मानिस भएपछि हजारौं इच्छा, चाहाना तथा सपना हुन्छ, हरेक व्यक्ति सुखी र खुशी हुन चाहन्छ । कोही पनि व्यक्ति जिवनमा दुःखकष्ट तथा अनेक पिडाहरु सहेर बाँच्न चाहदैन, किन त ? मानिस स्वभावैले इच्छाशक्ति भएको प्राणी हो बाचुन्जेल मिठो खाने राम्रो लगाउने चाहाना सबैको हुन्छ तर समय परिस्थिति तथा हाम्रा समाजमा उब्जिरहेका द्वन्द, नकारात्मक क्रियाकलापबाट मानिस वर्गमा रुपान्तरण हुन्छ । त्यसैगरी हाम्रो समाजमा निम्न वर्गदेखि उच्च वर्ग सम्मका व्यक्तित्वहरु रहेका हुन्छ । यिनै वर्गीय, जातीय, कु–संस्कार आदिका कारण समाजमा हिंसात्मक क्रियाकलाप भइरहेका हुन्छन् भने अर्काेतिर बिनास्वार्थ कुनै पनि व्यक्तिले यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो भुमिका निभाइरहेको हुन्छ । यसैक्रममा समाज निर्माण तथा विकास प्रत्रियाको लागि राजनीतिको जन्म हुन्छ ।
समाजबाटै उत्पन्न भएको राजनीतिले आज देश निर्माण तथा विकासका कार्यहरुमा महत्वपूर्ण भूमिका खेलिरहेको छ जसले आज देशको मुहार फेरिएको अवस्था छ । गरिब जनताको आँगनमा केही हदसम्म पनि घाम लागिरहेको अवस्था छ । हरेक चुनौतीहरु पार गर्दै समाज परिवर्तित भएको अवस्था छ किनकी यि हाम्रा वीर गोरखाली, राजामहाराजाहरुले अनेकौं संघर्ष गर्दै आज हामी र हाम्रो देशमा नयाँ परिवर्तन आएको छ । वर्तमान परिस्थितीलाई हेर्ने हो भने देशको स्थिति निकै जटिल अवस्थामा पुगेको छ किनकी आज जतिसुकै विकास भए पनि देशमा अशान्ति, द्वन्द, भ्रष्टाचार जस्ता अनियमितताले सुव्यवस्था खल्बलाएको छ अर्कोतर्फ नेपाली जनमानिसका इच्छा चाहना तथा उनीहरुले देखेका सपनाहरु आज बादल लागेजस्तै बनेको छ । कारण, दिन प्रतिदिन हत्याहिंसा, बलात्कार, भ्रष्टाचार जस्ता अपराधिक क्रियाकलापहरुले जरा गाँडेको छ यसलाई जरैदेखि जबसम्म उखेल्न सकिदैन तबसम्म चाहेजस्तो परिवर्तन भए पनि सकारात्मक परिवर्तन भने हुन सक्दैन ।
आज जनताले आशा भरोसा गरेका नेताहरुमाथि विश्वास ढगमगाएको छ, कारण देशमा बढ्दो बेरोजगार, अशिक्षा, जनचेतनामा कमी, हिंसात्मक क्रियाकलापहरु, भौतिक सामाग्रीहरु तथा तिव्र गतिमा उत्पादन भएका साधनस्रोतहरुको दुरुपयोग जस्ता नकारात्मक प्रभावले गर्दा मानिसहरु बिलासी तथा वितृष्णा भएको जीवनशैली आदिका कारणले पनि यी र यस्ता घटनाहरु भएका छन् । राजनीतिलाई जुवातासको रुपमा लिइन्छ किनकी राजनीति शब्द नै यस्तो शब्द हो जसले आफ्नो स्वार्थ पूरा गर्न जेपनि गरिएको हुन्छ । यहाँ हरेक व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि कुनै न कुनै कार्यहरु गरिरहेको हुन्छ । अहिलेको अवस्था पनि त्यस्तै भएको छ । विकासका नाममा जथाभावी विनास, अनैतिक क्रियाकलाप, हत्या हिंसा, कालोबजारी तिव्र गतिमा बढेको छ अर्काेतिर अपराधका गतिविधिले पनि स्थान पाएको छभने समाजमा झन्झन् नकारात्मक प्रभावहरु बढिरहेको छ, जसले मानिस मानिसदेखि नै डरत्रासमा बाँचिरहेको छ । जसरी जंगली युगदेखि समाजको रुपान्तरण भयो त्यसरी नै समाजभित्र पनि एकता, द्वन्द तथा सामाजिक स्तरिकरण भयो । मानिसहरु आ–आफ्नै योग्यता, क्षमता अनुसारको क्रियाकलाप गर्न थाले । समाज परिवर्तनका लागि राजनीतिको आवश्यक छ किनकी राजनीति भनेको नै एक विज्ञान हो जसले समाजलाई गोलबद्व गर्ने काम गर्छ ।
