बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छोरी रुयासालाई चिठी श्रृंखला – ६

छोरी रुयासालाई चिठी श्रृंखला – ६


  • याम बहादुर थापा मगर
  • चैत्र ४ २०७६, मंगलबार

बाबाआमाले सानामा अर्ती उपदेश दिँदा आफ्ना सन्तान सत्मार्गमा हिँडुन, राम्रो काम, उन्नती गरुन र ज्ञानी तथा अनुशासित हुने शिक्षा व्यवहारमा प्रतिफल स्वरुप समाजका अगाडी देखाओस् भन्ने चाहना हुन्छ । तर, छोराछोरीहरु मोबाइलमा बढी लुब्ध हुँदा एकलकाँटे, असामाजिक, अव्यवहारिक, अनुपयोगी भएको अभिभावकको गुनासोलाई तिलाञ्जली दिई अब्बल नागरिक बन्नमा लगाव बढाउनु पर्दछ ।
अभिभावकले बालबालिकालाई कसरी सफल हुन मद्वत गरी बालमैत्रीपुर्ण सदस्य बनाउने सामथ्र्य राख्नु पर्दछ । दुवै हात नभएका स्याङजाका सुशिला ढकालले लोकसेवा आयोग पास गरी नायव सुब्बा पदमा कार्यरत नेपाली महिलाको जिवन कहानीबाट धेरै कुराको शिक्षा लिनु नसक्नु हो । दृष्टिविहिन रमेश प्रसाई पब्लिक स्पीकर बनेर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
छोरी रुयासाले नेपालको मुल कानुन सविधान २०७२ जसरी भएपनि अध्ययन गर्न जरुरी छ । नेपाल कानुन आयोगको वेवसाइट धधध।बिधअयmmष्कष्यल।नयख।लउ लगइन गरी नेपालमा जारी र लागु भएमा ऐन नियमका बारेमा ज्ञान लिन जरुरी भएको छ । स्वःअध्ययनको लगाव बढाउनमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने मान्यतालाई अंगिकार गर्दै ऐन, अध्यादेश, नियम, गठन आदेश, विभिन्न नीति, ऐतिहासिक दस्तावेज, मस्यौदा विधेयक, प्रतिवेदन, अन्तराष्ट्रिय सन्धीहरुको जानकारी लिनमा स्वयम नै जिज्ञासु बन्नु पर्दछ ।
त्यस्तै राष्ट्रिय योजना आयोग नेपालको वेवसाइट धधध।लउअ।नयख।लउ लगइन गरी अंग्रेजी र नेपाली भाषाको माध्यमबाट अध्ययन गरी जानकारी विकासको परिदृश्य बारेमा जानकारी लिनु पर्दछ । राष्ट्रिय योजना आयोगको परिचय, महत्व तथा इतिहास र विश्वव्यापी ऐतिहासक पक्षका बारेमा जानकारी लिँदै आयोगको कार्यक्षेत्र, संगठन तालिका र कार्यविभाजन विवरणकाबारे अपडेट हुनुपर्दछ है रुयासा नानी । त्यसै आवधिक योजनाका बारेमा पुर्ण रुपमा सचेतना लिई अब्बल नारीको स्थानमा लाग्नु पर्दछ । त्यस्तै वार्षिक विकास कार्यक्रमको सुचीको बारेमा ज्ञान लिनुपर्दछ । मध्यकालीन खर्च संरचनाको आवश्यकता, महत्व बुझदै मानव विकास सुचकाङ, जलविद्युत नक्सा, गणना सुचना, जनसख्या नक्साको अर्थ, आवश्यकताका बारेमा सात्क्षाकार आजको प्रतिस्पर्धाको युगमा हुन जरुरी छ । तथ्यांकको विषयमा जानकारी लिँदै राष्ट्रिय डेटा संग्रह, आयोजना तथा कार्यक्रम र राष्ट्रिय गौरवका आयोजनाका बारेमा जानकार हुनै पर्दछ । आयोजना तथा कार्यक्रमभित्र पुगी क्षेत्र, उपक्षेत्र, प्राथमिकता, रणनीति स्तम्भ, जेण्डर कोड, जल वायु कोडका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिनै पर्दछ । राष्ट्रिय गौरवका आयोजना जस्तै मेलम्ची खानेपानी आयोजना, हुलाकी लोकमार्ग, लुम्विनी विकास कोष, पशुपति विकास कोष, बबई सिचाइ आयोजना, सिक्टा सिचाई आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायतका सबै आयोजनाका विषयमा प्रगती, लक्ष्य, समिक्षाका बारेमा जानकार हुनै पर्दछ ।
त्यसैगरी राष्ट्रिय योजना आयोगको क्षेत्रगत प्रतिवेदनअन्तर्गत पर्यावरण, पुर्वाधार, पोषण, कृषि र वन, उद्योग, वाणिज्य तथा आपुर्ति र सामाजिक विकासका बारेमा विश्लेषण र तर्क गर्ने दक्ष जनशक्ति हुनुपर्दछ है रुयासा नानी । नेपाल मानव विकास प्रतिवेदन, सह्रश्राब्दी विकास प्रतिवेदनहरु, सुचनाको हक, अनुगमन र मुल्यांकन प्रतिवेदन, कार्यालय फर्के पछिको प्रतिवेदन, विकास नामक पत्रिकाको विभिन्न अंकहरु, निर्देशिकाहरु तथा राष्ट्रिय विकास समस्या समाधान समितिका निर्णय बारेमा जानकारीहुँदै भुकम्प २०७२ डाटा, राष्ट्रिय आयोजना बैक, भीजन २०३०, सार्वजनिक निजी साझेदारी, सबैका लागि दिगो उर्जा, दिगो विकासका लक्ष्य बारेमा गहिराईमा पुगेर ज्ञान लिनु पर्दछ है रुयासा नानी ।
