बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी अन्नपूर्णको विशेष गाउसभा : साढे तीन करोड बजेट थप

म्याग्दी अन्नपूर्णको विशेष गाउसभा : साढे तीन करोड बजेट थप


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७६, शनिबार

म्याग्दी, १ चैत – जिल्लाको अन्नपूर्ण गाउपालिकाले शुक्रबार बिशेष गाउसभा गरी चालु आर्थिक वर्ष २०७६÷७७ का लागि साढे तीन करोड रुपैयाँ बजेट थप गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५ रुपैयाँ विभिन्न ३९ वटा योजनामा बिनियोजन गर्ने निर्णय गरेको हो ।
गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको आल्या बजेटबाट थपिएका र २४ वटा शिर्षकान्तर गरिएका योजना तथा कार्यक्रमको प्रस्ताव गाउसभामा सहभागि सदस्यहरुको छलफलपछि पारित भएको हो ।
गत असारमा भएको गाउँसभाबाट १६९ वटा योजना तथा कार्यक्रमका लागि ७ करोड २२ लाख ९८ हजार ४२५ रुपैया बजेट बिनियोजन भएको थियो । सो बजेटमा अल्या बजेट थप भएको हो । यसैगरी संघीय र प्रदेश सरकारमा माग गरिने ४० वटा भन्दा बढी योजनाहरुको प्रस्ताव समेत गाउसभाले पारित गरेको छ ।
गाउपालिकाका अध्यक्ष पुनले लोक सेवा आयोगले गत पुषमा नयाँ लेखा अधिकृत र लेखापाल पठाएपछि अन्या बजेट पहिचान गरेर चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए । लेखा, प्राबिधिक र प्रशासनिक कर्मचारी अभावमा प्रभावित भएको प्रशासनिक, आर्थिक र पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रमहरु नयाँ कर्मचारीहरु आएकाले अब तिब्रताका साथ कार्यान्वयनमा लैजाने वताए ।
बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन कर्मचारी, प्राबिधिक, जनप्रतिनिधि सबै जना सक्रिय भएर लाग्न आग्रह गरे । कर्मचारी समायोजन भएपछि कार्यरत कर्मचारी सरुवा भएर गएपछि पुष महिनासम्म ठप्प जस्तै भएको गाउपालिकाको काम नयाँ कर्मचारीहरु आएपछि बल्ल कार्यान्वयन सुरु भएको अध्यक्ष पुनले बताए । गाउपालिकाका उपाध्यक्ष मगरले अबको चार महिनामा उपलब्धि देखिने र बजेटको सदुपयोग हुने गरि योजना कार्यान्वयनमा जुट्न आग्रह गरिन । आवधिक योजना र गुरुयोजना तयार पारेर ठूला आयोजना भित्र्याउन पहल गरिने उपाध्यक्ष मगरले बताइन ।
प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले प्रशासनिक सेवा प्रवाहलाई सहज र सरल बनाइने बताए । उनले बजेट खर्च हुने तर उपलब्धि नुहने टुक्रे योजना भन्दा पछि ठूला बजेटका महत्वपूर्ण योजनालाई ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
कार्यक्रममा गाउसभाका सदस्यहरुले प्रस्तुत बजेट, योजना तथा कार्यक्रम र गाउपालिकाको समस्याको बारेमा टिप्पणी, सुझाव र गुनासाहरु व्यक्त गरेका थिए । दोवाका वडा अध्यक्ष दिलीप गर्बुजाले कार्यपालिकाले गरेका निर्णयको ब्यक्तिगत स्वामित्व लिने प्रवृतिले समस्या र जनतामा भ्रम पैदा गरेको बताए ।
हिस्तानका वडा अध्यक्ष टिका घताने र माया पुनले गुरगुरे–बैसरी मोटरपुल अलपत्र परेको, लेखा समिति गठन गर्ने अघिल्लो गाउसभाको निर्णय कार्यान्वयन नभएको, दोसल्लेको सिचाई समस्या र सुन्तलाको जुस बनाउने योजना आवश्यक रहेकोमा ध्यानाकर्षण गराए । राम्चेका वडा सदस्य देवकुमारी खोरजा पुन र गेममाया पुनले गाउँसभा सदस्य तथा विषयगत समितिहरुको भूमिका बढाउनुपर्ने, कृषिका योजनालाई प्राथमिकता दिनुपर्ने, फलामेडाडा–नागी–राम्चे सडक ओझेलमा परेको, गर्भवति महिलाहरुलाई लक्षित गरेर स्थापित कोषबाट सुबिधा पाउन नसकेको विषयमा ध्यानाकर्षण गराइन । हिस्तानका वडा सदस्य हर्कबहादुर पुनले झोलुङ्गे पुल हेरालुको बजेट कटौति भएकोमा ध्यानाकर्षण गराउदै पालिकाबाट उनिहरुलाई थोरै भएपनि बजेट ब्यवस्थापन गर्न माग गरे । उनले अन्नपूर्ण गाउपालिकामा रहेका नारच्याङ पञ्चकुण्ड, खयर, प्यारीबाराही, नांगीबाराही लगायत ताल हरुलाई अभिलेखिकरण गराउन माग गरे ।
वडा सदस्यहरु दोवाका अमृत गर्बुजा, भुरुङ्ग तातोपानीका बुद्धी पुन र बिरबहादुर पौडेल, दानाका हस्तबहादुर पुन, कृष्णबहादुर पुर्जा, घारका रामबहादुर खड्का, रबिन्द्र गर्बुजा र राम्चेका याम गर्बुजा गाउसभामा सहभागि थिएनन् । बिशेष गाउसभाको उद्घाटन कार्यक्रममा नेकपाको गाउपालिका कमिटि संयोजक खड्ग गिरिले बाँकी एक चौमासिकमा यसअघिका दुई चौमासिकको समेत काम गर्ने लक्ष्य सहित अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी तिब्रताका साथ योजना कार्यान्वयनमा जुट्न सुझाव दिए ।
नेपाली काँग्रेसका गाउपालिका सभापति बेलबहादुर पुर्जाले जनप्रतिनिधिहरु सुबिधा रोकिएपछि निराश बनेका, पोखरेबगरको महँगो डेराभाडाले कर्मचारीको मनोबल कमजोर भएको, कृषि क्षेत्रलाई उपेक्षा भएको विषयमा ध्यानाकर्षण गराए ।
जिल्ला समन्वय समितिका सदस्य बोमाया गर्बुजाले योजनाहरु अनुगमनका लागि स्थानीय तहले जिससलाई विवरण उपलब्ध गराउन अनुरोध गरे । गाउँसभाको उद्घाटन सत्र सञ्चालन गरेका कार्यपालिकाका प्रवत्ता समेत रहेका घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले उच्च मनोबल र सक्रियताका साथ सबैपक्षसंग योजना कार्यान्वयनमा जुट्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->