काठमाडौं,११ फागुन – पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।





