
बागलुङ, ८ माघ – धौलागिरी र गण्डकीको जेठो सहकारी सहित बागलुङ जिल्लामा रहेका चार सहकारी एकिकृत भएका छन । यहाँको जेठो सहकारी कालिका सहकारी संस्था लि., हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि., जनता सञ्चार सहकारी संस्था लि. र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था लि.एकिकरण भएका हुन् । एकिकृत सहकारीको नाम कालिका सहकारी संस्था राखिएको छ । यो सहकारीको दर्ता २०३२ सालमा भएको थियो ।
एकिकृत कालिका सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा हिमाल प्रसाद शर्मा चयन भएका छन् । संरक्षकमा कृष्णराज शर्मा, उपाध्यक्षमा राजेशचन्द्र राजभण्डारी, सचिवमा भूपाल चालिसे, सहसचिवमा जीवनाथ शर्मा, कोषाध्यक्षमा रेशमलाल सापकोटा र सदस्यहरुमा हरिनारायण गौतम, शालिकराम शर्मा, यमुना शर्मा, श्यामप्रसाद शर्मा, सुदिप कँडेल र धनवहादुर कार्की रहेका छन ।
संस्थाको संरक्षकमा कृष्णराज शर्मा र सल्लाहकारमा पूर्व राज्यमन्त्री रामजी प्रसाद शर्मा, प्रदेश सांसद इन्द्रलाल सापकोटा, शंकर बहादुर खड्का, प्रा.डा.रामप्रसाद शर्मा, मुरारीदत्त शर्मा, कविन्द्र प्रसाद सापकोटा, श्रीप्रसाद शर्मा, बालकृष्ण शर्मा, निर्मल सापकोटा रहेका छन् । लेखा समितिको संयोजकमा राजकुमार पौडेल, सदस्यमा बद्री ढुंगाना र प्रेम केसी, ऋण समितिको संयोजकमा भूपाल चालिसे, सदस्यमा भरत शर्मा र भवदत्त शर्मा रहेको सचिव भूपाल चालिसेले वताए ।
चार वटै सहकारी संस्थाको एकिकृत साधारणसभा माघ ११ गते गर्ने तयारीमा रहेको सचिव चालिसेले वताए । बागलुङमा सहकारीहरुको यो एकता सवैभन्दा ठूलो हो । यी चारवटा सहकारीले गत आर्थिक बर्षमा एक अर्वभन्दा बढिको कारोवार गरेका छन । शेयर पुँजी ५ करोडभन्दा बढि रहेको र शेयर सदस्य सात सयभन्दा बढि हुने अध्यक्ष हिमाल शर्माले वताए ।





