रम भए पनि अहिलेसम्म कामले गतिलिन सकेको छैन ।बागलुङ खण्डको कामको जिम्मेवारी लिएको ठेकेदार लाई काम नगरे कार्वाही गर्ने भनेर बागलुङका संघीय सांसद तथा नेकपाका नेता देवेन्द्र पाैडेलले दिएको चेतावनी समेत हावादारी साबित भएको छ ।हुनत सरकारले तह लगाउन नसकेको ठेकेदारलाई एकजना निरीह सांसदले कसरी तह लगाउन सक्छन् भनेर बागलुङ बासिले
बिश्वास गरेका थिएनन् ।केही दिन अघि काठमाडौमा काम अगाडि बढाउने सहमति भए पछि सदरमुकाम खण्डको काम शुरूवात भएको भनेर सामाजिक संजालमा फाेटाे हाल्ने काम भएकाे दुई साता नबित्दै फेरि काम छाेडेर ठेकेदार बेपत्ता भए पछि बागलुङ खण्डको काम अलपत्र परेको छ । अहिले पश्चिम क्षेत्रमा यो मध्यपहाडी लाेकमार्ग भएर यात्रा गर्ने हजारौं यात्रुहरूले निकै कष्ट भाेग्नु परेको छ यसको समाधान गर्ने अाैषधी सरकार संग भए पनि सरकार निरीह बन्दा समस्या थपिएको हाे ।अब ढिलो नगरिकन काम अगाडि नबढाउने ठेकेदारलाई कार्वाही गरेर नयाँ ढंगले काम अगाडि बढाउनु बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->