आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा क्षेत्रीय विमानस्थल निर्माण: डाँडो काट्ने तयारी पूरा

पोखरा क्षेत्रीय विमानस्थल निर्माण: डाँडो काट्ने तयारी पूरा

वनले लगत निकालेर नापीले चिह्न लगाएर सिभिल एविसियनलाई पत्र लेखेपछि रुख काट्न पाइने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७६, आइतबार

पोखरा, १८ फागुन – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काट्ने तयारी अन्तिम चरणमा पुगेको छ । विमान उडान र अवतरणमा समस्या पार्ने भएपछि उक्त डाँडो काटिन लागेको हो ।
डाँडो कटानको लागि वातावरणीय प्रभाव मूल्यांकनलगायत डाँडो कटानका लागि आवश्यक सबै तयारी भइसकेको छ । पोखरा १७ बाँनियापाछामा रहेको उक्त डाँडो (रिट्ठेपानी)३ सय ८१ रोपनी क्षेत्रफलमा फैलिएको छ । २२ जना व्यक्ति र मानव सेवा आश्रमको नाममा १ सय ३८ रोपनी जग्गा रहेको छ भने बाँकी सरकारी स्वामित्वमा छ । स्थानीय आफै अग्रसर भएपछि असारबाटै डाँडो काट्ने तयारी सुरु गरिएको थियो । डाँडो कटानको लागि सबै तयारीहरु पूरा भइसके पनि माटो राख्ने ठाउँ नपाएपछि काम रोकिएको थियो ।
सो डाँडो काट्ने अभियानमा लागि रहेका स्थानीय गोविन्दराज तिमिल्सिनाका अनुसार डाँडो कटानका लागि वनको कामबाहेक अरु काम सकिई सकेको छ । ‘वनको काम हामीले प्रक्रिया गरेर नहुने रहेछ, नागरिक उडड्यन प्राधिकरणले वनलाई पत्राचार गरिसक्यो, वनले पनि नापीलाई पत्राचार गरेर मात्रै हामीले काम अघि बढाउँन सक्छौँ’, उनले भने ।
वनले लगत निकालेर नापीले चिह्न लगाएर सिभिल एविसियनलाई पत्र लेखेपछि रुख काट्न पाइने उनले सुनाए । सामान्यबाहेक अरु रुख काट्न वन विभागबाट अनुमति लिनपर्ने उनले बताए । नापीले काटिनुपर्ने रुख कति भनेर छुट्याई सकेपछि काम सुरु गर्ने उनले जानकारी दिए । ‘कति रुख काट्ने भनेर चिह्न लगाई दिइसकेपछि काम सुरु गर्छौँ । टेक्निकल काम सकिएपछि काट्न सुरु भई हाल्छ,’ उनले भने । डाँडो कटान गर्दा माथिबाट माटा÷ ढुंगा तल नझर्नेगरि व्यवस्था मिलाएको उनले जानकारी दिए ।
डाँडो कटानको लािग अर्को मापदण्डमा कन्ट्रोल पोइन्ट पनि रहने उनले सुनाए । कन्ट्रोल पोइन्टलाई पनि सरकारी नियमअनुसार अर्को ठाउँमा राख्नुपर्ने हुन्छ । कन्ट्रोल पोइन्ट हटाउनको लागि सिभिल एविसियनले नापी विभागलाई पत्राचार गरेको उनले बताए । उनका अनुसार एअरपोर्टले नापी पोइन्ट बनाउनुपर्ने हुन्छ । कन्ट्रोल पोइन्टको लागि एक पटक सर्वे भइसकेको छ । एअरपोर्टले कन्सल्ट्यान्टलाई भनेर फाइनल गरेको र पोइन्टहरु नापीमा पठाई सकेको हुनाले काम छिटो अघि बढ्ने उनले सुनाए । कन्ट्रोल पोइन्ट(कति काट्ने, कसरी काट्ने, के आधारमा काट्ने )टेक्निकल कुरा इन्जिनियर र नापीका हाकिम बसेर कुरा गरिसकेको र कति व्यक्तिको नाममा छ ? कति सरकारको नाममा भनेर चिन्ह लगाएर रुख कटानको लागि मन्त्रालयबाट अनुमति लिई सकेपछि रुख काटिने उनले सुनाए । डाँडो कटानका लागि ३, ४ चरण बैठक बसेर कुरा ट्ंगोमा पु¥याइएको उनको भनाई छ । उनका अनुसार वनमा सरकारी मापदण्ड लाग्ने रुख नभेटिएकाले पनि काम छिटो अघिबढ्ने छ ।
डाँडो कटानबाट निस्केको माटो निर्माणधिन विमानस्थलमा ३, ४ लाख घनमिटर लैजाने भनिएकोमा पहिलो .चरणमा १० हजार घन मिटर मात्रै लगिने सहमति भएको उनले सुनाए । ल्यावमा माटो चेक गर्दा एउटा रातो माटो अर्को ग्राभेल माटो पाइएको उनले बताए । ‘बाँकी माटो पनि हामीसँग लिने भन्ने कुरा हो । तर चिनियाँ पक्षबाट निर्णय आउन ढिला भएको छ, कहिले यति काम सकेर लिन्छौं, कहिले के भनेर टारिरहेका छन्,’ उनले भने । चिनियाँले कोरोना भाइरस लगायतका समस्या देखाएर अल्झाइरहेको पनि उनले बताए ।
बर्खा लागेपछि काम गर्न गाह्रो हुने भएकाले बर्खाभन्दाअघि केही काम गर्न पाए बर्खा लागेको बेलामा पनि काम गर्न सकिने आफूहरुले योजना बनाएको उनले सुनाए । उडान गर्न मिल्ने गरि डाँडो काट्दा १० लाख ७० हजार घनमिटर माटो निस्किने छ । महानगर लगायत कर तिर्नुपर्ने ठाउँमा माटो बेचेरै आएको रकमबाट तिर्नेगरि डाँडो कटानको काम स्थानीयले लिएका हुन् ।
निर्माण कार्य लक्ष्यभन्दाअघि नै सकेर उडान भर्ने योजनासहित काम थालेको विमानस्थल आयोजनामा, जग्गा अधिग्रहण लगायतका काममा विवाद हुँदै आएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण चीनबाट आउनुपर्ने करिब १ सय कामदार पनि रोकिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->