आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • Dhorpatan News
  • चैत्र ४ २०७६, मंगलबार

काठमाडौं, ४ चैत -पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू भएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेको हो । यस्तै, हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य घटेको छ । तर, खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ डिजल र मट्टितेलको ९५ रुपैयाँ तथा हवाई इन्धनको ९० रुपैयाँ कायम गरिएको छ ।अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आएको भन्दै नेपाल आयल निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
विश्व बजारमा तेलको मूल्य अघिकतम रुपमा कमी आए पनि नेपालमा भने २ रुपैयाँ मात्रै घटेको हो। फागुन ११ गते मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोलमा) कर बढाए पछि मूल्य धेरै घटाउन नसकेको निगमले जनाएको छ ।नेपालले भारतको मूल्य सूचि अनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्दै आएको छ ।
भारतमा २७ फ्रेबुअरीयता लगातार जसो मूल्य घटिरहेको छ । आइतबार पनि भारतीय सहरमा औसत १२ पैसाको दरले पेट्रोलको र १५ पैसाका दरले डिजेलको मूल्य घटेको छ। भारतीय सहर नयाँ दिल्लीमा पेट्रोलको मूल्य सोमबार ६९.७५ भारु र डिजेलको ६२.४४ भारु प्रतिलिटर कारोबार भएको छ । सोमबार मुम्बईमा सबैभन्दा बढी ७५.४६ भारु (पेट्रोल) र ६५.३७ भारु (डिजेल) कारोबार भएको छ। भारतमा पेट्रोल र डिजेलको दैनिकजसो मूल्य परिवर्तन हुन्छ र बिहान ६ बजे नै अपडेट भइसकेको हुन्छ ।
यसैबीच, गत हप्ता २९ वर्षयताकै उच्च दरमा घटेको कच्चा तेलको मूल्य आइतबार केही बढेको छ । बीबीसीका अनुसार ब्रेन्ट क्रुड १.९० प्रतिशतले बढेर ३३.८५ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट क्रुड आयल शून्य दशमलव ७३ प्रतिशतले बढेर ३१.७३ अमेरिकी डलर प्रतिब्यारेल कारोबार भएको छ। त्यस्तै प्राकृतिक ग्यासको मूल्य पनि बढेको छ ।

यो मूल्य सूचि अनुसार नेपालमा पनि डिजेल तथा पेट्रोलको मूल्य कम्तिमा ५ रुपैयाँ घट्न पर्ने भए पनि निगमले २ रुपैयाँ मात्रै घटाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->