बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिमलचौर मार्गमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुँदै

सिमलचौर मार्गमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुँदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७६, मंगलबार

पोखरा,१३ फागुन – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए । यस पटकको महोत्सव सडकमा आयोजना गरिने उनले बताए । पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिनेछ । स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको तिमिल्सिनाले जानकारी दिए । जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायत टोलबासीको भेलाबाट समर्थन लिइ मेला सडकमा गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए ।
महोत्सवमा १६ वटा रेस्टुरेन्टका र अन्य प्रयोजनका १० गरि २६ स्टल रहने आयोजकले जनाएको छ । मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ । महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति ,पप कन्सर्ट ,हास्य कलाकारको प्रस्तुति ,ढिडो खाने प्रतियोगिता ,कृषि प्रदर्श्नि ,रत्यौली प्रतियोगिता लगाएत का सास्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि विभिन्न उपसमिति बनाएर तैयारि तीब्र पारिएको महासचिव जीवन दाहालले जानकारी दिए । २० लाख खर्च हुने फेस्टिवल बाट २० लाख ५० हजार आम्दानी हुने दाहालले बताए । बचेको रकमबाट पर्यटन प्रवर्द्धन र विभिन्न सामाजिक कार्य गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->