बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारको दुई बर्षे सफल कार्यकाल

सरकारको दुई बर्षे सफल कार्यकाल


  • दुर्गा भण्डारी
  • फाल्गुन ८ २०७६, बिहिबार

सरकारको दुई बर्षे कार्यकाल समग्रमा उपलब्धीमुलक रहेको छ मान्नु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हाले देखि यता मुलुकमा शुसासन कायम भएको छ । ठूलठूला भ्रष्टाचारीहरुमाथी मुद्दा चलेको छ । यति हुदा पनि झिना मसिना कुरा देखाएर दुरासयपूर्वक सरकार तथा प्रधामंत्री बिरोधीहरुले सरकारले केहि गरेन भनेर डंका पिट्नेकाम गरेका छन् । तथ्यपरक नभई आरोप लगाउने र सरकार बिरुद्ध नकारात्मक टिप्पणी प्रस्तुत गरेर आफ्ना समाचार खपत गर्ने काम भएको छ । संचार माध्यमको गैरजिम्मेवार प्रस्ुतति कै कारण आम नागरिकमा भ्रम छर्ने काम गरेको छ । मिडियामा आएका नकारात्मक समाचार र प्रस्तुतिले अन्ततः निरास र समाजलाई नै नकारात्मकता तर्फ लगेको देखिन्छ । दुई बर्षे कार्यकालमा सरकारले पहिलो वर्षलाई आधार निर्माणको बर्षको रुपमा लिएको थियो । यस बर्ष उपलब्धिको वर्षका रूपमा सरकार अघि बढेको छ । फरक पृष्ठभूमिमा बनेको बर्तमान सरकारले संघियता कार्यन्वयनका लागि ३ सय वटा कानुन्को निमार्ण र संसोधन समेत ग¥यो । २७ वटा बिधेयक संसदको चालु अधिवेशनमा पेश भएर बिचाराधिन अवस्थामा छ । यो यस्तो सरकार हो जस्ले कार्यतालिका बमोजिम यति धेरै संख्यामा कानुन्हरु निमार्ण गरेको हो । स्थानीय तह र प्रदेश सरकारका लागि कानुन बनाईएका छन् । कूटनीतिक सम्बन्ध सुधार गर्नमा पनि सरकार सफल भएको छ । छिमेक मुलुकहरुसँग सम्बन्ध सन्तुलित राख्दै आएको छ । बिगत १० बर्ष देखि भारतले नेपाली भूभागमा राख्दैै आएको भारतीय विशेष सुरक्षा क्याम्प यहि सरकारको पहलमा हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा आलीले दुई मित्रराष्ट्रहरू भारत र चीनको भ्रमण गरेपछि सम्बन्ध नयाँ उचाइमा पुगेको छ । मुलुकको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीति बनेको छ । अन्तराष्ट्रिय स्तरमा सरकारले कुटनैतिक सम्बन्ध स्थापित सफल भएकोछ । पूर्वाधार निर्माणको क्षेत्रमा यही सरकारको कार्यकालमा सुरु भएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्कीएका भौतिक ८३ प्रतिशत निजी आवासको निर्माण कार्य सम्पन्न भईसकेको छ । सांस्कृतिक सम्पदाको निर्माण तिब्र गतिमा भएको देखिएको छ । पर्सा जिल्लाका हुरीबतास (चक्रवात) पीडित करिब ६ सय घर परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गर्ने काम यो सरकारले नै तिब्रताका साथ बेलैमा सम्पन्न गरीसक्यो । आगामी आर्थिक वर्षको अन्त्यसम्म नेपाल विद्युत् निर्यातक राष्ट्र बन्न बन्नेछ । यस बर्ष मात्रै एक हजार मेघावाट बिजुली उत्पादन भएर केन्द्रिय प्रसारण लाईनमा जाडिएको छ । मेलम्ची खानेपानी परियोजना आउदो दसैंसम्म सम्पन्न हुने संकेत देखिएको छ ।
यसरी सरकारले ठूला आयोजना निर्माणमा तीब्रता दिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरु आफू मातहत सञ्चालन गर्ने र डिजिटल उपकरण मार्फत अनुगमन गर्ने संयन्त्र बनेको छ । काममा छिटो र बाधा अवरोध मुक्त बनाई सूचारु ढंगबाट संचालन गर्नका लागि गरिएको हो । तर बिपक्षी र केहि सत्तापक्ष कै ले पनि प्रधानमंत्रीले सबै अधिकार बालुवाटार मातहत राखे भन्ने आरोप लगाउछन् । सबैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने बिगतमा नै देश बिकास भइसक्थ्यो । ‘सरकारी काम कैले जाला घाम भन्ने’ उखान छ । हरेक क्षेत्रमा ढिलासुस्ती कुनै पनि काम समयमा समपन्न नहुने रोग देखिएको छ । अहिले लुम्बिनी क्षेत्रीय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको कामले तीव्रता पाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएकोछ । यहि त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयपोर्ट बनाईएको छ । एर्यपोर्टमा बायोमेट्रिक पोर्टको संचालन गरिएको छ । जसको कारणबाट पर्यटकको बसाई, उसको अवस्थाका साथै अवान्छीत गतिबिधी सबै पत्ता लगाउन सकिनेछ ।
