शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि

कोरोना भाइरसबाट सजग हुन सांसद गुरुङले आग्रह


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७६, सोमबार

पोखरा ३, चैत – राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा ठकुरी, सहसचिवमा तेजकुमारी त्रिपाठी, कोषाध्यक्षमा देवि गुरुङ चयन भएकी हुन् । त्यस्तै यूनियनको सदस्यहरुमा सुस्मिता श्रेष्ठ, हिरा थापा, शान्ति तिमिल्सिना,
रिता गुरुङ, सम्झना गुरुङ, विमल आले पुन, ज्ञानु मल्ल, सोनु राना (लेक कुमारी), माया गुरुङ, कमला नेपाली रहेकाछन्। साथै उक्त अधिवेसन पश्चात यूनियनले प्रेरणा प्रधान लोप्चन र हिरा भण्डारीलाई सल्लाहकारमा चयन गरेको निवर्तमान अध्यक्ष दुर्गा केसीले बताइन्,।यसअघि गण्डकी प्रदेश सांसद एवं यूनिएनका संस्थापक केन्द्रिय अध्यक्ष मीना गुरुङले महिलाहरुलाई हाल विश्वमा फैलिदै गएको कोरोना भाइरसबाट बच्न र बचाउन पूर्व सतर्कता र सजग हुन आग्रह गरिन् । उनले भनिन, ‘हालसम्म कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि त भएको छैन् तर हाम्रा दुई छिमेकी मुलुक चिन र भारतमा केहीको मृत्यु भएकोले हामी सजग भने हुनु पर्छ ।’ महिलाहरु व्यूटि क्षेत्रमा दक्ष हुन सके मनग्य आम्दानी गर्न सकिने दाबी गर्दै सांसद गुरुङले एउटा बिषयमा बिषेशज्ञ हासिल गर्न सके बजारमा त्यसको माग भएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->