बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्मरणमा मेरो मनाङ बसाई !

स्मरणमा मेरो मनाङ बसाई !


  • प्रनाउ टिका बहादुर कार्की
  • माघ १८ २०७६, शनिबार

जिम्मेवारीले हाम्रो बसाई फेरीरहने त स्वाभाविक हो । फेरीरहने बसाईमा मेरो मनाङ यात्रा विशेष स्मरणीय नै रह्यो । मनाङ प्रहरी प्रमुखको जिम्मेवारी लिएर २०७६ जेष्ठदेखि पौष महिनासम्म कार्यरत रहदा त्यहाँ प्राप्त सहयोग विर्सन सक्दिन । जिल्ला भरीका प्रहरी कर्मचारीको सहयोगमा विभागिय निति तथा लक्ष्य वमोजिम प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायसंगको समन्वयमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका सन्दर्भमा धेरै कार्य गर्न सकियो ।
समुदाय प्रहरी साझेदारी अवधारणा वमोजिम स्थानिय तहका जनप्रतिनिधीहरु, समाजसेवी, आमा समुह लगायत सरकारी तथा गैह्र सरकारी निकायका पदधिकारीसंगको सहकार्यमा जनचेतनामा मूलक कार्यहरु धेरै नै सम्पन्न भए । करीव १७० स्थानमा सम्पन्न विभिन्न संयुक्त तथा विषयगत ३०० भन्दा वढी कार्यक्रमहरु विभिन्न सञ्चार माध्यममा संप्रेषण भए।
हिमपात तथा वाढी पहिरो प्रभावित यो जिल्लामा विपद व्यवस्थापनलाई प्राथमिकतामा राखि जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका लागी विपद व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन भए । अहिले पनि त्यसरी नै कार्यान्वयन भैरहेका छन् । माध्यमिक तहका ४ वटा विद्यालय तथा स्थानिय तहका वडाहरु समेतमा गरी विपद व्यवस्थापन समितिका सदस्यहरु २०० भन्दा वढी संख्यामा आवद्ध गराईएको छ ।
पर्यटक सुरक्षालाई मध्यनजर राखि अन्नपूर्ण, मनास्लु, नार फु, तिलिचो ताल, थ्रोङ्ला पास र काजिन सारा तालसम्म नियमित गस्ति तथा सचेतना मूलक पर्चा वितरण गरी पर्यटन प्रर्वधनका कार्य गरियो । त्यसैगरी, लागुऔषध नियन्त्रणका लागी सप्ताहव्यापी तथा ४५ दिने कार्ययोजना वमोजिम जिल्ला भित्र सम्पुर्ण स्थानमा व्यापक गाँजा फडानी तथा सचेतना कार्य पनि सफलतापूर्वक सम्पन्न भए । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका १८ कार्यक्रम र नियमित सचेतना मूलक कार्य सम्पन्न भए । सवारी दुर्घटना न्यूनिकरणका लागी नियमित रुपमा सचेतना मूलक अन्तरकृया, बैठक, पर्चा वितरण तथा कार्वाहिद्धारा सवारी दुर्घटना नियन्त्रणमा आएको छ ।
कार्यालय ब्यवस्थापनतर्फ जवान ब्यारेक १, महिला चेन्जिङ रुम १, मोटर ग्यारेज २ निर्माण, जेनेरेटर १, तातोपानीको लागी ट्याकि १, LED TV ५५ ईन्च-१ का साथै जवान ब्यारेकमा वाइफाई लगायतको ब्यवस्था गरीएको छ । त्यहाँ रहदाँ स्थानीयबाट प्राप्त सहयोग स्मरणीय नै छ । सञ्चारकर्मीको सहयोग पनि विर्सन सकिदैन । अहिले म तालुक प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७६।०९।१५ गतेको सरुवा पत्र बमोजिम ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडा छु । तर त्यहाको वसाई सम्झिरहेको छु । मनाङ बसाईका क्रममा सहयोग गर्ने संचारकर्मी लगायत संपुर्ण सहयोगी मानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दै नेपाल भ्रमण बर्ष २०२० को सफलतासंगै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यो पनि आफ्नो जिम्मेवारीको बसाई यात्रा सरेको मात्रै हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->