आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भ्रमण वर्ष २०२० स्थगित, २०२२ लाई घोषणा गर्ने प्रस्ताव

भ्रमण वर्ष २०२० स्थगित, २०२२ लाई घोषणा गर्ने प्रस्ताव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७६, आइतबार

काठमाडौं, १८ फागुन – कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए। ‘कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो। त्यसैक्रममा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी ती मन्त्रीले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->