काठमाडौं, २३ फागुन – सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन प्रतितोला १८ सयले बढेको हो । आज सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।





