बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरोनाको मिडिया त्रास

कोरोनाको मिडिया त्रास


  • दुर्गा भण्डारी
  • फाल्गुन २९ २०७६, बिहिबार

सन् २०१९ डिसेम्बर महिनाको अन्त्यतिर चीनको हुवेई प्रान्तको बुआन शहरबाट शुरु भएको नोवेल कोरोना भाईरस (कोभिड –१९) को संक्रमण अहिले सम्म संसारका ११९ देशमा फैलिएको छ । कोरोना भाईरस बिरुद्धको खोप अहिलेसम्म बन्न सकेको छैन । चीनले निकट भबिश्यमा बनाउने दाबी पनि गरेको छ । अहिले सम्म संसारभर कोरोना भाइरस भएपछि मृत्यु हुनेको संख्या २ प्रतिशत र संक्रमित भई निको हुनेको संख्या ९५ प्रतिशत रहेको छ । चीनको बुआनमा मात्रै संक्रमित मध्ये ७० प्रतिशत निको भएर फर्किएको चिनियाँ संचार माध्यमले जनाएका छन् । कोरोना भाइरसको कारण संसारभर बिशेष गरी चीनको अर्थतत्रमा धेरै प्रभाव पारेको देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा पश्चिमा मुलुकहरुले बिभिन्न अड्कलबाजी गरेर चीनले लापरवार्ही गरेको आरोप लगाए । ती मुलुकहरुले चीनलाई असहयोग खुच्चिङ पनि मच्चाए । चीनमा कोरोना फैलिँदै गर्दा पश्चिमा मुलुकका मिडियाहरुले कोरोनाको सन्त्रास बढी फैलाए । अहिले अमेरिका र युरोपका धेरै मुलुकमा फैलिएको छ । इटली तीन हजारको संख्यामा मृत्यु भएको छ भने डेढकरोडमा सक्रमण देखिएकोले होम क्वारेन्टाइनमा बसेका छन् । बेलायतमै स्वाथ्यमन्त्री स्वयं पनि कोरोनाबाट संक्रमित भएकी छिन् । त्यसैगरी ५ जनाको मृत्यु र ३ सय ३२ जनामा संक्रमण देखिएको छ । कोरोना भाईरसलाई पश्चिमा मुलुक, भारत र चीन बिरोधी मिडिया तथा सामाजिक संजालले अतिरन्जनापूर्ण प्रचार पनि गरे । कतिपयले संक्रमितहरुलाई गोलीहानेर मारियो भन्ने जस्ता कुप्रचार गर्न पछि परेनन् । पश्मिा मिडियाले त उदाउँदो चीनको अर्थतन्त्र ओरालो लागोस भनेर अनावश्यक प्रचार गरे नै । नेपाली मिडिया पनि त्यो प्रबृतिबाट अछुतो रहेन । नेपालका प्राय ः मिडिया र केही सामाजिक संजालहरुमा कोरोना भाइरसलाई भयावह बनाइयो ।
यसको उदाहरण बुहानबाट सरकारले उद्धार गरेर ल्याएका एक सय ७५ जना नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा १४ दिन क्वारेन्टाइनमा राखिएको थियो । त्यो बेला त्यहाँ राख्न नदिन त्यहाको स्थानीय कांग्रेस पार्टीले बिरोधसहित स्थानीय समेत उचालेको थियो । त्यसको श्रेय पनि नेपाली मिडियालाई नै जान्छ । नेपाली कांग्रेस सस्तो जिम्मेवार पार्टीले भक्तपुरको क्वारेनटाइृनमा राख्न नदिनकालागि असहयोग ग¥यो प्रहरीले बल प्रयोग पनि गर्नुपरेको थियो । कांग्रेसले बिज्ञप्तीसमेत निकालेको थियो । अफ्ठेरो अवस्था कसलाई आउदैन र ? दोस्रो घटना क्वारेण्टाइनमा बसेकाहरुबाट भाइरस सर्छ भनियो । हावाबाट पनि भाइरस सर्छ भनेर हल्ला चलाइयो । मिडियाले केसम्म लेख्न भ्यायो भने, स्थानीयहरु ताला लगाएर आफन्तकोमा बस्न गए भनेर लेखियो । तर त्यो भ्रम रहेछ । स्थानीयले होइन, मिडियाले चलाएको । दिउसोको समयमा सबै काममा जाने भएकाले स्थानीय बासिन्दाको घरमा ताला लगाइएको थियो । मिडियाले जनचेतना जगाउनु पन्दा बढी त्रास फैलाएको देखिन्छ । कोरोनाको संक्रमण ब्यक्तिलाई मिडियालाई बढी लागेको देखियो । भयाभह अवस्था बनाए पछि बजारमा