प्रधानमंत्रीले अघिल्लो कार्यकालमा सबै तुइन बिस्तापित गरेर झोलुड्डेपुल निमार्ण गर्ने उद्घोष गर्नु भएको थियो । तुईनको ठाउमा झोलुड्डेपुल र मोटरेवल पुल निमार्ण भएको छ । उच्च आर्थिक बृद्धि हुने दशमा १६ अंकले मुलुक उकालो लागेको छ । त्यसैगरी उच्च आर्थिक बृद्धिदर भएका देश भित्र नेपाल परेको छ । गएको दुई बर्षमा दैनिक ६ किमी बाटो निमार्ण भएको छ । बिगत दुई बर्ष यता ३ सय २५ पुल निमार्ण भएको छ । यस्ले सरदर दुई दिनमा एउटा पुल निमार्ण भएको देखिन्छ । बिगतमा नागरिकका सम्पत्ति संरक्षण गर्ने मालपोत कार्यालय कम्पुटरराईड्ज नभएका कारण अस्तब्यस्त हुने गर्दथ्यो । बर्तमान सरकार कै पालामा १ सय ३१ वटा मालपोत मध्ये १ सय ८ वटा डिजिटल प्रणलीमा गएका छन् । अरु पनि हुने क्रममा छन् । त्यसैगरी १२ किमी टनेल बाट निमार्णको क्रममा छ । ब्यक्तिको नामको २६५ रोपनी सरकारी जग्गा, सरकारको नाममा ल्याउने काम भएको छ । ललिता निवास जग्गा प्रकरण काण्डमा मुछिएकाहरुलाई कारवाही गरिएको छ ।
बर्तमान सरकारको दुई बर्षे कार्यकालमा तीन बर्ष यता ६.५ प्रतिशतका दरले आथिक वृद्धिदर भएको छ । सरकारले गरीबी १.५ प्रतिशतले घटाएको छ । गरिबीको संख्या १६.५ प्रतिशतमा झरेको छ । प्रदेशको आर्थिक विकास समान खालको छ । सामाजिक सुरक्षा कार्यक्रम लागू भएर गरीबी घटाउन सहयोग पुगेको छ । समग्रमा आर्थिक गतिबिधी (बिकास) बढेको छ । उद्यमशिलता मार्फत रोजगारी सृजना गर्ने युवाहरुलाई उचित बातावरण मिलेको छ । सीप र दक्षता भएकाहरु बेरोजगार भएर बस्नुपरेको अवस्था छैन । प्रधानमंत्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाएका छन् । उत्पादनमा बृद्धि र निर्यात हुने बस्तु पनि यस वर्ष १६ प्रतिशतले बृद्धि भएको छ । तथ्याड्ढ बिभागको तथ्याड्ढ अनुसार नेपालमा २४ बर्ष पछि कै सबै भन्दा बढी आर्थिक बृद्धिदर भएको देखाएको छ । मौसमको अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले आर्थिक बृद्धिदर अघिल्लो बर्ष भन्दा ८ अर्वले बढेको हो । उत्पादनमुलक क्षेत्रमा लगानी बढ्दै गएको छ । सरकारले कृषिजन्य उत्पादनका लागि मल, बिउको उपलब्धता सरकारले गराएको देखिन्छ । फल नलाग्ने बिउमा क्ष्यतिपूर्ति दिने गरेको छ । मौसमको पनि अनुकुलताले गर्दा कृषि उत्पादन उकालो लागेको देखिन्छ । बैदेशिक रोजगारबाट आएको पैसा (रेमिट्यान्स) को पनि उत्पादनमुलक क्षेत्रमा उत्पादनमुलक क्षेत्रमा परिचालन भएको तथ्याड्ढले देखाउछ । आर्थिक बृद्धि दर बढ्नुको कारण मुलुकमा शान्ति र स्थिर सरकार गठन भएकोले हो । चिनको बुआन प्रान्तमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट त्रसित नेपाली बिद्यार्थीहरुलाई डब्लूएचओको मापदण्ड पुरा गरी ब्यवस्थीत रुपमा आफ्नै देश फर्काउन सरकार सफल भएको छ । यसरी सरकारको दुई बर्षे कार्यकालमा बिगतको भन्दा धेरै राम्रो काम भएका छन् । सरकारले गरेका केहि दिर्घकालिन आयोजनाहरुको नतिजा आउन बांकी नै छ । हामी नेपाली जनताको दुर्भाग्य नै भन्नु पर्छ राम्रो काम गर्ने नायकहरुको खुट्टा तान्ने थुप्रै खलनायकहरु हुन्छन् । जति सुकै आन्तरिक खिचातानी, हस्तक्षेप र षडयन्त्र भए पनि पार्टी भित्रैबाट सरकारलाई असफल पार्ने र सरकारको नेतृत्व फेर्ने दुष्साहस गर्नेहरुलाई नेपाली जनताले कतापी स्विकार गर्दैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->