बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टीकापुर घटना राजनीतिक हो : पर्यटन मन्त्री योगेश भट्टराई

टीकापुर घटना राजनीतिक हो : पर्यटन मन्त्री योगेश भट्टराई


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७६, मंगलबार

कैलाली, १४ माघ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएको बताएका छन्। सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। ‘२०७२ मा भएको टीकापुर घटना राजनीतिक घटना नै हो’ भट्टराईले भने ‘त्यसमा केही तत्वले खेलेको हुनसक्छ।’
‘विगतका तिता कुरा बिर्सनुपर्ने बेला आएको छ’ उनले भने–‘परिवर्तनका लागि ज्यान गुमाउनेका परिवारलाई पीडा होला। सरकार पीडित परिवारको भावनाप्रति संवेदनशील छ।’ मन्त्री भट्टराईले हाल बन्द अवस्थामा रहेको टीकापुर हवाईमैदान पुर्नसञ्चालनका लागि अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने प्रतिवद्धता व्यक्त गरे।
‘टीकापुर हवाई मैदान सञ्चालनका लागि हामी तत्काल प्राविधिक टोली पठाएर सञ्चालनको प्रक्रियामा जानेछौं’ मन्त्री भट्टराईले भने। महोत्सवको आयोजक टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुरस्थित हवाईमैदान कालोपत्रेसहित पुर्नसञ्चालन गर्न माग गर्दै एक सुत्रीय माग पत्र मन्त्री भट्टराई समक्ष पेश गरेका थिए। भट्टराईले सबैको सहकार्यले मात्रै देश सम्बृद्धिको दिशामा अघि बढ्न सम्भव रहेको बताए। उनले कांग्रेस र कम्युनिष्टको सहकार्यले नै अहिलेसम्मको परिवर्तन सम्भव रहेकाले आगामी दिनमासमेत सहकार्य गरेरै अघि बढ्नुपर्ने बताए। ‘सरकार सहकार्य गरेर अघि बढ्ने कुरामा प्रतिवद्ध छ’ उनले भने–‘सहकार्यले मात्रै सबै कुरा सम्भव छ।’
यस्तै सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले विकासका काममा राजनीतिक विवाद गर्न नहुने बताए। उनले सबैको सहकार्यले मात्रै विकासका काम अघि बढेको बताए। मन्त्री भट्टराईले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सात जनालाई सम्मान गरेका छन्। टीकापुर महोत्सव २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->