बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कफीमा कोरोना : ४० प्रतिशतले उत्पादन घट्ने

कफीमा कोरोना : ४० प्रतिशतले उत्पादन घट्ने


  • विशन क्षेत्री
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा,९ फागुन – राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको यसवर्षको उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाई छ, ‘नौ लाख किलो फ्रेस चेरीमध्ये यसवर्ष पाँच लाख ४० हजार किलोभन्दा कम उत्पादन हुने प्रक्षेपण गरेका छौँ ।’
गण्डकीका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा अहिले कफी खेती हुँदै आइरहेको छ । मुख्य सिजनमा नै कफीमा समस्या देखिएपछि उत्पादन घट्नेमा बोर्ड चिन्तित बनेको छ ।
पुस माघ र फागुन महिना कफीको मुख्य सिजन हुन । यस समयमा कफीका दाना पाक्ने र टिप्ने समय पनि हो । तर, पछिल्ला दुई सातायता टिप्न ठिक्क परेका दाना एकाएक ओइलाएका छन् । कफीका पात ओइलाउने, मर्ने, झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखापरेको छ । यो समस्या गण्डकीमा मात्र नभई कफी उत्पादन हुने देशका २३ वटा जिल्लामा नै देखापरेको छ ।
कफी किसानहरुले प्राविधिक गुहारे । वागवानी अनुसन्धान केन्द्र (नार्क) का वरिष्ठ वैज्ञानिक युवराज भुषालसहितको टोलीलेबुधबार अन्नपूर्ण गाउँपालिका १ ढिकुरपोखरीको कफी खेतीको स्थलगत अध्ययन पनि ग¥यो ।
माछापुच्छ्रे उत्तम कफी सहकारीका अध्यक्ष कुलाधर भुगाइले दुखेसो पोखे, ‘चीनमा भाइरस आए जस्तै नेपालमा पनि कफी भाइरस आएको कारण किसानहरु समस्यामा परेका छन्, लागेको फल रातो भएर पाक्छ अनि टिपौँला भनेर बसेका किसानहरुले न फल टिप्न पाएका छन्, न बोट नै जोगाउन, फल पनि सेतो भएर सुक्ने गरेको छ, बोट पनि सुक्ने गरेको छ ।’
उक्त वडामा मात्रै ६१० रोपनी क्षेत्रफलमा कफी खेती हुने गरेको छ । संस्थागत कफी खेती यहाँ २०६३ देखि नै हुँदै आएको छ । कफी लगाउन शुरु गरेको करिव १३ वर्षको अवधिमा पहिलोपटक यो समस्या देखीएको उनले बताए ।
अघिल्लोवर्ष २० हजार कफीका बिरुवा रोपेका त्यहाँका किसानले यो वर्ष ३० हजार बिरुवा लगाएका थिए । तर, अहिले कफी खेती गर्ने किसाहरुको अवस्था दयनीय छ । कफीको बीमा पनि छैन् । बीमाको लागि पाँचसय बगान हुुनपर्ने भनेपछि त्यहाँ किसानहरुले बिमा पनि गर्न पाएनन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरी भन्छन्, ‘यस बर्षको अत्यधिक चिसोको कारण १ महिना अगाडी बाट व्यावसायिक कफी खेती हुँदै आएका २३ भन्दा बढी जिल्लामा कफीको पात ओइलाने, पात हरियोमनै झर्ने, हाँगा सुक्दै जाने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या आक्रामक रुपमा देखा परेको छ ।’
अध्ययन पछि टोलीले यसलाई कफीको कोरोनासँग तुलना गरेको छ । रोगले उत्पादन ५० प्रतिशत घटाएको छ ।
गतसिजन यही समयमा एकलाख किलो कफी उत्पादन गरेको स्याङजाले अहिले यही समयमा जम्मा एकहजार किलो मात्रै उत्पादन गरेको बोर्डको तथ्यांक छ । बोर्डका अनुसार गण्डकी प्रदेशमा मात्रै वार्षिक २ लाखको संख्यामा कफी नर्सरी बिरुवा उत्पादन हुन्छन् । तर, कफीमा देखिएको यस प्रकोपका कारण एक लाख बिरुवामा क्षति पुगेको छ ।
कफीको फरक जात, भएका कारण पनि प्रकोप देखिएको हुनसक्ने उनको तर्क छ । उत्पादनमा व्यापक गिरावट आउने भएका कारण यो वर्ष कफी संकट वर्ष नै घोषणा गर्नुपने उनको भनाई छ ।
अध्ययन टोलीले मौसमी प्रभावका कारण समस्या आएको हुनसक्ने औल्याएको छ । विशेष गरि छहारी कम भएका कफीका बोटहरुमा चिसोले समस्या परेको विज्ञहरुको भनाई छ ।
बागवानी अनुसन्धान केन्द्र पोखराका प्रमुख युवराज भुषालले अत्यधिक चिसो र तातोले समस्या भएको बताए ।
उनले किसानहरुलाई प्राविधिकले नाइट्रोजनयुक्त प्रांगारिक मल प्रयोग गर्न सुझाव पनि दिए । ‘मरेका हाँगा तथा बोट काटी बोडऱ्ो पेस्ट लगाउने र बोटमा एक प्रतिशतको बोडऱ्ो मिश्रण स्प्रे गर्न सुझाव दिइएको छ, तत्काल कफी बोटहरुमा नाइट्रोजनयुक्त प्रांगारिक मल राखी सिंचाई गर्न भनेका छौँ’ उनले भने ।
गण्डकीका स्याङजा, तनहुँ, कास्कीसहित नौ जिल्लामा अहिले कफी खेती हुँदै आएको छ । यहाँ करिब १००० हेक्टरमा कफी बिस्तार भएको छ जसबाट १५० मेट्रिक टन ग्रिन बिन उत्पादन भएको तथ्यांकले देखाउँछ ।
नेपाली कफीको माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा करिब १४,००० मेट्रिक टन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->