माक्सको अभाव, खाद्यान्नको अभाव ग्याँसको अभाव बढ्यो । कालोबजारी गर्नेले बढी मौका पाए । केहि पनि पाइँदैन भन्दै उपभोक्ताले सबै सामानको स्टक राख्न थाले । व्यापारीहरुले लुकाएर महंगोमा बेच्ने मौका पाए । नेपाल भ्रमण वर्ष सुर भएको थियो कोरोनाको कारण पर्यटकको संख्या घट्यो । नेपाललाई विश्वास गरेर थोरै संख्यामा भ्रमण गर्न आएका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु पर्ने जस्ता समाचारले झनै तनाव बनाएको देखिन्छ । यसले मिडियाको अपरिपक्वता प्रर्दशन गरको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा तापक्रम नाप्न जडान गरिएको थर्मल स्क्यानरले स्क्रिनिङ गरेपछि हुने कुरामा अनावश्यक त्रास बढाएको देखियो । २÷३ दिन अथवा हप्तादिनका लागि आउने बिदेशी त्यसमा पनि ताक्रम ठिकै भएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्छन् ? उनिहरु घुम्ने रमाइलो गर्न आएका हुन् कि क्वारेन्टाइनमा बस्न ? मिडियाले जहिले पनि जुनसुकै बेला पनि सनसनीखेज बनाएर पाठक बढाउने हो कि सामाजिक उत्तरदायित्वको भावना राखेर संकटका बेला नागरिकलाई धैर्य गर्न सिकाउने हो ? वर्षौको इतिहास बोकेका छापा माध्यममा समेत गैरजिम्मेवार प्रस्तति दिएकाछन् । एउटा पत्रिकाको सम्पादकीयमा सरकारलाई दोष दिए फेलियर बनाउन केसम्म लेख्न भ्याए भने ‘कसैलाई संक्रमण नै नभएर हो या पहिचान हुन नसकेर, कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विश्वभर फैलिसक्दा पनि नेपालमा अहिलेसम्म एक जना मात्र संक्रमित भेटिएका छन् ।’ बिश्वमा धेरै भए भने नेपालमा पनि बढ्नु पर्ने हो र ? त्यसैगरी माघको पहिलो साता चीनको वुहानबाट फर्किएका एक संक्रमित व्यक्ति पनि अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भनेर लेखिएको छ । यसमा त सक्रमित छैनन भनेर गर्व गर्नुपर्ने हैन र ? यो केही थान मिडियाको पूर्वाग्रही सोच हो । मुलूक र नागरिकको हित बिरुद्धको कार्य पनि हो ।
विश्वभर फैलिएको कोरोना मिडियाका कारण पनि झन त्रास फैलियो । विश्वमा आर्थिक गतिविधिमा मन्दी आएको छ । जसको प्रभाव नेपालमा पनि पर्नेछ । बैदेशिक रोजगारीमा जाने नेपालीहरु फिर्ता आउनुपर्ने अवस्था वा क्वारेनटाइनमा बस्नुपर्र्ने अवस्था आयो भने रेमिटान्स घट्नाले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जान्छ । युएइमा दुई नेपालीलाई कोरोना संक्रमण भएपछि नेपालीहरुलाई कतारले श्रम स्विकृति स्थगित गरेको छ । इरानमा कोरोना संक्रमितको संख्या बढी छ । इरानको कारणबाट खाडी मुलुकमा रोजगारी गर्ने नेपालीहरुमा संक्रमण सर्नसक्छ । त्यसैगरी दक्षिण कोरियामा पनि रोजगारीका लागि गएका नेपालीहरु धेरै नै छन् । विश्वका अरु मुलुकमा पनि धेरै ठाउमा खेलहरु रोकिएका छन् । विश्वकप छनौट लिग स्थगित भयो । त्यसैगरी आयोजना भएका खेलहरुमा पनि रंगशालाहरु खालि खाली भएका छन् । कोरोना भाइरस एकै पटकमा धेरै जनामा फैलिने र थाहा नपाउने जुनसुकै (हावा बहेक) माध्यमबाट कटन, मेटल, प्लाष्टीक बाटसमेत सर्ने भएकोले सरसफाईमा ध्यान दिनु बाहेकको विकल्प छैन । आफ्नो शरीर, हात, कपडा घर अफिस सबै सफा राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->