बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बामदेवको अति महत्वकाँक्षाले पाटीमा क्षति

बामदेवको अति महत्वकाँक्षाले पाटीमा क्षति


  • कृष्ण प्रसाद शर्मा
  • फाल्गुन २१ २०७६, बुधबार

संगठनका हिसाबले,आचरणका हिसाबले, काम गराईका हिसाबले तात्कालिन एमाले तुलनात्मक रुपमा अरु पाटी भन्दा ठीक थियो। कुनै बेला बामदेवले महत्वकाँक्षाले पाटी फुट्यो। फुटेको पछिको पहिलो चुनाव प्रचारको क्रममा पोखरा जस्ता शहरको प्रचार शैली र दृष्य हेर्दा मालेले राम्रो गर्छ भन्ने देखिन्थ्यो तर नतिजा भने शुन्य भयो। शान्ति प्रकृयाका लागी बामदेव गौतमले माओबादी सगँ धेरै पटक देशका कुना कुनामा गएर भेटेको कुरा उनी आँफै भन्छन् भने तात्कालिन माओबादीका बिद्यार्थी नेताहरूलाई नमार्न बामदेवले सैनिक सगँ अनुरोध गरेका कारण आँफुहरू बाँचेको कुरा माओबादीका तात्कालिन विद्यार्थी नेताहरूले अनौपचारिक कुराकानीमा भन्ने गरेको पनि सुनिन्छ। हुन त बामदेव एमालेमा हुँदा पनि उनको शरिर एमालेमा मन माओबादीमै थियो भन्ने कुरा उनका पटक पटकका अभिव्यक्ति एवं कृयाकलापले देखाउँदथ्यो। एमाले र माओबादी एकता पुर्व काँग्रेस सगँ सत्ता गठबन्धन गर्दा ताकाका माओबादीका ति भनाईहरू सम्झँदा माओबादीको आजको पोजिसनले अचम्म बनाउँछ।

तात्कालिन एमालेमा माओबादी बारे हुने छलफलका सूचनाहरू उपलब्ध गराउन प्रचण्डको आग्रह बामदेवले स्विकारे। प्रचण्डले माओबादी बिघटनको संघारमा पुगेकोले अवतरणको खोजीमा बामदेवले राम्रै भुमिका खेलेका कारण अहिले नेकपा बन्यो। हुन त आफ्नो गुट शक्तिशाली बनाउन माधव कुमार नेपाल पनि प्रचण्डलाई आफ्नो बनाएर पाटी भित्र स्थान खोजी राख्ने मान्छे हुन ।जसको उदाहरण अहिलेको प्रचण्ड(बामदेव (नेपालको नेक्सस हो। यो जालोले अब केपी ओलीको बिकल्प खोज्ने कुराको बातावरण बनाउने भित्री योजनाको पहिलो सन्देश संविधान संसोधनको कार्यदल गठनले गर्दछ।

हुन त संविधान संधोधन बेमौसमी बाजा भएको कुरा पाटी भित्रैबाट आएकोछ भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जीले चुनावका बेला हामी के भनेर चुनाव लडेका थियौं सम्झन आग्रह गरेका छन्।अरु दुई प्रभावशाली नेताहरू रघुवीर र सुरेन्द्र पाण्डेले जनताले पराजित गरेका व्यक्तिलाई संविधान संसोधन मार्फत लैजाने कुरा नाजायज रहेको बताई सकेका छन् ।तर अर्को अध्यक्ष प्रचण्ड भने प्रमले पाटीको निर्णय मान्नु पर्ने र पाटीले बामदेवलाई राष्ट्रिय सभामा लागिने कुरा भएको भनिरहेका छन्। अवसरलाई छोपी हाल्ने समाजबादी पाटीले संविधान संसोधन नगरेको निहुमा सरकार छोड्यो। खासमा संविधान संसोधन गराउन उपेन्द्र यादब गएका थिएनन्। बाबुरामको चरम दबाबका कारण सरकारबाट बाहिरिए। केपी ओलीले संविधान संसोधन गरेर सच्चाउनु पर्ने केही छैन भनेर पटक पटक स्पष्ट बिचार राखेका थिए। अब अहिले माधव नेपालको संयोजोकत्वमा संविधान संसोधन कार्यदल बनाएर पुन बामदेवले पाटीका कार्यकर्ता एवं जनतामा निरास बनाएका छन्।तर कार्यदल गर्भमै तुहिएको छ। कार्यदलका एक सदस्य सुवास नेम्वाङजीले आँफु कार्यदलमा नबस्ने र अरुलाई पनि नबस्न भने पछि अवस्था थप तरङगिएकोछ।

