बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आइएमई ग्रुपका अध्यक्ष ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित

आइएमई ग्रुपका अध्यक्ष ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित

‘यो अवार्ड आफूले प्राप्त गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो, उनले भने ।


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७६, शुक्रबार

काठमाडौं, २४ माघ – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरे ।
राष्ट्रिय उद्यमशीलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका एकजना कुशल व्यवस्थापकलाई आमोले यो अवार्ड प्रदान गर्ने गर्दछ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।
नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमइ बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उनको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ । अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई आगामी दिनमा काम गर्न अझ उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिए । ‘यो अवार्ड आफूले प्राप्त गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो, ढकालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->