बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रिय, प्रेम दिवस र संघर्षका कथा

प्रिय, प्रेम दिवस र संघर्षका कथा


  • सीताराम थापा
  • फाल्गुन २ २०७६, शुक्रबार

प्रिय साथि मानव,
आज म तिमिलाई केही प्रेम र प्रेमालय बारे लेख्ने छु, मनका बह र रहरका कहरहरु बारे वकल्ने छु। पढ्छो, बुझ्छौ र प्रेम गर्छौ भन्नेमा विश्वस्त छु। प्रिय, प्रेम मानव जातिको उत्पति देखि नै थियो र छ। यो मानवको मनको मझेरीमा मात्र होईन, सबै सजिब जन्तु र निर्जिव प्राणीमा पनि प्रेम थियो र छ भन्ने ईतिहास बिनामुला हिजा भनिरहेछ। यसैले प्रिय मानव, म तिमिलाई धेरै र तिमी मलाई अति प्रेम गर्छौ। यो न नाप्न र जोख्न सकिन्छ, न यसको सिमा हुन्छ। यसैले मानव उत्पति देखि नै एक अर्कोमा प्रेम थियो। किनकि मानव ईतिहांसका युग प्रेमको युगहरु हो। सृष्टि देखि चलिआएको प्रेमभाब थियो। त्यहि प्रेमको आसनबाट समाज बदलिदै यहाँसम्म आएको सत्य हो। यसैले त तिमी छौ, म छु र प्रेम पनि छ।
प्रिय मानव,
प्रेम आफैमा महासागर हो। यसबारे लेखेर र बोलेर सकिँदैन। भगवान मान्ने र नमान्ने आश्तिक र नास्तिक दुबै बिचार छ। यी दुबै माने नमाने पनि प्रेम नमान्ने भन्ने नै हुदैन। प्रेम बिहिन केही हुदैन भन्दा अचम्म मानौला, किन कि मैले तिमिलाई बेला बखत घृणा गर्छु। यसो त एकथरि मानबका हुलले अर्कोथरी मानवलाई घृणा गरेको थाहा होला। त्यहि घृणाको बिपरित हुने माया प्रेम हो। बुझ्न कठिन होला, तर त्यहि घृणा, रिस, क्रोध आवेक नै मायाले भएको हो। मैले तिमिलाई लामो समय नसम्झदा, संपर्कबिहिन हुदा, तिम्रा आनिबानि मन नपरेर आरपस गर्दा तिमिले मलाई कति दुख मान्थ्यौ, कति भावुक भएर घृणा गरेका थियौ। त्यहाँ दुबैको प्रेम लुकेको थियो। तिमी म बिच एकता मात्र कहिल्यै हुनै सकेन, एकता हुदा पनि हामी लामो समय मिल्न सकेनौ, किन कि तिमी र म बिच एकतापछि अनेकता भयो। यति मात्र कहाँ हो र तिमी मार्ने र मर्ने सिद्ध्याउने द्वन्द्व नै भयो।
प्रिय मानव, भावनाको द्वन्द्वबाट बिचार नै फरक भयो। हेर्ने दृष्टिहरु फरक भयो। तिमि धनी म गरिब भएकाले पारिवारिक बिठनका दिन आए। तिमी मगर र म बाहुन भयर जात, भुगोल नमिल्ने दिन पनि आए। तिमी लोकतान्त्रिकबादिको पक्ष्यधरता, म जनबादि क्रान्तिको पक्ष्यधरता हुदाँ बिचारले आकास जमिन फरक भयो। हो यसैले तिमी र म बिच प्रेम र एकता थियो, संगै घृणा र द्वन्द पनि थियो। यसैले प्रिय, प्रेमले नै हामी बिच द्वन्द्व गरायो। हामीलाई फुटाउन, अलग्याउन कति खोजे। म वनवारी डाडागाउँबाट हत्केलाले प्रेमभाबले तिमिलाई प्रेम पत्र लेख्थे। तिमी सहरको महलबाट कम्पयुटरमा रंगिन प्रेम र घृणाभाबमा पत्र पठाउथ्यौ। यसैले हामि बिच द्वन्द थियो। यहि द्वन्द बिच माया थियो र त आज हामीछौ।
