आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेटवार्ता

नेपाल र क्‍यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७६, सोमबार

काठमाडौं, २७ माघ-राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच सोमवार शिष्टचार भेटवार्ता भएको छ। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारमा भेटवार्ता गरेको हो ।
भेटका क्रममा नेपाल र क्‍यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्‍याउने बताए ।
दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो, उनले भने, म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ। दुवै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गरे । संसद मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् उनले भने ।
अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिल केन्द्रित रहेको बताए । हामीले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्‍नति हुने लक्ष्य लिएका छौँ, सरकारको प्राथमिकता कृषिको अधुनिकीकरण, जलविद्युत, पूर्वाधार विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई मूर्तरुप दिने र यी सबैको लागि मानव संसाधन विकास गर्ने रहेको छ।
भेटका क्रममा क्यानडाको उपल्लो सदन सिनेट सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए । उनले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौती बारे क्यानडा जानकार रहेको र क्यानडा पनि संघीय मुलुक भएकोले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेपालले पर्यटनलाई उच्च प्रथामिकता दिएको छ, उनले भने पर्यटनसँगै जलविद्युत, वायुउर्जा र सौर्य उर्जा विकासमा हाम्रो तर्फबाट सहयोग हुन्छ। सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रिय सभा बैठकको अवलोकन तथा नेपाल – क्यानडा संसदीय मैत्री समूहबीच अन्तर्क्रिया समेत गरेको छ। टोली मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्कनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->