कोरोनात्रास
यतिबेलाविश्वकोरोनाभाइरसको महामारीको चपेटामा परिरहेको छ । हाम्रो छिमेकीमुलूकचीनबाट सुरु भएको कोरोनाभाइरसले महाव्याधीकोरूप लिएपछि नेपाल सरकारले केही सजकताअपनाउनथालेको छ । ‘एकातिर आँधीअर्कोतिर झोलुङ्गो’ भनेझैँ कोरोनाको कारणले भटाभटमान्छेको मृत्यु भइरहेको बेला नेपाल सरकारले ‘नेपालभ्रमणवर्ष २०२०’ को प्रचारप्रसारमाव्यस्तथियो ।
चीनमा ३ हजारभन्दाबढीमान्छेको मृत्यु भइसकेको छ भने इटलीमालगभग एक हजार जनाले ज्यानगुमाएकाछन् । संन्त्रास फैलिरहँदा सरकारले केहीतयारी थालेको छ तर जतिहुनुपर्ने हो त्यतिहुन सकेको छैन । सरकारी हस्पिटलमाआइसोलेसन वार्ड छुट्टयाउनेकामभएपनि अरू गतिविधिसन्तोषजनक छैनन् ।कोरोनाएकप्रकारको भाइरस हो यसलाई रोक्न सकिन्छ तर औषधीबनेको छैन ।विकसित सुविधासम्पन्नमुलूकसमेत कोरोनाको जोखिमबाटमुक्तहुन सकेको छैन ।पर्यटकीय देश तथाछिमेकीदुबै देशमाकोरोना फैलिएपछि नेपालकोरोनाको उच्चजोखिममा पर्नु अस्वभाविक हैन । खुल्ला सीमा र फितलो चेकजाँचप्रणालीले पनि सन्त्रास झनबढाएको छ ।
कोरोनाभाइरसको संंक्रमणहुननदिनमाक्सको प्रयोग गर्नुपर्छ । तर, बजारमाअहिले माक्सकोअभाव छ ।व्यवासायीहरुले यो मौकाको फाइदाउठाउँदै दोब्बर तेब्बर भन्दाबढीमूल्ययमामाक्स बेचिरहेकाछन् । सरकारले पछिल्लादिनमाबजार अनुगमन त गरेको छ तर माक्स सजिलै किन्नपाउने अवस्थाभने छैन । सरकारको बजार अनुगमनप्रभावकारी नभएको यो गतिलो प्रमाणहो ।
प्रधानमन्त्रीको स्वास्थ
देशको प्रधानमन्त्री केपीशर्मा ओली सफल मृगौलाप्रत्यारोपणपछि स्वास्थ्यलाभगरिरहेकाछन् । दुई–द्ुईपटक मृगौलाप्रत्यारोपणपछिनयाँजीवनपाउनु चानचुने कुरा हैन ।प्रधानमन्त्रीओलीले अस्पतालबाटै र डिस्चार्ज भएपछि राजनीतिक सक्रियता देखाएकाछन्, यो सह्रानीय छ । उनले भारतीयप्रधानमन्त्रीको कोरोनाविरुद्धको सहकार्यको अस्पतालबाटै समर्थन गरे । प्रधानमन्त्रीको रुपमाउनले यतिबेलाआफ्नो र देशको स्वास्थ्यबारे चासो राख्नुपरेको छ । र, यहीअवस्थामाभारतकाप्रधानमन्त्रीनरेन्द्र मोदीले मृत्यु शैयामापुगेको सार्कलाई ब्यूँझाउने घोषणा गरेपछिनयाँ तरङ्ग आएको छ । सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोपसँगै लगाइएपछिभारतसँग रुष्टबनेको पाकिस्तानपनि यो अभियानमा सँगै हिँड्ने भएपछि सार्कले पुनर्जिवनपाउने सम्भावनाबढेको छ । र, यस्तैमाप्रधानमन्त्रीले स्वास्थ्यकाकारण राजीनामादिनुपर्ने माग राष्ट्रियप्रजातन्त्रपार्टीलगायतबाटउठेको छ । आफ्नै पार्टीभित्रपनि यो विषय भुसको आगोजस्तो भएको गाइँगुइँ सुनिएको छ । आफ्नाविश्वासपात्रगोकुलबास्कोटा७० करोड काण्डमामुछिएपछिप्रधानमन्त्रीओली नैतिक संकटमापनि परेकाछन् ।
३ हजार घुस लिँदाएकजना सरकारी कर्मचारीको जागिर चट् हुने तर सीधै७० करोड कमिसनमागगर्दा मात्रै राजीनामादिएपुग्ने नजिर बनेपछि सरकारको आलोचनाहुनु अस्वभाविकपनि हैन । इतिहास कै शक्तिशाली सरकार यतिबेलायी र यस्तै कारणले कमजोर साबित भएको छ ।हिजो राष्ट्रवादीछविबनाउन सफलभएकाप्रधानमन्त्रीओलीले अहिले यस्तो अबस्था कसरी आयो भन्ने कुराको लेखाजोखागर्न जरुरी देखिन्छ ।अहिले व्यक्तिभन्दाठूलो राष्ट्र हो ।राष्ट्रभन्दामाथिकोही छैन । प्रधानमन्त्रीओलीले स्वदेशमै उपचार गरेर प्रशंसनीयकाम गरेकाछन् । नेपालीजनताको स्वास्थउपचार पनि सहजरूपमायहीँ सस्तो र सर्वसुलभ रूपमागर्ने गराउने बाताबरणबनाउन सकेमाभने ओलीले पुनःप्रशंसा नै पाउने छन् ।