जनताले चुनेर पठाइएका जनप्रतिनिधिहरु देशको शासन प्रणालीमा पुगेका र तिनै जनताका राय, सल्लाहसुझाव र समस्याहरुलाई समाधान गर्नुका साथै जनचेतना र जनअपेक्षा बमोजिम संविधान निर्माण गर्न पठाइएका त्यस्ता पात्रहरु जसले जनताको भावना, चाहना र आकांक्षालाई मध्येनजर गरेर जनचाहना अनुरुप शासन संचालन गर्ने काम गर्दछन् । त्यसैगरी कुनै पनि देशमा जननिर्वाचित शासन संचालन गरिएको छभने त्यस्तो किसिमको राज्य व्यवस्था भएको शासन प्रणाली हो जसमा जनताले भोट दिएर जिताएका प्रतिनिधिहरुले बहुमतको आधारमा सरकार अर्थात् मन्त्रीमण्डल गठन गरि तिनै जनताका प्रतिनिधिहरु सरकारमा पुगेर राज्य संचालन गर्दछन् जसलाई राजनीतिको संज्ञा दिने गरिन्छ ।
यिनै परिधिभित्र रहेर हरेक मानिसले समाजमा आ–आफ्नो भुमिका निभाइरहेको हुन्छन् भने विकास निर्माणका कार्यहरुमा सहयोग पुर्याउनको लागि मानिसद्वारा नै असल, विवेकशील र नैतिकवान व्यक्ति छानेर समाज तथा सिंगो देश बदल्नको लागि राजनीति, आर्थिक, सामाजिक क्षेत्र जस्ता पक्षहरुमा रहेर अह्म भूमिका निभाइरहेका हुन्छन्, जसले गर्दा सुख समृद्धि तथा देशमा शान्ति छाएको हुन्छ । त्यसैगरी राजनीतिको इतिहास निकै लामो र दिगो रहेको छ, हिजोको इतिहासलाई सम्झने हो भने जसरी राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए जसमा बाइसे र चौविसे राज्यहरु निर्माण गरि देश र जनताको हितमा एउटा उदाहरणीय पात्र बने । त्यस्तै समाजमा भए गरेका कुरीति, कुप्रथा, दासप्रथा, सतीप्रथा, अमाली तथा कमाइ प्रथा जस्ता कुसंस्कार हटाउँदै आज नयाँ युगमा परिवर्तित भएको छ । अर्काेतिर दशरथ चन्द तथा लखन थापा जस्ता राष्ट्रका सपुुतहरुले आफ्नो जिवनको बलिदान दिएका थिए जसले देशमा ठूलो परिवर्तन ल्याए, देशमा प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र आदि ।
आन्दोलनकै कुरा गर्दा १० वर्षे जनयुद्वमा हजारौं घाइते भए, अंगभंग भए हजारौं नेपाली दाजुभाइ बेपत्ता भए । अन्ततः लामो समयको जनयुद्धपछि वि.सं २०६३ सालमा ऐतिहासिक शान्ति सम्झौतासंगै परिवर्तनले नयाँ फड्को मार्न पुग्यो, राजतन्त्र अन्त्यसंगै बहुलवादी सिद्धान्तको शुरुआत भयो जसले गर्दा सिंगो देशमा आमुल परिवर्तन नै ल्याइदियो । हिजो सामान्य गाउँघरमा बत्ती थिएन, जहाँ सडक पुगेको थिएन, रासनपानी लिनकै लागि मानिस महिनौ लगाएर सदरमुकाम जानू पथ्र्याे तर आज हामी र हाम्रो समाज तिव्र गतिमा परिवर्तन भइरहेको छ, विकासका कार्यहरु भइरहेका छन् । सडक निर्माण, स्वास्थ्यचौकी, विद्यालय, सवारीसाधनको पहुँचले मानिसहरु हरेक क्रियाकलापमा संलग्न भएका छन् । जसले गर्दा आज दुःखी गरिब जनताले सुखको अनुभुती समेत गरेको अवस्था छ ।
वास्तवमा भन्नुपर्दा समाज परिवर्तन भएको प्रमुख कारण नै सामाजिक क्रियाकलाप हो । मानिसहरु विभिन्न पेशामा संलग्न भएर देशको आर्थिक उन्नति मात्र भएको छैन यसले सामाजिक, धार्मिक, राजनीतिक तथा देशको चौतर्फी रुपमा विकास भएको छ । तर, वर्तमान समयमा भने राजनीतिक अस्थिरताले गर्दा देशमा अशान्ति फैलिरहेको छ, जनताहरुको विश्वास भरोसा कतै डगमगाउने हो कि भन्ने गम्भीर चिन्ता रहेको छ । तर केबल जनप्रतिनिधिहरु र राजनीतिक दलका नेतालाई मात्र दोष दिएर हुँदैन, उनीहरुप्रती आफ्नो आक्रोस पोखेर हुँदैन, हामी जनताले पनि राम्रो कार्य गर्याेभने विकास अवश्य पनि हुनेछ ।
देश विकासमा नागरिकको दायित्व
कृषिता अधिकारी (निशा)