आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मानवसेवा आश्रमको सहयोगमा सांगितीक साँझ

मानवसेवा आश्रमको सहयोगमा सांगितीक साँझ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७६, मंगलबार

बागलुङ, ६ फागुन– मानवसेवा आश्रमलाई सहयोग जुटाउन चर्चित कलाकारहरुको उपस्थितिमा सांगितीक साँझ आयोजना गरिने भएको छ ।

सबैकाागि खाना, नाना र छाना, हाम्रो चाहना भन्ने नाराका साथ स्थापित आश्रमको उद्देश्यमा सहयोग गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । गलकोट युथ गु्रपको अगुवाई र आश्रमको आयोजनामा फागुन १० गते कार्यक्रम गरिने भएको हो ।

दुवै संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सोमबार जानकारी गराइएको थियो । नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा गु्रपका अगुवा प्रकाश कार्कीले सामाजिक सेवामा आश्रमका सदस्यहरुले खेलेको भूमिका देखेर प्रभावित भएपछि कलाकारको जमघट गर्न लागिएको जानकारी दिए । गत महिना भएको बागलुङ महोत्सवमा मानवसेवा आश्रमका सदस्यले टिकट विक्रि गरेर पाएको रकमबाट आश्रममा खर्चेका थिए । उनीहरुले खाना र खाजाकालागि पाएको रुपैयाँ पनि आश्रममै खर्चेको देखेपछि सहयोगी मन आएको बताए ।

कार्यक्रममा बसन्त थापा, बिष्णु खत्री, थानेस्वर गौतम,श्रीकृष्णबम मल्ल ,लक्ष्मी मल्ल  लगायतका दर्जनबढी कलाकारले प्रस्तुती गर्नेछन् । उनीहरुले पनि आश्रमका लागि निशुल्क प्रस्तुती गर्ने भएको आश्रमकी अभियान्ता सुमिरा लामाले बताईन् । ब्राउनआईज पार्टी प्यालेसमा गरिने कार्यक्रममा संचालक मिना श्रेष्ठले हल निशुल्क उपलब्ध गराउने भएकी छिन् । जापानमा बसेका युवा देखि जिल्लाका विभिन्न व्यवसायीले पनि व्यवस्थापकीय खर्च सहयोग गरेका छन् । कार्यक्रम मार्फत बढीमा ५ लाख रुपैयाँ सम्म संकलन गरेर आश्रम व्यवस्थापनमा साथ दिने योजना समेत कार्कीले सुनाए । उक्त अवसरमा आश्रमले तयार पारेको लौरो नाटक प्रद्र्धशन गरिनेछ । कार्यक्रममा अधिवक्ता राम शर्मा, आश्रमकै सदस्य शिव केसी लगायतले अभियान बारे जानकार गराएका थिए । कार्यक्रम सनम क्षेत्रीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->