बागलुङ, २२ फागुन – जिल्लाको गलकोट-५, टेउवामा आयोजित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यतासहितको प्रमाणपत्र पाएको छ । गण्डकी प्रदेशमै पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागि कार्यशालाले अन्तराष्ट्रिय स्तरको मान्यता पाएको हो । मुर्तिकारहरुको अन्तराष्ट्रिय संस्था एआइइएसएमले कार्याशालालाई मान्यता दिएको हो । बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । कार्यशालाले अन्तरर्राष्ट्रियस्तरको मान्यता पाएसँगै यसको गरीमा थप बढेको कार्यशालाका अभियन्ता तथा मूर्तिकार ओम खत्रीले बताए ।





