बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अब सबै मिलेर देश समृद्ध बनाऔं

अब सबै मिलेर देश समृद्ध बनाऔं


  • दिलप्रसाद पौडेल
  • माघ १४ २०७६, मंगलबार

सम्पूर्ण देश तथा विदेशमा रहेका नेपालीहरुको आँखामा कहिल्यै नबिझाउने गरि यस सांसारिक रंगमञ्चमा पर्दापण हुनुभएका दाजु रवि लामिछानेप्रति हार्दिक नमन । दाजु, खै कहाँबाट सुरु गराँै ? खुशीका झोक्काहरुको उन्मादले आज मलाई व्यर्थैको पागलजस्तै बनाएको छ । कौतुहलताले रातभर सिरानी ओल्टयाई–पल्ट्याई निदाउने प्रयास गर्दा पनि सकिन, तपार्इँका हरेक शब्दहरुले । चितवन जिल्ला अदालतले जब तपार्इँलाई निर्दोष ठह¥याउँदै अदालतकै मुल्ढोकामा उभ्याएर सार्वजनिक रुपमै घोषणा गर्दा भावुक बनायो । तपाईले बारम्बार भन्ने गरेको एउटा वाक्य “म बरु मर्न तयार छु, तपार्इँहरुको विश्वास कहिल्यै मर्न दिँन्न’ भन्ने अभिब्यक्तीले अश्रुजल चुहाईरहेका सबैका आँखा एकपटक फेरि भरिएका थिए । म निष्पक्ष फैसला सुनाउने अदालतका वकिल सा’प हरुलाई पनि धन्यवाद नदिईरहन सक्दिन । उहाँहरु दिनरात नभनेर एउटा निर्दोष आत्माप्रति रत्तिभर विचलित नभई जुन भूमिका निभाउनुभएको छ उहाँहरुको त्यो गुन र अभिभारा सयौँ जुनिसम्म पनि तिर्न कठिन हुनेछ, हामीलाई । जेहोस् दाई, तपाईँ र युवराजले शालिकराम हत्या प्रकरणको मुद्दा बाट छुट्कारा पाउनुभएको छ, सफाई पाउनुभएको छ । अब त दाइ तपाईँ हामी सबै मिलेर देश बचाउनुछ । राष्ट्र बचाउनुछ । आउनुस्, अब देशका विभिन्न सडक अनि बस्ती बस्तीबाट समृद्धिका भाका बोल्नुपर्छ र देशलाई समृद्ध बनाउन तपाईँ हामीबाटै संभव छ । देशमा राजनैतिक खोल ओढेर पैसाको सिरानीमा जनताको रगत र पसिना चुसेर निदाउनेहरुबाट केही हुनेवाला छैन ।
गाउँको भिरालो खरको झुपडीभित्रबाट असीवर्ष काटेका आमाहरुले तिमीलाई सम्झेर रातदिन रोइरहेका छन , सडकमा आमाबाबुले टुहुरो बनाएर भिख माग्दै आंखाभरी आँसु बोकेर प्लास्टिकका बोरा बोक्ने बालबालिकाहरुले तिमीलाई नै सम्झिरहेका छन् ।त्यत्तिमात्र कहाँ हो र ? विदेशमा श्रीमानले कमाएको सबै श्रीमतीले पोको पारेर लगिदिएपछि छट्पटाहट मा मुर्छितहुँदै पानी… पानी भन्नुको साटो रवि !!! रवि !!!! भन्दै चिच्याइरहेका छन । फेरि घरमा श्रीमानको मृत्यु भएर, अपहेलित भएर, छाडेर, अर्की श्रीमती बिहे गरेर या अन्य विवशताले प्रवास पसेका महिला दिदिबहिनीहरुको कन्तबिजोग उस्तै छ । घटेको छैन । यता विदेश लैजान्छु या पठाइदिन्छु भनेर म जस्ता कैयन नेपाली युवाहरु ठगिएका छन दिनानुदिन । देशमा नेताहरुबाटै भ्रष्टाचारको आगमन भएदेखि गाउँका कार्यकर्तासम्मले घुस खाने गरेका तथ्याङ्कहरु दैनिक समाचार नै बनेका छन् । बालबालिका बलात्कार पछि हत्याका घटनाहरु भैरहेका छन ।
कमसेकम रविको सहारा पाएपछि श्वास फेर्नेहरु पनि छन्, यहाँ । नयाँ कपडा पहिलोपल्ट आफ्नो आङमा छिराउनेहरु पनि छन् । सिटामोल नपाएर छट्पटाएकाहरु बाँचेका पनि छन । वेश्यालयबाट उम्केर पुनर्जिवन पाएकाहरु पनि छन् । छोराछोरी बुहारीले खानबस्न नदिएर लखेटिएका बृद्धावस्थाका बूढाबूढीले ओत र स्रोत पाएका छन् । अपाङ्ता भएकाहरुलाई न्याय खोजिदिने र पीडामा परेकाहरुलाई सकेसम्म मलमपट्टी गरिदिने भएकै भएर त आज तपाईँलाई तीन करोड नेपालीले सम्झिरहेका छन । यिनिहरुकै आशीर्वाद र भगवानको कृपाले अनि सबैको साथ समर्थनले गर्दा पनि आज तपाईंँ भएको हो भन्दा फरक नपर्ला । हुन त तपाईले पनि दिनरात नभनेर दुखी, गरीव , असहाय, अपाङ्ग अनि हरेक माध्यमबाट पीडामा परेकाहरुलाई उद्दार गर्न भोकतिर्खा नभनेर खटिनु भयो ।
आज सबैले सम्झिरहेका छन् । त्यसैले रवि दाई देशका भ्रष्टाचारी,दलाल , नोकरसशाही र तिनका मतियारहरुलाई अब खोजीखोजी कठालामा समातेर पछार्नुपर्छ ! यो देश केहि त्यस्ता पिपासुहरुबाट चुसिन लागेको छ । अब तपाईँ हामी मिलेर बचाउनु पर्छ । एमसिसी नेपालमा भित्र्याएर तपाईँ हामीलाई अमेरिकीहरुको गुलाम बनाउन खोजिदैँछ । हामी हाम्रा वीर पुर्खाले लडेर जिउज्यानको बाजी थापेर बनाएको यो सुन्दर, शान्त, विशाल देशलाई कसैको पैतालामुनि पर्न दिनुहुँदैन त्यसैले रवि दाइर्, तपार्इँलाई स्वागत छ । आउनुस्, सबै मिलेर समृद्ध देश बनाऔंँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->