त्यस्तैगरी लोक सेवा आयोग नेपालको वेवसाइट धधध।उकअ।नयख।लउ लगइन गरी लोक सेवा आयोग ऐन–२०६६, लोक सेवा आयोग नियमावली– २०६७, लोक सेवा आयोग (कार्य सञ्चालन) (नवौ सशोधन) निर्देशिका–२०७६, लोक सेवा आयोगका पदाधिकारी एवं दक्ष विज्ञ र कर्मचारीहरुको आचारसंहिता–२०६९, लोक सेवा आयोगको रणनीतिक योजना ०७७÷०७८, संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानुन बढुवा विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त–२०७४ बारेमा विस्तृत जानकारी लिने क्षमता राख्नु पर्दछ । लोक सेवा आयोगको माग फाराम, अनलाइन दरखास्त, खुल्ला प्रतियोगिता र बढुवा सम्वन्धी, सेवा समुह परिवर्तन सम्बन्धी, अन्तरवार्ता अगावै भर्नुपर्ने, दक्ष विज्ञ रोष्ट्ररमा नाम समावेश गर्ने बारेको जानकारी स्वअध्ययन गर्दै जानकार भएकाहरुबाट सिक्दै, बुझदै, जान्दै अगाडी बढनु पर्दछ है रुयासा छोरी । त्यस्तै लोक सेवा आयोगको वार्षिक कार्यतालिका, पाठयक्रम, स्थानीय तहको पाठयक्रम, विज्ञापन, स्वीकृत नामावली, परिक्षा केन्द्र, शारिरीक तन्दुरुस्ती परिक्षण, लिखित नतिजा, कुल प्राप्ताङक हेर्ने, परिक्षामा अनियमितता गर्ने उपर भएको कारवाही र पुराना प्रश्नपत्रका विषयमा साथीहरुसँग सिकेर र शिक्षक तथा अभिभावकको सहयताबाट अग्रणी पाइला छोरीले चाल्नुपर्दछ । निजामति सेवा पत्रिकाका विविध अंक, लोक सेवा आयोगका वार्षिक प्रतिवेदन, समाचारपत्र, बुलेटिन डाउनलोड गर्ने तरिकाबारे जान्नु पर्ने हुन्छ ।
छोरी रुयासाले आफनो उद्धेश्यअनुसार त्यसतर्फ लाग्नको लागि अवसर र उपाय खोज्नु पर्दछ । आफुले पढिरहने र भाईबैनीलाई सधैँ मिठास र खुशीका साथ पढ्नलाई प्रेरित गरौँ । न कि झर्केर, रिसाएर, थर्काएर, मनोभावनामा चोट पु¥याएर पढ है भाइ भनेर नभन्दा राम्रो होला । थर्काउनु, पिटनु र बलजफ्ती पढ्न लगाउनु उत्प्रेरणाको सुचक होइन । आफनो भविष्य निर्माणकर्ता स्वय आफै हो भन्ने मन्न गर्दैै सफलताको शिखरतर्फ उन्मुख पाइला चाल्ने आपैmले असल बानीको संस्कार हुनु पर्दछ । त्यस्तै, अमेरिकाका पुर्व राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए– ‘म नोकर नभएको भए मालिक बन्न सक्ने थिएन ।’ अतः सानो–ठुलो काम गरेर आयआर्जन गर्नु पर्दछ । त्यसैले स–सानो काम पनि आफसँग प्रतिस्पर्धा गर्ने, आफुभन्दा सानोबाट, आफनो सहपाठीबाट, आफुभन्दा अग्रजबाट र आधुनिक प्रविधिको प्रयोग जस्तै इन्टरनेट, फेसबुक, युटुव, मोबाइल, वेवसाइटलाई अपनत्व बनाउनु पर्दछ ।
अध्ययन गर्ने विभिन्न शैली र तरिकाहरु हुन्छन् । पढेको कुरा बिर्सिन्छ, देखेको कुरा सझिन्छ, गरेको कुरा जानिन्छ र नियमित दैनिक रुपमा गरिरहेको कुरा बानी पर्छ । विद्यार्थीलाई बानी पार्न नै समस्या भएको छ । बाबा–आमाले छोराछोरी इन्टरनेटले बिग्रीएका छन्भन्दा कतै बाबा–आमा नै बढी लिप्त भएको समेत पाउन सकिन्छ । सकारात्मक, सन्देशमुलक र ज्ञान विवेकसहित शिक्षामुलक जानकारी लिनमा छोराछोरी लाग्नु नै पर्दछ ।
लेखन र अध्ययनको यात्रालाई अविरल राख्दै भाइ र बैनीलाई समेत अभिभावकत्व ग्रहण गर्नका लागि पहल गर्नु पर्दछ । नयाँ र नौलो शब्द ज्ञान विस्तारका लागि पढन खोज्नु र प्रयास लगाब बढाउनु नै सफलता उन्मुख पाइलाको सुचक हो । घात अन्र्तघातका खेल त सिकाउनै पर्दैन । दिन पछि रात,दायाको बाया, तलको माथि,कालो को सेतो भए जस्तै हुन्छ । खाली छोरीमा आत्मविश्वासका साथ अध्ययनमा लगाब बढी प्रतिस्पर्धामा अब्बल बन्नका लागि निरन्तर लागी पर्नुको बिकल्प छैन भन्दै आमा रुपक देवीलाई पत्र लेख्नु भन्ने आग्रहलाई सुझावको रुपमा लिदै आजको श्रङखलाबाट अन्त चाहान्छु ।
उही बाबा
याम बहादुर थापा मगर
बा न पा १० भकुण्डे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->