बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको मूल्य अहिलसम्मकै उच्च

सुनको मूल्य अहिलसम्मकै उच्च


  • Dhorpatan News
  • फाल्गुन ११ २०७६, आइतबार

काठमाडौं,११ फागुन –  पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->