शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोरियाका ४० हजार नेपाली कोरोना भाइरसको जोखिममा

कोरियाका ४० हजार नेपाली कोरोना भाइरसको जोखिममा


  • Dhorpatan News
  • फाल्गुन ११ २०७६, आइतबार

काठमाडौं,११ फागुन -दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिव ४० हजार नेपाली जोखिममा परेका छन्।दक्षिण कोरिया स्थित नेपालको राजदुतावासले गत फेब्रुअरी ६ मा कोरोना भइरसबाट सचेत हुन सूचना जारी गरेको थियो। इपिएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले भने भाइरसको संक्रमण बढेपनि राजदुतावासले कुनै पत्राचार नगरेको जानकारी दिए।हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेको खनालले बताए।
‘यो सरकारले सोच्ने विषय हो हामीले केही गर्न सक्दैनौ। संक्रमण फैलिएको धेरै दिन भएको छैन। सरकारले यस बारेमा सोच्दै होला,’ खनालले सेतोपाटीसगँ भने।

हालसम्म समय तालिका अनुसार नै नेपाली कामदार दक्षिण कोरिया गइरहेको उनले जानकारी दिए।‘पछिल्लो २ ओटा ग्रुपलाई हामीले स्वास्थ्य परीक्षण गराएर पठाएका छौं। अर्को ग्रुप १९ गते जादैंछ,’ उनले भने।यो विषयमा विभागले छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।
‘हामी आन्तरिक छलफलदेखि दक्षिण कोरियाको मानव संसाधन विभागसगँ छलफलमा छौं, संक्रमण भएको स्थानमा कति नेपाली छन् त्योबारे पनि छलफल गर्दै छौ। सोही बारेमा के गर्ने छिट्टै टुङ्गो लाग्छ,’ उनले भने।

१९ गते दक्षिण कोरिया जान लागेको टोलीलाई जान दिने कि रोक्ने भन्नेबारे पनि सकेसम्म आजै निणर्य हुने दाहालले जानकारी दिए।हाल दक्षिण कोरियामा कोरोना भाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जानामा संक्रमण फैलिएको छ।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->