बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

साहित्यको उत्थानमा जोड

साहित्यको उत्थानमा जोड


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७६, आइतबार

बागलुङ, १८ फागुन – जिल्लामा दर्ता भएका संस्थाहरुले साहित्यको उत्थानमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको बागलुङका साहित्यिक संस्थाबारे समीक्षात्मक गोष्ठीको अबसरमा वक्ताहरुले साहित्यलाई कविता र गजलको रुपमा मात्र बुझ्न नहुने समेत सुझाव दिए । भाषा र साहित्यको बिकास नभएमा समाजको बिकास पनि संभव नहुने भन्दै सहभागिले साहित्य भित्रका सबै बिधाको लेखन, क्षमता बिकास र आम मानिसलाई जागरण ल्याउने काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस नेपाली शिक्षण बिभागका प्रमुख डा. दिनबहादुर थापाले प्रविधिले जित्न थालेकोले नेपाली भाषा ओझेलमा परेको बताए । नेपाली भाषा ओझेल पर्दा साहित्य पनि ओझेल परेको टिप्पणी गरे । उनले साहित्यको संरक्षणका लागि नेपाली भाषा, पत्रकारिता र आम संचारका माध्यमहरुको अधिकतम उपयोग गर्नुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा धौलागिरी बाङमय प्रतिष्ठानका अध्यक्ष लालचन्द्र राजभण्डारीले लेखन क्षेत्रको बिकासका लागि सबैले चासो बढाउनुपर्ने बताए । सयपत्री एफएमका अध्यक्ष जगन्नाथ आचार्यले लुकेका प्रतिभाहरुको उजागर गर्ने र साहित्य भित्र आख्यान लेखन देखि सबै प्रकारका बिषयको समान उठान र प्रचारमा सबैले चासो राखेमा सहित्य बिकास हुने बताए ।

बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापा अविरलको स्वागत र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, साहित्यकार गुणराज पौडेल, काजी गाउँले श्रेष्ठ, सिर्जना कार्की, पत्रकारहरु कोपिला कंडेल, नविन शिषिर, प्रकाश बराल, डम्बर बुढा, राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->