आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर

कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७६, बिहिबार

बागलुङ, १६ माघ – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि तथा नीलगिरि हिमाल, बीचमा समथर फाँट र फुलिरहेका तोरीबाली । रत्नेचौरमा माघ–फागुनमा उक्त फाँटमा देखिने उक्त दृश्यले जो कोहीलाई पनि आकर्षित गर्ने गरेको छ।
तोरीखेतीको ‘हब’का रूपमा विकास हुँदै गरेको रत्नेचौरमा तोरीबारीमा रमाउन विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउन थालेका छन् ।  बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिबेला तोरी फुलेर पहेँलपुर भएको छ । तोरीबारीमा रमाउन अहिले रत्नेचौरमा बेनी, बागलुङ र कुश्माबाट युवायुवती आउन थालेको स्थानीय सुजन महतले बताए ।
रत्नेचौर अहिले पर्यटकीय गाउँको रूपमा समेत विकसित हुँदै गएको बेनी नगरपालिका–१ का अध्यक्ष टेकबहादुर रावलले बताए । राजा गिर्वाण युद्धको चिनो स्वरूप रहेको बूढो पोखरी, उत्तरतर्फ चाँदीझैं टल्कने हिम शृंखला, पूर्वमा कालीगण्डकी, दक्षिणतर्फ ढाडेनी खोला र त्यसको पारिपट्टि देखिने बागलुङको कुडुले, फेदी र धार्मिक पर्यटकीय स्थल पञ्चकोटले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ ।
पछिल्लो समय रत्नेचौर पर्यापर्यटनको समेत आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँको फाँटमा गहुँ र तोरी झुलिरहेको छ । यही सौन्दर्यमा युवायुवती रमाउने गर्छन् । गहुँको हरियाली र तोरीको रङमा रत्नेचौर मनमोहक देखिएको यहाँ आइपुगेका बेनीका शिव केसीले बताए ।गाउँको बीचमा रहेको खेतीयोग्य जमीनमा सबैले तोरीखेती लगाएका छन् । तोरीखेतीकै कारण रत्नैचौरमा प्रशस्त सम्भावना थपिएका छन् । तीमध्ये पर्यटकीय सम्भावना प्रबल रहेको स्थानीय युवा महेन्द्र बोगटीले बताए । ‘रत्नेचौरमा पछिल्लो समय धेरै आन्तरिक पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘त्यसैले व्यवस्थित होटल र लजको आवश्यकता देखिएको छ ।’ रत्नेचौरमा तोरीखेती, पर्यटन लगायतको ठूलो सम्भावना भए पनि यसको प्रवद्र्धनमा सरकारी निकायले भने कुनै सहयोग नगरेको किसानको गुनासो छ । ‘गाउँमा आन्तरिक पर्यटक आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->