बेला बेलामा बिबादमा आउने बामदेव अति महत्वकाँक्षी रहेको यो पटकको कुराले पनि देखिन्छ। कास्कीबाट चुनाव जितेका प्रभावशाली नेता स्व।रबिन्द्र अधिकारीका ठाउँमा उठ्ने वातावरण गर्दै थिए। व्यापक जनदबाब आए पछि नउठ्ने धोषणा गरेका थिए। उनलाई बर्दियामा जनता नो भनेर हराए पछि पनि पटक पटक उनी संसदमा मात्र होईन सत्तामै पुग्ने सोचका साथ आफ्ना भनाई राख्दै आएका छन्। अहिले पनि कतिपय सच्चा कार्यकर्ताले यो कदम बेठीक रहेको बताएका छन्। गत महिना उनले एक पत्रिकामा देशका लागी अब आँफु प्रम हुन जरुरी रहेको भनेर भनाईराखेका थिए।पटक पटक पाटीलाई बिबादमा ल्याउने अभिव्यक्ति दिने बामदेवलाई प्रचण्डले प्रम बनाउने बचन दिएको कुरा उनी आँफै भनिराखेका छन्पाटीमा अहिले महरा, बाँस्कोटा काण्ड चलिरहेकोछ। अहिले पाटीमा आएका यस्ता घटनालाई भोली आउन नदिन कसरी सुध्रिने भन्ने बहस अवश्यक भएका बेला बामदेवलाई प्रम हुने ठुलो भूत सवार भएकोछ।

बामदेवका लागी सिङगो पाटी सति जान दिने कि नदिने सम्पुर्ण कार्यकर्ता एवं नेताहरूले सोच्न जरुरी छ। उनि बिना संसदमा र सरकारमा के खट्केकोछ। उनि पनि टेस्टेड नै हुन ।उनि गएर कहाँ कायापलट हुने देखिन्छ रु
व्यक्तिगत रुपमा बामदेवलाई प्रम बनाउने प्राथमिकताको कुरा हो कि जनताले गरेर देखाउ भनेर दिएको मतलाई बिकासमा रुपान्तरण गर्ने यो सोचको बिषय हो। नेकपालाई भोट दिने सबैले एउटै आशा गरेका थिए। नौ महिना मात्रै चलाउन पाएको त्यो अल्पमतको सरकारले ल्याएको परिवर्तनका ठाउँमा अब दुई तिहाईले गर्न पाउँदा कति धेरै परिवर्तन होला तर सरकारलाई भने पाटी भित्रैको जालोले उम्कन गाह्रो भएकोछ।

बामदेव आँफु एक्लैले यो खालको चलखेल गरेका छैनन्। उनलाई पटक पटक प्रयोग गरिएकोछन् तर माधव नेपाल महासचिव हुँदा पाटी कहाँ थियो पछि केपी ओली आए पछि पाटीको अवस्था कस्तो पुग्यो यो हेर्न जरुरी छ। केपी ओलीले पाटीको निर्णय मान्नै पर्ने प्रचण्डको भनाई छ तर पाटीले जे भन्छ त्यो मान्ने हो भने भोली पराजित सबैका लागी पाटी भर्तिकेन्द्र हुन सक्छ। केपी ओलीले लिने कतिपय कदम बिबादस्पद पक्कै होलान तर बामदेव जस्ता अस्थिर मान्छेलाई चोर बाटोबाट लैजाउनु त्यसमा पनि अर्थमन्त्री रहेका युवराजको ठाउँमा लजास्पद नै हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->