लामो समयको राजनैतिक संघर्ष र पछिको परिवर्तनले सामाजिक न्यायमा आधारित आर्थिक विकास र समृद्ध समाज निर्माण गर्ने अभियानको थालनी भएको छ ।
ठूलो संख्यामा रहेको युवा जनशक्तिलाई विभिन्न खालको सीप, पूँजी र आजको आवश्यकता अनुसारको प्रविधिहरु उपलब्ध गराई देशमा नै रोजगारी सिर्जना गर्न उत्पादनमा वृद्धि गर्ने प्रमुख कार्य सूचीहरु नेपाल सरकारको रहेको छ ।
यसबाट भविष्यमा देशमा राष्ट्रिय पूँजीको निर्माण गर्न आत्म निर्भर अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहने कुरा स्पष्ट रुपमा नेपाल सरकारको १५ औँ योजनाको आधारपत्रले तथा विभिन्न प्रदेश सरकार र स्थानीय सरकारले बनाएका आधारपत्रले स्पष्ट गरेको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु पूरा गरी वि।स। २१०० बर्ष सम्ममा उच्च आय भएको मुलुकमा विकास गरी आम नागरिकलाई सुखी बनाई आधुनिक सभ्यता सहितको समाज निर्माण गर्ने लक्ष्य राखेको छ । यी रणनीतिहरु पूरा गर्नका लागि नेपालमा भौतिक पूर्वाधारको गुणात्मक विकास कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण विद्युत उच्चतम उत्पादन र प्रयोग घरेलु उद्योग स(साना देखि ठूलठूला उद्योग स्थापनाको आवश्यकता अनिवार्य देखिन्छ।यही उद्देश्यका साथ नेपाल सरकारले औद्योगिक ग्राम योजना तथा सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरी ७५३ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि अभियानकै रुपमा उद्योग स्थापना तथा सञ्चालनको कार्यक्रम घोषणा गरेको छ ।
यस कार्यक्रम स्थापना तथा सञ्चालनका लागि पहिलो चरणमा विभिन्न मापदण्ड पूरा गरी औद्योगिक ग्राम घोषणा हुने स्थानीय तहमा ताराखोला गाउँपालिका पनि पर्दछ।
घोषणा पश्चात ताराखोला गाउँपालिकाले औद्योगिक ग्राम स्थापना तथा सञ्चालनको लागि पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढाई सकेको छ । यसै प्रतिवेदनको आधारमा उद्योग स्थापना र सञ्चालनको पूर्वाधारका कामहरु पहिलो चरणमा हुनेछन् ।औद्योगिक क्षेत्रको घेराबार उद्योग स्थापनाका लागि विभिन्न प्लट निर्माण, विद्युत प्रसारण लाइन, खानेपानी, ढल निकास, प्रवेशद्वार, सडक निर्माण, क्यान्टिन, सामान स्टोर कक्ष र प्रदर्शन स्थल निर्माण नेट इन्टरनेटको जडान लगायत वृहत पूर्वाधारका कार्यहरु हुनेछन् । यी माथि उल्लेखित पूर्वाधारका कामहरु सकिएपछि ताराखोला गाउँपालिका भित्र स्थापना तथा सञ्चालनमा ल्याउने उद्योगहरुको बारेमा सरकारी सहकारी र निजी क्षेत्रसँग कस्ता खालका उद्योगहरु स्थापना तथा सञ्चालन गर्ने बारे रणनीति तयार हुनेछ । उद्योग सञ्चालनका लागि लगानीमैत्री वाताबरण सृजना गर्दै लगानीको आह्यवान गरिनेछ । जस्तै अल्लो प्रशोधन केन्द्र स्थापना गरी अल्लोको धागोबाट बन्ने झोँला कोट टोपी जुत्ता पर्स उत्पादन उद्योग प्राथमिकिकरण गरिनेछ।
७०५ भन्दा बढी यस गाउँपालिकामा वनजङ्गल रहेकोले वातावरणलाई कुनै असर नपर्ने गरी फर्निचर उद्योग, प्लाई उद्योग, आधुनिक ढोका, झ्याल उद्योग, स्लेट ढुङ्गा उद्योग, पानी उद्योग, नेपाली हाते कागज उद्योगः ९जस्तै डायरी सजावटका सामग्री० आलुचिप्स उद्योग, कागज उद्योग, फलामबाट निर्मित उद्योग। सिस्नो पाउडर उद्योग आदि।
माथि उल्लेखित उद्योगहरुले स्थापना तथा सञ्चालन हुना ले छरिएर रहेको साना तथा घरेलू उद्योगहरु एकीकृत भई उत्पादनमा सहभागी हुनेछ । स्थानीय स्तरको आर्थिक क्रियाकलापलाई बढावा दिई स्थानीय तथा राष्ट्रिय पूँजी निर्माणमा विशेष भूमिका खेल्नेछन् । आत्मनिर्भर अर्थतन्त्रको विकासमा विशेष सहयोग हुनेछ ।स्थानीय स्रोत र साधनको भरपुर प्रयोग भई आयातित वस्तुहरुमा कटौति हुनेछ र यस क्षेत्रमा उत्पादन भएका वस्तुलाई निर्यात गरी अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्नेछ । चीन सरकारको सहायतामा २०३९ सालमा नेपाल सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउने भन्दै कागज उद्योग स्थापना भयो । वि।स। २०२२ मा बाँसबारी छाला उद्योग स्थापना भयो । १९९३ सालमा नेपालको तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा जुटमिल स्थापना भयो तर केही समयको संचालन पछि नेपाल सरकारको निजीकरण र उदारीकरणको नीति परिवर्तनका कारण ती उद्योगहरुले दिगोपना ल्याउन सकेन, हजारौँ मजदुरहरु अलपत्र परे । नेपालमा आयातित वस्तुमा प्रोत्साहन वढ्न गयो यस कारण विगतका शिक्षाहरुको राम्रो समीक्षा सहित यस गाउँपालिकामा स्थापना हुने उद्योगको दिगोपना र व्यवस्थित संचालनका लागि सरकारी निजी क्षेत्र र सहकारी विभिन्न क्षेत्रसँग वृहत छलफल अन्तरक्रिया गरी उद्योग रणनीति तयार गरिनेछ । सोही अनुसारको दक्ष जनशक्ति क्षमता सीप प्रविधि र पूँजीको परिचालन गरिनेछ ।
( घर्ती ताराखोला गाँउपालिकाका अध्यक्ष हुन )




