आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नगरप्रमुख नेपालीले गरे लक्ष्मीकुण्डघाट मोटरेबल पुलको उद्घाटन

नगरप्रमुख नेपालीले गरे लक्ष्मीकुण्डघाट मोटरेबल पुलको उद्घाटन

६० मिटर लम्बाई रहेको उक्त पुल साढे ६ करोड लागतमा निर्माण सम्पन्न भएको हो ।


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७६, मंगलबार

बुर्तिवाङ,  १४ माघ – बागलुङको पश्चिम क्षेत्रलाई लक्षित गरी बुर्तिबाङ नजिकै बडीगाड नदीको लक्ष्मीकुण्ड घाटमा मोटरेवल पुल निर्माण भएको छ । सो मोटरेबल पुलको उद्घाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले मंगलवार एक समारोहकाबीच रिवन काटेर गरे।
उद्घाटन पछी बोल्दै नगरप्रमुख नेपालीले पुल निर्माण जनताको निम्ती अति आवश्यक विकासको आधार भएको बताउँदै अवका दिनमा मुलुककै एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटक तथा निसीभुजीका जनतादेखि रुकुम, रोल्पा सम्मका जनतालाई धेरै सहजता हुने बताए । उनले आफु जनप्रतिनिधी भएर आएपश्चता पुल निर्माणमा समयमै काम सकाउन निर्माण कम्पनीलाई निरन्तर आग्रह गरेका कारण निर्माण कार्यले चाँडै सार्थकता पाएको बताए ।
कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले विकासको आयाम मध्यको मोटरेवल पुल नहुँदा जनतालाई निकै सास्ती भइरहेको अवस्थामा अवका दिनमा धेरै सहज हुने बताए । निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्ग अन्र्तगत सेराघाटको पुल समेत समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गर्दै उनले दुबै पुल वनेमा प्रर्यटन प्रर्वधन देखि स्थानीय जनतालाई सवारीका साधन मार्फत आवतजावत गर्न र आवश्यक सामाना ओसार पसारमा सहजता हुने बताए ।
कार्यक्रममा राजनैतिक दल नेकपाका टँकप्रसाद पौडेल, नेपाली काँग्रेसकका सोम पौवी यामु, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डे, उद्योग वाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल लगाएतले मन्तव्य दिएका थिए । सो अवसरमा साईड इन्चार्ज सुरेश वजगाँई र प्राविधिकलाई सम्मान गरिएको थियो । पुल उद्घाटन कार्यक्रमको सन्चालन सन्चारकर्मी लोकेन्द्र सुनारले गरेका थिए ।
पुल सन्चालनमा आएपछी ढोरपाटन शिकार आरक्ष तथा निसीखोला गाउँपालिका तथा रुकुम क्षेत्रका जनतालाई सिधा आवतजावतमा सहजता भएको छ । सडक निर्माण भएदेखि पुल नभएका कारण लामो समयदेखि समस्या झेलीरहेका पश्चिम बागलुङका जनतालाई लक्ष्मीकुण्ड घाटको मोटरेबल पुल निर्माण पश्चात विकासको स्वरुप फेरिएको आभाष दिएको छ । कुल ६० मिटर लम्बाई रहेको उक्त पुल साढे ६ करोड लागतमा निर्माण सम्पन्न भएको पुल निर्माण कम्पनी दिवा निर्माण सेवा प्रालिका साईड इन्चार्ज सुरेश वजगाँईले बताए । सो पुलको निर्माण कार्य २०७४ माघ ९ गतेदेखिसुरु भएको थियो ।
त्यस्तै, बजार नजिकै सेराघाटमा मध्यपहाडी लोकमार्ग आयोजनाले निर्माण गर्न लागेको पुलको काम आधा सम्पन्न भएको छ । जेठ मसान्त सम्म पुल ढलान हुने गरी भोलि देखिनै निर्माण सुरु हुने दिवा निर्माण सेवाका साईड इन्चार्ज वजगाँईले बताए । उक्त पुल समेत २०७४ सालदेखि निर्माण सुरु भएको हो । ४० मिटर लामो हुने पुलको दुबै तर्फको पिल्लर निर्माणको काम करिब अन्तिम चरणमा पुगेका कारण उक्त काम सकेर ढलानको काम सुरु हुने वजगाइँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->