आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङमा रुदीखोला ‘बी’को विधुत उत्पादन शुरू

लमजुङमा रुदीखोला ‘बी’को विधुत उत्पादन शुरू

६ दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विधुत गृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ।


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७६, आइतबार

लमजुङ, १९ माघ – निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला बी जलविधुत आयोजनाले शनिबारदेखि विधुत उत्पादन सुरु गरेको छ।६ दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विधुत गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ। सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो।आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। १५ दिनसम्म परीक्षणका रुपमा विधुत उत्पादन हुनेछ। सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन।
परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए। बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला-ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ। ४८.८ मेगावाटको खिम्ती-२ जलविधुत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->