प्रिय, तिमिलाई प्रेम नै गर्न हुदैन भनेर सबैले सम्झाए, अझ गरिब रैथानेसंग प्रेम गर्न हुदैन भनेर कतिले अर्थ्याए। जब तिमी सामाजिक संस्थामा गरिब समाज बदल्ने यात्रामा लाग्यौ तब तिमी मानव जीवन, समाजसास्त्र, मानव मनोबिज्ञानको अध्ययन अनुसन्धान र कर्मले बदल्यो । तिमी फेरि मेरो बिचार नजिक आउन थाल्यौ। जब तिमीलाई मेरो दर्शन, बैज्ञानिक सिद्वन्त, मानव जातिको ईतिहासका किताब पठाउदा प्रेम हैन घृणा लाग्थ्यो। तर जब तिमी गरिबसंग काम गर्न थाल्यौ, दर्शन नपढेपनि गरिब प्रतिको घृणा प्रेममा बदलियो। जब तिमी आफै नारी भयर नारी हकको काममा आत्मा डुबेर लाग्यौ, तब तिमीले मैले पठाएका पुस्तकमा प्रेमाभाब जाग्न थाल्यो। जब तिमिले नारी अस्मिता लुटिएका बास्तविक जिवन र कथा, उपन्यास अध्ययन गर्दै कर्म भागमा उभियौ । तब तिमिलाई मेरा ब‌ैज्ञानिक दर्शनको किताबले छुन थाल्यो। मलाई याद छ, तिमी मानिस मानिस बिचको बिभेदको पर्खाल तोड्ने महाअभियानमा पक्डियौ, फेरि पनि थुनियौ। त्यसले तिमिलाई धारीलो हतियार बनायो। बस अब तिमी धनिको छोरी गरिबको खातिर, देसको खाथिर, राष्ट्रको खातिर लाग्ने प्रण, मन मन सल्कियपछि तिमी म विरुद्व लडेको घृणाको युद्वमोर्चामा स्खलित हुँदै गयौ।
प्रिया,
मलाई थाहा छ, तिमी यसपछि मलाई गर्ने घृणा आफ्नै महलको परिवारलाई गर्न थाल्यौ। यसैले त हाम्रो प्रेम फेरि झांगियो, मौलायो र दिप जस्तै बल्न थाल्यो। तिमी धनी र म गरिबको एकतामा तिम्रो पृष्ठभूमि, धनी गरिब, जात सबै बुझाईमा ठुलै द्वन्द्व चर्किएको थियो। यसले हामी बिच धेरै बिनास गर्यो, हामि बिचको प्रेम, रसलिला भङ्ग भयो । संगै घुम्ने, रम्ने चाह स्खलन भयो। तिम्रो महल, पजेरो, थ्रिपिस लवाईका बान्कि मेरा झुप्रो, भुईखुट्टे र च्यातिएका कमिजको फरक बिचारले हाम्रो माया र प्रेम लाई भंङ्ग गराउदै बिनासमा प्रलय भैसकेको तिमिलाई यादै छ। तिमी र म बिच भएको द्वन्दको बिनासमा कालो बादल मडारिएपछि के तिमिले सोचेका थियौ, अब हामी बिच एकता, र प्रेमको पुर्नमिलन हुने छैन भन्ने। प्रिया मानव, जब त्यहि द्वन्द्व र बिनासको प्रभाबमा हामिले आआफ्फ्नो ठामबाट घृणालाई बदल्न माया र प्रेमको लागि संघर्ष गर्यौ। लामो समय धैर्यता टुटाएनौ, लामै समय घृणाभाबमा बोलेनौ। यधपि मानव मनभित्रको अन्तरंङ्ग देख्न र नाप्न नसकिने प्रेम फेरि बिकसित रुप लियो। जब तिमी म जस्तै बिचारले खारियौ, तिखारीयौ, एकापसमा मानव जीवनको प्रेम र ईतिहासलाई बुझ्यौ, तब हामी बिच प्रेम झागियो, मौलायो ।
प्रिय मानब,
प्रेम गर्नै हुदैन भन्ने हाम्रो समाज आज बिज्ञानले कहाँ हिडाईरहेको छ। यहि मानव जातिको ईतिहासमा प्रेमका लागि एकता, द्वन्द्व, बिनास र पुन एकता सहित माया प्रेम छ र त तिमी छौ र म छु। तिमी र म भएकोले नै त हामी छौ । यसैले मानव जातिको ईतिहास, तिमी र म प्रतिको असिम प्रेमालयको सानो स्मरण पत्र तिमिलाई लेखिरहेको छु। आज प्रेम दिवसको दिन, मात्र प्रेम हुने भए यो कहानि लेख्न पर्दैन थियो। प्रेमले दिवस पर्खदैन। दिवस कुरेर गरिने प्रेम होईन। प्रेम संघर्ष हो,कायरले प्रेम गर्दैन। यसपटकलाई यति नै, अर्कोपटक प्रेमका वारेमा मजाले लेखौला । प्रेमलाई सवैको बनाउन प्रेममय भने अवश्य हुनुपर्दछ ।
उही तिम्रो प्रिय प्रेम

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->